ज्ञानमणि कालोटोपी ÷ गहते
महादेवस्थान ६ , गहतेका ५० बर्षीय कृष्णबहादुर तामाङ यो उमेरमा पनि युजा अवश्थामा जस्तै सकृय छन् । उनी बाँसबाट डोका, डाला, नाङ्ला, थुन्से , भकारी, कोक्रा तथा टोकरीहरु बनाउँछन् र बेच्छन् । २ सय देखि ४ सयसम्म लिने गरेका छन् उनले । “खाली बस्नुपरेको छ्रैन, ” तामाङ भन्छन्, “सामान लिन घरमै नै आउँछन् । ”
बाँस र यसबाट बनेका सामाग्री ग्रामिण भेगका मानिसहरुको आयआर्जनको माध्ययम बनेको छ । आवश्यक कच्चा पदार्थ स्थानीय स्तरमा नै सहजै पाइने भएकाले थोरै लगानीमा पनि आफ्नो सिप प्रयोग गरेर उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।
पछिल्लो समय प्लाष्टिकका सामानहरु सस्तो भएकाले व्यापारमा केही कमि आएपनि ग्रामिण भेगमा यसको माग उत्तिकै छ । घाँस, दाउरा लगायतका घरायसी काममा प्रयोग हुने डोकोहरुको माग उत्तिकै छ । निर्माण सामाग्रीको लागि प्रयोग हुने थुन्से लगायतको प्रयोग पछिल्लो समय शहरी क्षेत्रमा समेत उत्तिकै माग छ । कलात्मक तथा सजावटका साम्रागीहरु पनि राम्रै मुल्यमा विक्री हुने गरेको यो पेशामा संलग्नहरु बताउँछन् ।
घरमा नै फुर्सदको समय उपयोग गरेर समेत गर्न सकिने भएकाले यो वैकल्पिक आम्दानीको स्रोत समेत बनिरहेको छ । यो पेशामा संलग्न सानुकाजी तामाङ्ग राम्रो आम्दानीको श्रोत भएपनि युवा पुस्तालाई यसमा आकर्षण गर्न ्नसकिएको बताउँछन् । “एक त युवाहरु गाउँमा नै छैनन्, अर्कोतिर भएका पनि यो पेशा गर्न चाहदैनन् । ” उनले भने ।
जिल्लाको डाँडापारी, दाप्चा, मण्डनभेग, देउपुर, कोशिपारी, तिमाल लगायतका क्षेत्रमा व्यवसायिक रुपमा बाँस तथा निगालोका सामानहरु बनाउने गरिन्छ । स्थानीय रुपमा खपत भएर वाँकी रहेका सामानहरु बनेपा, धुलिखेल, काठमाण्डाँै लाने गरिएको छ ।
यो पेशालाई आधुनिकीकरण गर्न सके आयआर्जनको माध्यमम बन्न सक्ने पेशामा संलग्नहरु बताउँछन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |