logo
२०८३ कार्तिक ८, शनिबार |
☰
📰
🔍
✕

दसैँको चौथो दिन पनि टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

प्रभातफेरी अनलाइन२ पटक पढिएको | ८ मिनेट अघि
दसैँको चौथो दिन पनि टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौं / बडादसैँअन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ ।

विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका तथा छुटेका व्यक्तिहरू आज आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन् ।

नेपाली परम्पराअनुसार विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ ।