सञ्जीवनीलाई उपाधी
पनौती ÷ यस बर्षको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी सञ्जीवनी नमूना उच्च मा वि ले हात हात पारेको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको विभिन्न खेलमा सर्वाधिक जित हासिल गर्दै उसले उपाधी हात पारेको हो । विजयी टिम तथा खेलाडीलाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल घर्तीले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष महेश पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जयबहादुर वाइवा लगायतले खेल र शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।
ट्रिपर दुर्घटनमा २ को मृत्यु
धुलिखेल ÷ धुलिखेल १ पकुचमामा भएको ट्रिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बालुवा लिएर बनेपा आउँदै गरेको ना.४ ख ३६३८ नं को ट्रिपर पल्टिदा धादिङ थाक्ले ४ का २४ बर्षीय राजकुमार खतिवडा र मकवानपुरका अन्दाजी ४६ बर्र्षीय विकास श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । वालुवामाथी सिरक ओडेर सुतिरहेका उनीहरु बालुवाले पुरिएका थिए ।
ज्यान मार्ने धम्की पछि विश्थापित
च्यासिङखर्क ÷ आफ्नै घरमा लुटपाट गरेका डाँका समुहले पुन ज्यान मार्ने धम्की दिएपछि च्यासिङखर्कको एक परिवार विश्थापित भएको छ ।
च्यासिङखर्क ६ का मानबहादुर तामाङको परिवार फागुन २५ गतेदेखि बनेपामा डेरा लिएर बसेको छ । मंसिर २४ गते साँझको समयमा ९ जनाको समुहमा आएका मानबहादुरको घरबाट एक लाख १६ हजार, ४ तोला सुन, पुरानो सिक्काका साथै मोबाइल सेट लुटेका थिए । घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ जनाको पहिचान खुलेका सहित ४ जना फरार छन् ।
चोरीमा संलग्न महाकांल ६ का विजय तामाङलाई पक्राउ गरेदेखि मानबहादुरको परिवारलाई निरन्तर धम्की आइरहेको उनले बताए । “विजय पक्राउ परेपछि धम्की दिइरहेका थिए, एकान्त ठाउँमा ज्यान जोगाउन मुस्किल पर्ने देखेर बनेपामा बसिरहेका छौँ । ” मानबहादुरले भने । उनीसँगै कान्छो छोरा सुरेश, बुहारीहरु हरिमाया, हिरा र नातिनी नेहा डेरामा बस्छन् ।
फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गर्न चासो नदिएको, थुनामा रहेकालाई छोडाउने षड्यन्त्र भइरहेको आरोप पनि उनीहरुले लगाए । “हामीलाई न्यान दिने काम ढिलो भयो, दोषीलाई कार्वाही गरेर बरामद गरिएको सामान फिर्ता होस् ” छोरा शुरेसले भने ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |