प्रभातफेरी अनलाइन२८६४ पटक पढिएको | २०६९ फागुन २९, मंगलबार
धुलिखेल ÷ जिल्ला कृषि विकास कार्यालय काभे्रले खुद्रा विक्रेतालाई तीन दिने विषादीको सुरक्षित प्रयोग तथा भण्डारणबारे तालिम दिएको छ ।
जिल्ला कृषि विकास कार्यालय काभे्रका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाई, वरिष्ठ बालि स्ररक्षण अधिकृत बासुदेव शर्मा पोखरेल, काभे्र जिल्लाका विषादी निरिक्षक तथा वरिष्ठ बाली संरक्षण अधिकृत मधुसुधन पौडेलले विषादीको प्रयोगबारे प्रशिक्षण दिएका थिए । बारेमा तालिम प्रदान गरेका थिए ।
सहभागीलाई अर्गानो फस्टफेड, कार्मामेट, जैविक (बनस्पती) ग्रुप, व्याक्टेरीया, भाइरस, जैविक विषादी, भौतीक विषादि, आन्तरिक लगायत विश्व स्वास्थ्य संगठनले गरेको विषादी बर्गिकरण बारेमा जानकारी गराईएको थियो । कार्यलयका प्राविधिक सहायक विष्णु अधिकारीले सहजीकरण गरेको तालिममा ६८ जना विषादी विक्रेता तथा सरोकारवालाहरुले तालिम लिएका थिए ।