Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लोप हुँदै इन्द्रावतीेका पानीघट्ट

प्रभातफेरी अनलाइन १९३६ पटक पढिएको प्रकाशित मिति: २०७० बैशाख १७, मंगलबार (१२ साल अघि)
लोप हुँदै इन्द्रावतीेका पानीघट्ट

ज्ञानमणि कालोटोपी ÷ (इन्द्रावती ) मण्डन

आँपचौरका मनमान माझी जवान हुँदा इन्द्रावतीका बगरमा ५० को संख्यामा पानी घट्टहरु थिए । मेलम्ची देखि दोलालघाटसम्मका यी घट्टहरु अन्न पिसानीको प्रमुख माध्ययम छन् । मनमानको उमेर बढ्दै गयो तर इन्द्रावती नदीमा रहेका घट्टहरु घटिरहेका छन् । यसले उनलाई चिन्तित बनाएको छ । पुराना दिनहरु सम्भँदै मनमान भन्छन्, “आधुनिक मेसिन आएकाले पुराना घट्टहरु लोप हुन लागे, अहिले त मुस्किलले पाँच ठाउँमा पनि छैनन् । ”

काभे्र र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदीमा रहेका पानीघट्टहरु अहिले विस्थापनको क्रममा छन् । योसँगै स्थानीय माझीहरुको पेशा समेत विस्तारै लोप हुदै गएको छ । नदीमा घट्ट चलाउनु, डुङ्गा खियाउनु, माछा मार्नु नदी आसपासका माझि तथा दनुवारहरुको पुख्र्यौली पेशा हो । उल्लेखित कुनै पनि पेशा अहिले उनीहरुका लागि सुरक्षित छैन । अझ यी पेशाहरु एकादेशको कथा बन्ने हो की भन्ने चिन्ता यहाँका माझीहरुमा छ ।

सजिलो भएपनि आर्थिक रुपमा विपन्न यो समुदायको लागि आधुनिक मेसिन प्रयोग गर्न केही कठिनाईहरु छन् । अझ समय समयमा हुने इन्धन अभावका कारण पानी घट्ट यसको विकल्प पनि बन्न सक्छ । पुर्खादेखि नै यही पेशा व्यवसायमा रहनेहरुले हात धुनुपर्ने स्थिती पनि नआउने उनीहरु बताउँछन् । इन्द्रावतीका घट्ट व्यवसायी मैते माझी आधुनिक मेसिन भित्रिए सँगै आफ्नो पेशा संकटमा परेको तर्क गर्छन् । “पहिला सबै अन्न पिस्न मान्छेहरु यही आउँथे, अहिले त गाउँमा नयाँ नयाँ मेसिनहरु आए, हाम्रो पेशा पनि संकटमा पर्यो । ” उनले दुखेसो पोखे ।

आधुनिक मेसिनको विकल्प हुन सक्ने पानी घट्ट लागतको हिसावले पनि कम खर्चिलो हुन्छ । यसको लागि गाउँमा जनशक्ति समेत अभाव हुँदै गएको छ । दैनिक रोजीरोटीको लागि पनि यो पेशाबाट समस्या हुन थालेपछि युवाहरु शहर पस्न थालेका छन् । यसको संरक्षण गर्न लागेपनि व्यवहारिक रुपमा कठिन भएपछि उनीहरुको प्रयास समेत असम्भव जस्तै भएको छ । अझ घट्ट बनाउन प्रयोगमा आउने ढुङ्गाहरु पनि कम पाइन थालेकाले पनि यो पेशाको अस्तित्व हराउन थालेको अनुमान व्यवसायीहरुको छ ।

आफ्ना सबै खाले पेशा संकटमा पर्दै गएपछि चण्डेनी मण्डन  र छिमेकी सिन्धुपाल्चोक जिल्लाको भिमटार गाविसका ५ सय माझी तथा दनुवारहरु विश्थापनको खतरामा छन् ।

नदीमा ठाउँ–ठाउँमा पुल बनेपछि उनीहरुले गर्दै आएको डुङ्गा व्यवसाय, माछा मार्ने काम पनि संकटमा छ । अशिक्षाको कारण परम्रागत कृषि गर्नु उनीहरुको वाध्यता छ । अझ धेरैको त आफ्नो जमिन समेत छैन । अरुको खेतबारी कमाएर जिविकोपार्जन गर्न उनीहरु बाध्य छन् ।

फोटो ः इन्द्रावतीको बगरमा अझै बाँकी रहेको एक पानी घट्टमा अन्न पिसानी गर्दै स्थानीय
तस्विर ः ज्ञानमणि कालोटोपी ÷ मध्यमार्ग

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

  • दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

  • भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0