Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मण्डनभेगको ऐतिहासिक गणेशमन्दिर भत्किने अवस्थामा

प्रभातफेरी अनलाइन १३०७ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र २, आईतबार (१२ साल अघि)
मण्डनभेगको ऐतिहासिक गणेशमन्दिर भत्किने अवस्थामा

ज्ञानमणि कालोटोपी÷चण्डेनीमण्डन

जिल्लाको उत्तरीभेगमा रहेको ऐतिहासिक गणेश मन्दिर संरक्षणको अभावमा अहिले भत्किने अवस्थामा पुगेको छ ।
मण्डनभेगको ऐतिहासिक महत्व बोकेको यस मन्दिरलाई पछिल्ला दिनहरुमा कसैले पनि चासो नदिएका कारण भत्किने अवस्थामा पूगेको हो । चण्डेनीमण्डन गाविसको वडा नं. १ श्रीचौरमा अवस्थित यो मन्दिर निकै नै पुरानो संरचना हो । यसमा रहेका घण्टा तथा मुर्ति पनि अहिले हराई सकेको छ भने छाना चुहिने भएको छ । पहिले यसलाई रेखदेख गर्न पुजारी राखिएको भएपनि अहिले रेखदेख गर्ने कोहि पनि छैनन् । जीर्ण अवस्थामा रहेको भएपनि गाविस तथा अन्य निकायले चासो पनि दिएको छैन । त्यसैले अहिले मन्दिर पूर्णरुपमा भत्किने अवस्था आएको स्थानियहरुको भनाई छ ।
यो मन्दिर कहिले र कसले निर्माण गराएको हो भन्ने बारेमा स्थानियहरुलाई पनि कमै मात्र जानकारी छ । कुनै एक जमानामा यहाँ एक किसानको गाईले दैनिक रुपमा दुध चढाउने गर्दथ्यो । यो के अचम्म हो भनेर खोस्रेर हेर्दा त्यहाँ गणेशको मुर्ति फेला परेको र त्यहि ठाउँमा मुर्ति प्रतिस्थापन गरि मन्दिर बनाईएको प्रचलित भनाई यहाँका बुढापाकाहरुले बताउँदै आएका छन् । पहिले यहाँ राम्रो सँग रेखदेख हुने गरेको भएपनि अहिले यसको वास्ता गर्ने कोहि नभएको प्रति स्थानिय ८४ वर्षिय लोकनाथ नेपालले चिन्ता व्यक्त गर्नुभयो । अहिले गाउँमा यस्ता संरचनाहरुको जगेर्ना गर्ने युवा जमातको अभावले ऐतिहासिक मठमन्दिरहरु विलय हुने अवस्था आएको उहाँको गुनासो छ ।
सम्बन्धित गाविस तथा स्थानियवासिहरुले चन्दा उठाएरै भएपनि यसको जगेर्ना गराउनु पर्ने अवस्था आएको र मन्दिर संरक्षणको पर्खाइमा रहेको छ । अवको केहि समय सम्म पनि कसैले वास्ता नगर्ने हो भने मन्दिर पूर्णरुपमा भत्किने र यसको अस्तित्व पतन हुने तर्फ सबैको ध्यान जानु आवश्यक भएको नेपालले बताउनु भयो ।

फोटो ः जीर्ण अवस्थामा रहेको मण्डनभेगको ऐतिहासिक गणेश मन्दिर ।
तस्विर ः ज्ञानमणि कालोटोपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0