logo
२०८३ आश्विन २२, बिहिबार |
☰
📰
🔍
✕

एम्नेष्टी समूह ७२ मा रामकृष्ण

प्रभातफेरी अनलाइन१४८६ पटक पढिएको | २०७० बैशाख ७, शनिबार
Post Thumbnail

पनौती ÷ एम्नेष्टी समूह ७२ ले रामकृष्ण बन्जाराको संयोजकत्वमा नौ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको छ । उपसंयोजकमा अर्जुनप्रसाद बन्जारा, सचिवमा सुर्यमणि शर्मा, सहसचिवमा नरहरी भण्डारी, कोषाध्यक्षमा सबिना मानन्धर र सदस्यहरु सोनी थापा, ज्ञानकुमारी श्रेष्ठ, गोपाद दाहाल र अमितराज कर्णिकार रहेका छन् ।
१८ औं वार्षिक साधारण सभामा पूर्व कन्भेनर विजयराम कर्माचार्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने उत्कृष्ठ सदस्य सविना मानन्धरलाई पूर्व कन्भेनर शम्भुलाल श्रेष्ठका मातापिता सानुमैंया श्रेष्ठ तथा धर्मलाल श्रेष्ठको सम्झनामा स्थापित एम्नेष्टी रनिङ्ग अवार्ड प्रदान गरिएको थियो । सभाले सहसचिव रामकृष्ण बन्जारा, कोषाध्यक्ष राजकुमार बन्जाराको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष शम्भु ठाकुर, उपाध्यक्ष सुर्यबहादुर अधिकारी र निर्देशक रामेश्वर नेपालले एम्नेष्टी अभियान बारे चर्चा गरेका थिए ।
ललितपुरको भजनटोली काभ्रेमा
पनौती ÷ ललितपुरको एक भजन टोली पनौतीको भालेश्वर महादेव मन्दिर दर्शन गर्नुका साथै विभिन्न देवालय, शिवालयको भ्रमण गरेको छ ।
संयोजक मोहनमाया ताम्राकारसहितको २२ सदस्य टोलीलाई  पुजारी माधवप्रसाद जंगम, सिताराम बाबाले जानकरी दिएको हाम्रा सहयोगी विकुनारायण ताम्राकारले जानकारी दिएका छन् ।