Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामाजिक पुनः निर्माण गा¥हो विषय होः पोखरेल

प्रभातफेरी अनलाइन ७३३८ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख ४, सोमबार (८ साल अघि)
सामाजिक पुनः निर्माण गा¥हो विषय होः पोखरेल

रोटरीले आय–आर्जन गर्न फलफूलका विरुवा दिनेः शाक्य

जोगीटार/रोटरी इन्टरनेशन अन्तर्गत रोटरी क्लव अफ धुलिखेल र बनेपाको सहयोगमा काभ्रेको जोगिटार स्थित रोटरी नमुना गाउँ चौरवेंसी–रायबारीमा निर्माण सम्पन्न घरको साँचो हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भयो ।
नमुना गाउँको साँचो प्रमुख अतिथि भुकम्प पछिको पुनः निर्माण प्राधिकरणका प्रमुख डा. गोविन्द पोखरेलले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए । सोही अवसरमा प्रमुख पोखरेलले भने– ‘पुनः निर्माण सबैको अभियान हो र पुनः निर्माणमा ढिला भएकाले म माफी माग्न चाहान्छु भन्दै सरकार भनेको सिंहदरबारमा बस्ने मात्र होइन तपाईहरू तमाम मतदान गर्न सबै सरकार हुनुहुन्छ ।’ पुनः निर्माणमा हामी सबै लाग्नुपर्छ अनिमात्र नमूना घरको निर्माण हुन्छ भन्दै संरचनाहरु एकै पटक भूकम्प प्रतिरोधी बन्न सक्दैन त्यसैले हामीले पाँच वर्ष भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने नियम बनाएका हौँ प्रमुख पोखरेलले थपे ।
तपाईहरू नआत्तिनुस् सरकार नागरिकप्रति उत्तरदायी हुन्छ र सरकारले पीडीत सबैलाई अनुदानको व्यवस्था मिलाउछ भन्दै डा. पोखरेलले हामीले व्यवहार र सोचाईमा नै परिवर्तन ल्याउनुपर्छ त्यसमा पनि सामाजिक पुनः निर्माण सबैभन्दा गा¥हो विषय भएको उल्लेख गरेका थिए । उपस्थित जन समुदायलाई लक्षित गर्दै डा. पोखरेलले हामीहरूलाई तपाईहरूले छले पनि भुकम्पलाई कदापी छल्न सक्नुहुन्न त्यसैले अहिले नै भुकम्प प्रतिरोधि संरचना निर्माण गर्न लाग्नुहोस् उनले भने ।
हामीले पुनः निर्माण गर्न पहिलो जोड घरलाई नै दिएका छौँ र पुनः निर्माण पछि आर्थिक उन्नतिका कार्यमा यस्तै संघ–संस्थाहरूको समन्वय र सहकार्यमा गरिने लक्ष्य सरकारको रहेको छ । अहिले ३० प्रतिशत पनि घर बनाउन सकेका छैनन्, किनकी दक्ष जन शक्तिको अभाव छ । तपाईंहरूले घरको जग हालिसक्नुभएको छ भने जिल्लामा दास्रो किस्ता रकम पठाई सकिएको छ तपाईंहरूले अब पाउनुहुन्छ, पोखरेलले भने । छुटेका भुकम्प पिडितहरुको जीज्ञासामा असलि भुकम्प पिडितहरुलाई ढिलो भएपनि पुनः प्राविधिकहरुलाई गाउँमा खटाएर फेरी समेट्ने आश्वासन समेत दिएका थिए ।
धार्मिक प्रसंग जोड्दै प्रमुख डा. पोखरलले मनुष्यले ज्ञान र उर्जा माग्ने छ अरु सब आफैसँग छ, त्यसैले पुनः निर्माण गर्दा कानुनले नगर भनेका कार्यमात्र नगर्नुहोस् अरु कार्य गर्न तपाईहरुले सोध्नु पर्दैन निर्धक्क गर्नुस् भने ।
कार्यक्रममा रोटरी इन्टरनेश्नलका पूर्व अध्यक्ष एवं कार्यक्रमका सभापति तिर्थमान शाक्यले भने— ‘हामीले यतिमात्र सहयोग गर्ने होइन अब यहाँका जनसमुदायहरुलाई आय–आर्जन तिर लैजान अब चाँडै नै फलफूलका विरुवाहरू दिने छौं ।’ यसैगरी रोटरी क्लब अफ धुलिखेलका पुर्व अध्यक्ष केशव कुँवरले गोबर ग्यास प्लाट समेत निर्माण गर्ने र यो समुदायलाई आय– आर्जनका कार्यक्रमहरू ल्याईने बचन दिएका थिए ।
कार्यक्रममा भुकम्प पिडितहरुको नेतृत्व कर्ता गणेश नेपाल र माधव नेपालले यो समुदायलाई सरकारले भुकम्प पिडितको कार्ड समेत दिएको छैन भन्दै हामीले रोटरी इन्टरनेशनलबाट घर निर्माण गर्न ८० बोरा सिमेन्ट, ३ सय ७५ के.जी. रड, ४ बण्डल जस्ता र ५२ हजार रकम सहयोग गरेकाले ८ लाख बराबरको घर निर्माण गरेका छौँ । गरे के हुन्न भन्दै उनीहरु ईटा आफैंले बनाई तालिम दिएका डकर्मिहरु बाट घर निर्माण गरिएको बताए ।
घर त बन्यो घरमा बस्यो घरमा बस्न सक्ने अवस्थामा छैन स्थानिय गोविन्द नेपालले भने । अब आय–आर्जनका कार्यक्रमहरु दिन र विउ पुजीको व्यवस्था गरिदिन अनुरोध गरे ।
गरिब परिवारका कृष्णप्रसाद नेपालले मेरो आर्थिक अवस्था निकै कमजोर छ ३ रोपनि बारी मात्र छ र घरमा गाई पालेको छु त्यहि दुध बेचेर बच्चा पढाउने र बिहान वेलुका छाक टारेको बताए ।
कृष्णप्रसादले भने यो घर बनाउन २ लाख १५ हजार ऋण लिएको बताए । उनी थप्छन घरको छानो त हालियो घर भने फिनिसिङ गर्न सकेको छैन उनले हृदय खोलेर पत्रकारहरुलाई बताए । रोटरी इन्टरनेश्नलले ६९ वटा घर बनाउन निर्माण सामाग्रीहरु गोवर ग्यास प्लान्ट, ३० वटा शौचालय, १ क्रियापुत्री घर, ६ खानेपानी धारा निर्माण गरिदिएकोे जानकारी दिईएको थियो । कार्यक्रममा स्वागत मन्तव्य चौरवेसी समुहका अध्यक्ष गणेश नेपालले व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन रायोवारी समुहका अध्यक्ष माधव नेपालले गरेका थिए । त्यसैगरी स्थानिय यूवा यूवतीहरुले सन्देशमुलक भू कम्प सम्बन्धि जनचेतनामुलक नाटक प्रस्तुत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0