प्रभातफेरी अनलाइन२७८१ पटक पढिएको प्रकाशित मिति: १३ साल अघि (१३ साल अघि)
“आशाकाजी सेवकले सम्पादन गरेको कन्यापूजा सम्बन्धी स्मारिकाको पैुफ तपाइंले हेर्नुभएको रे हो ?”
प्रदिप के.सी.ले यो प्रश्न सोधे बित्तिकै मैले त्यस स्मारिकामा छापिएको एउटा लेखमा लेखकको नाउँ नै गलत छापिएको सम्झिउँ । मैले त्यस लेखको शुद्धाशुद्धी हेरेको थिइँन । प्रदिपजीलाई “हो” भन्ने जवाफ दिएपछि उहाँले भन्नुभयो —“त्यो स्मारिकाको बारेमा छोटो चिनारी लेखिदिनु प¥यो आउने अंकको लागि !”
मैले लामो सास फेरें— धन्न पैदिपजीले त्यो गल्ती थाहा पाउनुभएको रहेनछ । प्रसिद्ध निबन्धकार तथा संस्कृतिविद तेजेश्वरबाबु ग्वंगको नाउँ तेजेश्वरकहादुर ग्वँगः छापिएर पनि स्मारिका भित्रको गल्ती कसैले देख्तैन भने यो सूचना दिन मलाई के को खाँचो भन्ने लाग्यो ।तै पनि ज्ञानकाजी मानन्धरलाई त मैले यो सूचना पहिल्यै दिइसकेको थिएँ । सेवकसरहरुलाई नभेटेरै मात्रै नदिएको ।
एक प्रति स्मारिका र प्रुफ हेरेबापत को एक हजार रुपियाँ पारिश्रमिक हात पार्ने बित्तिकै मैले त्यो स्मारिका पल्टाएको थिउँ । सुरुमै मेरो लेख परेछ । उमेरले म जेठो होईन, वर्णानुक्रममा पनि मेरो नाउँको अघिल्लो अक्षर सुरुमा राख्नुपर्ने होईन, किन मेरै लेख अगाडि राखियो होला भन्ने कुरामा एकछिन दिमाग लडाउँ । अनि लेखको स्तर पहिलो पङ्क्ती कै रहेछ क्यारे भन्ठानेर एक्लै मुसुक्क हाँसे ।
स्मारिकामा ज्ञानबद्र्धक लेखहरु छन् । अन्वेषण गरेरै लेखिएका लेखहरु सोधार्थीहरुले अन्यत्रका लागि उद्धरण गर्न लायक छन् । बनेपाइत्तरका स्थानीय कन्या पूजासम्बन्धी केहि लेखहरु चाहिँ फितला पनि छन् । मिसमास गराएर कमजोरलाई बलियो देखाउन खोजिन्छ अथवा बलियोलाई कमजोर पार्न खोजिन्छ । स्मारिकामा त्यसो गर्न खोजिएको पक्कै होईन । बनेपाइत्तरका कन्यापूजाको इतिहास पनि ल्याउन खोजिएको हो । तर विषयमा लेखकले नगरिदिंदा सम्पादकहरुले जस्तै आशाकाजी सेवकले पनि बेहार्नुप¥यो । हरेक लेखक जबसम्म लेखन प्रति इमान्दार हुँदैन र विषयवस्तुमा गहिरिंदैन, तब सम्म यस्तो भइरहन्छ । मैले पनि यस्तो नियति भोगेकोछु र भोगिरहनेछु ।
यतिखेर मलाई म समेतको सम्पादनमा सनातन कन्यापूजा प्रबन्ध समितिले प्रकाशन गरेको कन्या स्मारिकाको पनि सम्झना आइरहेकोछ । त्यसमा पनि यस्तै गतिला सामग्रीहरु थिए । यस्ता प्रकाशनहरु बनेपाबाट छापिरहनुपर्छ । अनि मात्रै संस्कृतिले जीवन्तता पाउँछ । बनेपामा ज्ञानकाजी मानन्धर र आशाकाजी सेवकजस्ता गौरवशाली व्यक्तिहरु नहुनुहुँदो हो त बनेपाको सांस्कृतिक र एैतिहासिक महत्ताले शब्दमा लिपिबद्ध हुन कसरी पाउँथे होलान् । मलाई यस्तै लाग्छ ।
मैले यी हरफहरु लेख्नुको सन्दर्भ हो “बनेपा नेवाः कन्यापूजा” नामको स्मारिका । प्रधानसम्पादक आशाकाजी सेवक र सम्पादक ज्ञानकाजी मानन्धर रहेर बनेपा नेवा कन्या पूजा समितिले २०६९ साउनमा छपाएको त्यस स्मारिकामा सत्यमोहन जोशीको शुभकामना एवं हरि मन्जुश्री, ओम धौभडेल, दुर्गा शाक्य, तेजेश्वरबाबु ग्वंगः, मोहन दुवाल, आशाकाजी सेवक, डम. चुन्दा बज्राचार्य, डा. जगदिशचन्द्र रेग्मी, ज्ञानकाजी मानन्धर आदिका चिन्तन र अनुसन्धानका सारहरु रहेका छन् ।
अब थप के लेखौं म । प्रदिपजीले समिक्षा माग्नुभएको होईन, पत्रिका परिचय माग्नुभएके हो । मैले यस्तै ठानें । मलाई थाह छ यो समिक्षा पनि भएन र परिचय पनि भएन । यसकोविधानिरुपण पाठकबाटै गरिएला । आजका लागि यत्ति ।
तर स्मारिकाको सम्पादनका लागि आशाकाजी सेवक प्रति धन्यवाद नभनी कसरी लेखाइ टुङ्ग्याउने ! त्यसैले उहाँलाई एउटै शब्द भने र रोकिन्छु — धन्यवाद ।