दाप्चा ÷ दाप्चामा रहेको प्रधानाध्यापक (प्रअ) विवाद मिलेको छ । को प्रअ हुने विवादकै कारण भदौ २९ गते देखि दुर्गालाल श्रेष्ठ र विन्द्रनारायण श्रेष्ठ प्रधानाध्यापककै हैसियतमा कार्यरत थिए । विद्यालय व्यवस्थापन समितिले दुर्गालाल श्रेष्ठलाई नै प्रधानाध्यापक बनाउने निर्णय गरेको छ ।
स्रोतका अनुसार, हाल दुर्गालाल श्रेष्ठलाई प्रअ बनाउने र २ बर्ष पछि उनको अवकाश भएसँगै विन्द्रनारायण श्रेष्ठलाई बनाउने सहमति पनि भएको छ । लेखापालमा भने स्थानीय दिलीप श्रेष्ठलाई बनाउने सहमति समेत भएको छ । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने गोकुल तिमल्सिना भने यो निर्णय प्रति रुष्ट छन् । उनी आफ्नै बहिनी ज्वाई विन्द्रनारायण श्रेष्ठलाई प्रअ बनाउने पर्ने अडानमा छन् । भदौ २२ गते शिक्षक स्टाफ सहितको विद्यालय व्यवस्थापन समितिको बैठकले दुर्गालाल श्रेष्ठ लाई र २९ गते फेरी विद्यालय व्यवस्थापन समितिको अर्को बैठकले विन्द्रनारायण श्रेष्ठलाई प्रअ बनाएपछि विवाद हुँदै आएको थियो ।
दुई जना प्रअ भएपछि विद्यालयको दैनिक कार्यसम्पादनमा समेत समस्या हुँदै आएको थियो । यसले गर्दा विद्यार्थीको पढाइमा समेत समस्या परेको थियो । दशै तिहारको समयमा स्टाफलाई तलव खुवाउन समेत समस्या भएको थियो ।
पहिला प्रधानाध्यापक बनाइएका दुर्गालाल श्रेष्ठले जिल्ला शिक्षा कार्यलयमा सहमतिको लागि निर्णयको फोटाकपिहरु पेश गरेका थिए । विन्द्रनारायणले भने कुनै प्रकृया अघि बढाएका थिएनन् । आफु प्रधानाध्यापकको पदको लागि अनिच्छुक रहेको समेत उनी बताउँदै आएका थिए । माओवादीको दवावको कारण मात्रै उनी प्रअको जिम्मेवारी लिन तयार भएका थिए । । दुर्गालाल श्रेष्ठ आफ्ना गुरु समेत भएकाले उनलाई प्रअ बनाए उपयुक्त हुने उनले बताउँदै आएका छन् । २२ गतेको बैठकमा पनि उनले दुर्गालाल श्रेष्ठ प्रअ हुन्छ भनी हस्ताक्षर गरेका थिए ।
यसअघि प्रधानाध्यापक शिवनाथ यादवले पनि आफु अनुकुल चल्नुपर्ने दवावको कारण साउन २१ गते राजीनामा दिएका थिए । यादव अघिका प्रधानाध्यापक गणेशबहादुर श्रेष्ठको नाममा रहेको रकम विना फच्र्यौट बुझ्न दवाव बढेपछि उनले राजीनामा दिएका थिए । श्रेष्ठ विरुद्ध अख्तियारमा उजुरी छ । भदौ २८ गतेको बैठकले यादवको राजीनामा स्विकृत गरिसकेको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |