logo
२०८३ आश्विन २७, मंगलबार |
☰
📰
🔍
✕

साताका कविता

प्रभातफेरी अनलाइन१९६० पटक पढिएको | २०६९ माघ २९, सोमबार
Post Thumbnail

साताका कविता (दृश्यबोध के.सी.)
गजल–१
जहाँ जतापनि छलको कुरा छ
बग्नै पर्ने रे रगतको भलको कुरा छ
जहिले जतिखेर पनि उहि खिचातानी
र त स्वार्थमा बसेको अम्मलको कुरा छ
विकासको नाममा सिन्को समेत नभाँच्ने
अनेकानेक पार्टी दलदलको कुरा छ
हाकाहाकी भन्यो यो ‘दृश्यवोध’ ले निर्धक्क देशको उन्नति प्रगति असफलको कुरा छ ।

गजल–२
दवावै दवावले व्याप्त छ देश
अनैतिक प्रभावले व्याप्त छ देश
झुठ नै सर्वत्र फैलिएपछि त
कपटी बहावले व्याप्त छ देश
धेरै धेरै रावणहरु रामको भेषमा देखिँदा
नक्कली नकावले व्याप्त छ देश
मानवताको अस्तित्व नरहेपछि त
घमण्डको हिसाबले व्याप्त छ देश
बुद्धको उपदेश अर्ति लत्याउने त्यो
दृष्ट्यार्इं किताबले व्याप्त छ देश
देश जनताको भलो नगरिएपछि त
स्वाभिमान झुकावले व्याप्त छ देश
अनिमेश के.सी
१
दुखियालाई सधै दुःख, दुख नै घरिघरि
जता गयो उतै उतै दुःख, दुःख नै वरिपरि
सुखीहरु धेरै माथि, दुःखीहरु नै तल
चुहाउनु नै छ हरघडि, पसिनाको भल
नगरे दुःख जिन्दगीमा, ढाकिन्न है लाज
सुखीहरु नै लगाइराखुन, सुखै सुखको ताज
कस्तो लेखिदिएको कर्म, भावीले यो दुःखीलाई
दुःखले कहिले छोडेन, साथ यो दुःखीलाई
सोझो दुखियालाई, के को पञ्जा छक्का
ठक्कर पनि दुखिलाई नै, दुःखीलाई नै धक्का

२
बेअनुकुल चलेर नहिडौं
एक अर्कामा जलेर नहिडौं
आत्मीयता थाँती राखेर
रिस–रागले बलेर नहिंडौं
सदैव झुक्याउना खतिर
आपसमा छलेर नहिंडौं
शत्रुतापनलाई निम्त्याईएर
बैरभावताले गलेर नहिंडौं
मानवता पालना नगरि
चरित्रहीनताले ढलेर नहिंडौं ।