Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेका सडक जोखिमपूर्ण

प्रभातफेरी अनलाइन ६७३४ पटक पढिएको प्रकाशित मिति: २०७३ चैत्र २५, शुक्रबार (८ साल अघि)
काभ्रेका सडक जोखिमपूर्ण

डाँडापारी / जिल्लाको ग्रामीण क्षेत्रमा निमार्ण भएका अधिकांश सडक जोखिमपूर्ण देखिएका छन् । जिल्लाको सदरमुकाम तथा अन्य जिल्ला सँग जोडेर सडक निमार्ण गर्ने कार्यले तिव्रता पाए पनि सुरक्षाको हिसावले ती सडकहरु जोखिमपूर्ण देखिएका छन् ।
अधिकांश सडक प्राविधिक स्टमेट विना नै निमार्ण गर्ने होडबाजी चलेपछि सडकको अवस्था भने अझ बढी जोखिमपूर्ण बन्दै गएको छ । गत साउन ३२ गते कोशीपारीको विर्तादेउरालीमा २७ जनाको ज्यान जाने गरी दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा घटनास्थल पुगेको टोलीले जोखिम सडककै कारण उक्त दुर्घटना भएको निस्र्कष निकालेको थियो ।
डाँडापारीलाई आधारमानेर सडक निमार्ण कार्यहुँदा स्थानीयबाट रकम चन्दा तथा ऋण स्वरुप उठाएर तथा प्राविधिक स्टमेट गराए पनि स्थानीयले आफ्नो स्वार्थ अनुकुल बाटो निमार्ण गरेपछि मुख्य सडकहरु नै जोखिमपूर्ण बनेका हुन् । डाँडापारीको गोकुलेमा पुगेको कृषि विकास कार्यालयका अधिकृत तथा राजनीतिक दलका नेता चढेको गाडी दुर्घटनामा परेको थियो । उक्त सडक जोखिम भएकै कारण दुर्घटना भएको थियो । पछिल्लो समयमा प्रतिस्पर्धाका साथ डाँडापारी क्षेत्रमा छिमेकी जिल्लाहरुबाट गाउँ गाउँ सम्म खनिएका सडक पनि यही अवस्थाका रहेका छन् ।
पनौती देखि डाँडापारी च्याम्राङ्वेसीको कलङ्सिङ सम्म पुगेका एक यात्रुले बस चालकलाई सुरक्षित यात्रा गराइदिएकोमा धन्यवाद दिँदै ड्राइभरलाई मुटु नै नभएको संज्ञा दिए । उनले भने, यस्तो जोखिमपूर्ण सडक छ भन्ने त सोचेको पनि थिइन बरु पैदल हिँडछु मोटर चाहिँ चढदिन । च्याम्राङबेशी हुँदै मिल्चे बोराङ सम्म पुग्ने गरी निमार्ण थालिएको यो सडकका केही भाग जोखिमपूर्ण रहेका र त्यसलाई छिट्टै सुधार गरिने स्थनिय दलका प्रतिनिधिहरु बताउँछन् । खोपासीबाट तालढुङ्गा पुग्ने गरी खनिएको सडकको अवस्था पनि त्यस्तै छ । ठूलै रकम खर्चेर पनि मोटर गुडन नसकेको यो सडक भौगोलिक अवस्थाका कारण पनि कठिन बनेको बताइन्छ ।
भरपर्दो प्रविधिक इष्टमेट विना खन्न थालिएको ठूलादुर्लुङबाट मिल्चेको वडा नं ३ हुँदै मिल्चे गा.वि.स सम्म पुग्ने भनिएको सडक भूगोलको कठिनाइको कारण नै खन्न रोकिएको छ । १ किलोमिटर जति खनिएको भए पनि सिमित बजेटमा कडा चट्टानको विशाल पहरा फोर्नु पर्ने भए पछि उक्त बाटो रोकिने अवस्थामा पुगेको हो । बाटो निमार्ण गर्दा पनि सिमित बजेटबाट निमार्ण गर्नुपर्ने हुँदा अग्लो पहरामा चट्टान फोरी बनाइएको उक्त बाटो जोखिमपूर्ण बन्ने स्थानीय बताउँछन् ।
ललितपुरको चन्दनपुरबाट मिल्चे गा.वि.सका लागि खनिएको सडक खण्डको पनि हालत पनि उस्तै छ । छयाङ् छयाङ् खोला नजिकै करिब २ सय मिटर दुरीमा बनाइएका ६ ओटा ओराला घुम्ती दुइपाङ्ग्रे सवारीका लागि नपुग रहेको उक्त सडकमा यात्रा गर्नेहरु बताउँछन् । स्थानीयले प्रतिघर २५ देखि ५० हजार सम्म दान नै गरी निमार्ण गरिएको उक्त सडकका लागि प्रति व्यक्ति ९ लाख सम्म ऋण रकम उपलब्ध गराइएको स्थानिय कुवेर तिमल्सिनाले बताए । उक्त सडकका लागि त्यस क्षेत्रका सांसद रामहरि सुवेदीले संसदीय विकास कोष बाट १७ लाख रुपैया विनियोजन गर्नु भएको छ । सडकको अवस्था जस्तो भए पनि जनताबाट माग भएका कारण रकम विनियोजन गर्न लागेकोे उनले बताए । उक्त क्षेत्रको सडक हेर्ने जि.वि.सका प्राविधिक मुक्तीनाथ सापकोटाका अनुसार उक्त सडक प्राविधिक स्टमेट विना नै निमार्ण भएको र उक्त सडकको प्राविधिक पक्षको बारेमा कुनै जानकारी नभएको उहाँले बताउनुभयो । डाँडापारी क्षेत्रका धेरै सडकहरुको अवस्था त्यस्तै छ । ऋणमा स्वेच्छिक ढंगले निमार्ण भएका ती सडकहरु प्रविधिक स्टमेट विनै निमार्ण भएक छन् उनले थपे ।
सिपाली हुँदै डाँडापारी पुग्ने यस सडकको अवस्था पनि यस्तै छ । दशवर्ष अघि नै कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत डाँडापारी क्षेत्रमा निमार्ण भएका सडक सम्म बाटो जोडी मोटर गुडाउन थालिए पछि ती सडक जोखिमपूर्ण भएको स्थानियको भनाई छ । मुख्य सडक निमार्ण भए पछि ती पुरानै निमार्ण भएका तर प्रयोग विहिन सडकमा जोडिएका छन् । त्यस्ता सडक मर्मत नगरी संंचालन गर्न नहुने अवस्थामा भए पनि यातायातका साधन संचालन हुन थाले पछि जोखिम बढेको गोकुलेका सुरेश लामाले बताए । सडक निमार्ण मै समस्या छ । स्थानियलाई समिति मार्फत काम गर्न दिने र राजनीतिक प्र्रतिशोध नहुने हो भने सडक निमार्ण छिटो र गुणस्तरीय हुने उहाँको भनाई छ । ठेकेदारलाई काम दिँदा बजेट विचैमा सकिए झै लाग्छ । समिति मार्फत काम गर्दा राजनीतिक दलका नाममा विवाद उत्पन्न हँुदा असारमा बाटो निमार्ण शुरु हुन्छ । छिट्टै फस्यौट गर्नू पर्ने एउटा कारण स्थानीयले चाहे कै ठाउँमा बाटो पुर्याउनु पर्ने अर्को गुणस्तरको बारेमा सोच्ने कसले ? उनले प्रश्न गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0