Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चन्द्रलक्ष्मीलाई संविधान सभामा उमेदवार दिन माग

प्रभातफेरी अनलाइन १४९७ पटक पढिएको प्रकाशित मिति: २०७० श्रावण २७, आईतबार (१२ साल अघि)
चन्द्रलक्ष्मीलाई संविधान सभामा उमेदवार दिन माग

पनौती÷संविधान सभा निर्वाचनमा समानुपातिक रुपमा उमेदवार नेपाल महिला संघकी सभापती चन्द्रलक्ष्मी ताम्राकार नै हुनुपर्ने माग गरेका छन् ।
उक्त कुरा विहिवार नेपाल महिला संघको ६६ औं स्थापना दिवसको अवसरमा नेपाल महिला संघ काभ्रेले आयोजना गरेको कार्यक्रममा महिला नेताहरुले बताएका हुन् । सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस काभ्रेका सभापती शिवप्रसाद हुमागाईले नेपाल महिला संघको स्थापना गर्न स्व. मंगलादेवी सिंहले दिएको योगदानको चर्चा गर्दै काभ्रेकी महिला संघकी सभापति चन्द्रलक्ष्मि ताम्राकारको योगदानको बारेमा भेलमा जानकारी गराएका थिए ।
सभापति हुमागाईले उपस्थित महिलाहरुलाई अहिलेको समय हाम्रो लागि चुनौती रहेको छ र निडर निश्वार्थ रुपमा अगाडी बढ्नु पर्ने कुरामा जोड दिएका थिए । राजनीतिमा मूल्याँकन हुने कुरा व्यक्त गर्दै सभापति हुमागाईले समयको माग अनुसार  पार्टी चल्दै जाने तर्क समेत राखेका थिए । नेपाल महिला संघकी केन्द्रिय सदस्य एवं बाग्मती अञ्चल संयोजक हरिप्रभा खड्गीले महिला दिदिबहिनिहरुले संगठन सुदृढिकरण गर्न सीप सिक्नुपर्ने कुरामा जोड दिंदै महिलाहरुको एक दिने प्रशिक्षण कार्यक्रम केन्द्रले काभ्रेमा आयोजना गरिने कुरा वताईन् ।
अहिले महिलाहरुलाई स्थान दिएमा पदभार ग्रहण गर्न सक्छन् भन्दै नेता खड्गीले संविधान सभाको निर्वाचनमा त्यागी नेताको छनोट गर्न महिला दिदिवहिनीहरुलाई अनुरोध समेत गरिन् । महिला दिदिवहिनीहरुले समानुपातिकमा मात्र नभै प्रत्येक्षमा पनि आफ्नो उमेदवारको माग गर्नुपर्छ र माग गर्दा जनतामा भिजेको व्यक्ति छनोट गर्नु आजको आवश्यकता रहेको बताईन् । क्षेत्रिय सभापति रमेशप्रसाद हुमागाईलै नेपाली काँग्रेसले आफ्नो प्रत्येक संगठनमा महिलाहरुलाई अनिवार्य रुपमा स्थान दिने गरेको चर्चा गर्दै पार्टीमा जुनसुकै निर्णय गर्दा संस्थागत तहबाट निर्णय हुनु जरुरी रहेको कुरा संकेत गरेका थिए ।
नेपाली काँग्रेस पनौती नगर समितिका सभापति केदारबहादुर भण्डारीले स्थापना कालदेखि महिलाहरुलाई नेपाली काँग्रेस पार्टीले उच्च स्थान दिएको कुरा राख्दै महिलाहरुको उत्थानमा महिला संघकी संस्थापक सभापति स्व. मंगलादेवी सिंहले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । नेता भण्डारीले महिलाहरु उच्च शिक्षाका लागि अगाडी बढ्नुपर्ने तर्क राख्दै संविधान सभा निर्वाचनमा त्यगी व्यक्तिहरुलाई अगाडी बढाईने छ भने ।
कार्यक्रममा महिला संघ ३ नं. क्षेत्रिय सभापति गोमा गोले, क्षेत्र नं. २की सभापति सावित्रि वडाल, क्षेत्र नं. ४ की सभापति सावित्रि लामिछाने,नेपाल महिला संघ बनेपा नगर सभापति रुक्मणी राजभण्डारी, जिल्ला सचिव शुभलक्ष्मी मानन्धर, मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदीप के. सी., नेपाल महिला संघकी जिल्ला सदस्य विष्णुमायाँ पुलामी लगायतले आउँदो संविधान सभा निर्वाचनमा त्यागी महिला नेतृ चन्द्रलक्ष्मी ताम्राकारलाई समानुपातिक तर्फको उमेदवार बनाउन नेतृत्व पक्षसँग माग गरेका थिए ।
सो कार्यक्रमको सभापतित्व नेपाल महिला संघ काभ्रेकी सभापति चन्द्रलक्ष्मी ताम्राकारले गरेकी थिईन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0