Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

किसानहरुलाई सहयोग गर

प्रभातफेरी अनलाइन ९६१ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३१, शनिबार (१२ साल अघि)
Post Thumbnail

काभ्रेपलाञ्चोक जिल्ला दुग्ध उत्पादनको हिसावले अग्रणी जिल्ला हो । दैनिक २ लाख ५० हजार लिटर दुध काभ्रेबाट राजधानी भित्रिने गरेको छ । पछिल्लो समय दुधको व्यवसाय थप व्यवसायिक बन्दै गएको छ । तर यो व्यवसाय फस्टाएपनि उचित लाभ भने लिन सकेको अवश्था छ । लागत मुल्य बढी हुँदा मुनाफा कम छ । पशुको मुल्य आकाशिदा किसानहरु इो व्यवसायबाट अलग्गिन खोज्दैछन् ।
ढुवानी पनि यहाँको प्रमुख समस्या हो । प्रत्येक गाउँमा बाटो त पुगेको छ तर त्यहाँ गाडी चल्न सक्ने अवश्था समेत नहुँदा दुध ढुवानीमा समस्या हुने गरेको छ । अझ बर्षाको समयमा त यो समस्या अझ बढ्छ । समयमा ढुवानी गर्न नसक्दा, चिस्यान केन्द्र सिमित हुँदा दुध विग्रने र घाटा व्यहोर्नुपर्ने हुन्छ ।
किसानहरुकै प्रयासमा भएका ढुवानी पनि प्रभावकारी देखिएका छैनन् । जैशिथोक गाविसको माथिल्लो भेग झगरेडाँडाबाट पाइपबाट दुध ढुवानी गरिँदै आइएको थियो । कामदारको अभाव र ज्याला पनि महंगो भएकोले अपनाइएको यो विकल्प पनि प्रभावहिन देखिएको छ । वडा नं.–४ स्थित झगरेडाँडा दुग्ध उत्पादक सहकारी संस्थाले २०६९ जेठ देखि मंसिर सम्म यसरी दुध ढुवानी गरि पाँचखालमा रहेको दुग्ध चिस्यान केन्द्रमा पठाउँदै आएको थियो । तर चुहावट र गुणस्तरमा कमी भएपछि सजिलोको लागि अपनाइएको यो विकल्प फेर्न किसान बाध्य बनेका छन् । सहकारीले ३ सय लिटर दुध पाइपमार्फत पठाउने गरेकोमा विचमा दैनिक १५, २० लिटर जस्तो हराउन थालेपछि उनीहरुले आशंका गरेका थिए । पछि जमिन मुनि विछ्याएको पाइप निकालेर दुध चोरी हुन थालेपछि उनीहरुले यसरी ढुवानी गर्नै बन्द गरेका छन् ।
दुध उत्पादनको लागि अग्रणी मानिएको काभ्रेमा किसानलाई सहयोग गर्न राज्यले केही पहल गर्नुपर्छ । बढी दुध उत्पादन हुने स्थानमा ढुवानीको लागि व्यवस्था गर्ने, चिस्यान केन्द्र स्थापना गर्ने काममा राज्यका निकाय लाग्नुपर्छ । किसानले आफ्नै प्रयासमा गरिरहेको पेशा तथा व्यवसायको उत्थानको लाग्नु राज्यको दायित्व पनि हो । यस्ता कुरामा ध्यान दिएर जिल्लामा दुध व्यवसाय फस्टाउन सरोकारवालाहरु लाग्न अव ढिला गर्न हुँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0