logo
२०८३ आश्विन २२, बिहिबार |
☰
📰
🔍
✕

अपाङ अस्पताललाई आर्थिक सहयोग

प्रभातफेरी अनलाइन३२६६ पटक पढिएको | २०७० श्रावण २७, आईतबार
अपाङ अस्पताललाई आर्थिक सहयोग

बनेपा÷थकाली स्वास्थ्यकर्मी परिवारले जनागालस्थित अपाङ बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
शनिवार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा परिवारका अध्यक्ष विश्व शेरचनले १ लाख १ हजार १ सय ११ रुपैया प्रदान गरेका हुन् । शेरचलन आर्थिक सहयोग अस्पतालका अध्यक्ष डा. अशोक बाँस्कोटालाई हस्तान्तरण गरेका थिए ।
‘अस्पतालमा उपचार गराईरहेका बालबालिकाको हित सहयोग रकम खर्च हुनेछ’ परिवारका अध्यक्ष विश्व शेरचनले भने ‘आगामी दिनमा यस्ता कार्यक्रमहरु गदै जानेछौ ।’
कार्यक्रममा अस्पतालका संस्थापन अध्यक्ष रहेका बरिष्ठ अर्थोसर्जन डा. अशोक बाँस्कोटा र प्रा बटुक राजभण्डारीलाई सम्मान गरिएको थियो । त्यसैगरी सोही कार्यक्रममा बोल्दै एमाओवादीका
केन्द्रिय सदस्य अमिक शेरचनले मंसिर ४ मै संविधानसभाको निर्वान हुनुपर्ने बताएका छन । उनले तोकिएकै मितिमा निर्वाचन नभएको संक्रमणकाल अझै लम्बिने र  त्यस्तो अबस्थामा प्रतिगमन दोहोरिन सक्ने बताए । ‘निर्वाचनको बिकल्प सोच्नु हुँदैन’ उनले भने ‘कुनै पनि हालतमा मंसिर ४ मै संविधानसभाको निर्वाचन हुनुपर्दछ ।’ कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख कृष्ण भट्टराई, डा. अशोक बाँस्कोटा, प्रा डा. जीवन शेरचन लगायतकाले मन्तव्य राखेका थिए । अस्पतालले अहिले सम्म ५५ हजार बिरामीलाई सेवा पु¥याईसकेको छ ।