logo
२०८३ कार्तिक ८, शनिबार |
☰
📰
🔍
✕

मकवानपुरमा असोज महिनामा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु

प्रभातफेरी अनलाइन२ पटक पढिएको | १२ मिनेट अघि
मकवानपुरमा असोज महिनामा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु

मकवानपुर / मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा परेका ५० जनालाई प्रहरीले उद्धार गरेको छ ।

यसै अवधिमा सवारी दुर्घटनासम्बन्धी कसुरमा प्रहरीले ८५५ वटा कारबाही गरेको छ । उक्त कारबाहीबाट आठ लाख ५५ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।