Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुःख सुन्न मात्रै कार्यक्रम नराखियोस्

प्रभातफेरी अनलाइन २००३ पटक पढिएको प्रकाशित मिति: २०७० भाद्र १६, आईतबार (१२ साल अघि)
दुःख सुन्न मात्रै कार्यक्रम नराखियोस्

मधुसुदन तिमल्सिना÷बनेपा
राज्यले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक नगर्दा समस्या आएको पीडितहरुको बताएका छन् ।
बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एम्नेष्टी इन्टरनेशनल नेपाल ४३ बनेपा द्वारा बुधबार भएको अन्तक्र्रियामा बेपत्ता पारिएका परिवारले आफूहरुलाई आफ्नो परिवार बेपत्ता भए सास र मरेको भए लास चाहिने बताए ।
‘मेरो श्रीमान्लाई माओवादीले बेपत्ता पारेको एकदशक नै भैसक्यो तर आजसम्म पनि नपार्टीले मेरो श्रीमान्को मृत्यु भयो भनेर घोषणा गर्छ न त राज्यले नै, यस्तो अवस्थामा छ भनेर भन्छ’ द्वन्द्वपीडित मनकुमारी रंजितले भनिन् ‘कि मेरो श्रीमान्को लास कि सास चाहियो ।’
‘हामी राज्यबाट पाउने सेवा सुविधाबाट नै बञ्चित छौं’ उनले भनिन् ‘वास्तविकता सार्वजनिक नगरिदिँदा राज्यका सेवा सुविधाबाट समेत बञ्चित हुँदा जग्गापास, नापनक्सा लगायतका समस्या आएको छ ।’
अर्का द्वन्द्वपीडित माया तामाङको पनि राज्यले श्रीमान्लाई बेपत्ता पारेको १० वर्ष भएको बताइन् । उनलाई पनि आफ्नो श्रमिान् बेपत्ता हुँदा घरपरिवार संचालन गर्न र छोराछोरीको औषधी उपचार तथा पढाइमा समस्या आएको दुखेसो पोखिन् । ‘१० वर्ष भैसक्यो, श्रीमान्लाई राज्यले बेपत्ता पारेको, न खबर छ न कहीँ छ, जसले पनि यस्तै कार्यक्रम राख्यो, हाम्रो दुःख सुन्यो, सहयोग कसैले गर्ने होइन, छोराहरु डाक्टर, इन्जिनियर पढ्छु भन्छ, परिवार पाल्न त समस्या छ, अझ उनीहरुलाई भनेको जस्तो शिक्षा दिन मैले कसरी सक्नु, काम गर्ने मान्छे नै के अवस्थामा छ, थाहा नभएपछी’ उनले आक्रोश पोख्दै भनिन्, ‘राज्यले आफ्ना छोराछोरीलाई उनीहरुको रोजगारको शिक्षा दिनुपर्छ ।’
द्वन्द्वपीडित कुमारी लामाको श्रीमान्लाई पनि राज्यले बेपत्ता पारेको १४ वर्ष भैसक्यो । उनलाई पनि उनको श्रीमान् बाँचेको वा मरेको राज्यले नभन्दा समस्या आएको बताइन् । ‘काम गरेर हामीलाई पाल्ने श्रीमान्लाई राज्यले बेपत्ता पारेको छ, न त राजनीतिक दलहरुले नै खोजीदिएका छन्, न त राज्यले नै’ उनले दुखेसो पोख्दै भनिन् ‘कोठा लिएर बजारमा बसेको छु, सरकारले ३ लाख दिएको थियो, त्यो पनि सिद्धिसक्यो, अब त बाँच्नै समस्या भएको छ ।’
अर्की द्वन्द्वपीडित सावित्री घिमिरेको भने आक्रो एमाओवादी प्रति थियो । उनी भन्छिन्, ‘आफ्नो छोरालाई राज्य पक्षले ९ वर्ष अगाडी बनेपाबाट राजु बस्नेतको नेतृत्वमा आएको सेनाले समातेर बेपत्ता पारेको तर त्यही राजु बस्नेतलाई एमाओवादीका डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बढुवा गरेकोमा दुःख लागेको छ ।’ ‘मैले मेरो छोरा बेपत्ता पार्नेलाई बढुवा नगर्नुहोस् प्रधानमन्त्रीज्यू भन्न जाँदा उल्टै लाठी बजारियो, त्यसपछि आफै बिामरी परेर थला परियो’ उनले आक्रोशित आवाज भनिन्, ‘यस्ता पनि आफ्ना पार्टीका मान्छे हुन्छ ? सरकारले तीनलाख दिएको छ म ६ लाख राज्यलाई दिन्छु के मेरो छोरो सकुशल फर्कन्छ ?’ घिमिरेले आफ्नो छोराको मृत्यु भएको भएपनि सहज स्विकार्ने पनि बताइन् । ‘मेरो छोरो कुटपिट गरेर वा चोरी डकैती गरेर आर्मीले समातेको होइन देश बनाउन हिड्छु, भनेको भनेर समातेको हो, देशको लागि लडेकोमा मलाई गर्व छ’ उनले भनिन् ।
शान्ति समिति बनेपाका अध्यक्ष कृष्णगोपाल भैलले जग्गा नामसारी, घरपरिवार चलाउन लगायत जुनसुकै काम गर्न समस्या आएकोले छिट्टै राज्यले उनीहरुको अवस्थाको बारेमा जानकारी दिनुपर्ने बताए ।
नेपाल बार एशोसियसन काभ्रेकी पूर्वअध्यक्ष कृष्णप्यारी नकर्मीले बेपत्ता परिवारलाई पैसा मात्र दिएर राहत नपुग्ने हुनाले उनीहरुको यथार्थ कुरा बाहिर चाँडै आउनुपर्ने बताइन् । अधिवक्ता शेषव गौतमले राज्यले चाँडै मेलमिलाप तथा सत्यनिरुपण आयोग गठन गरि सहीतथ्य कुरा चाँडै बाहिर ल्याउनु पर्नेमा जोड दिएका थिए ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति कञ्चनचन्द्र वादेले द्वन्द्वपीडितलाई राज्यले छिटोभन्दा छिटो के गर्न सकिन्छ गर्नुपर्ने बताए । ०४६ सालको जनआन्दोलनमा जसरी कांग्रेसले सबैको व्यवस्थापन गरेको त्यसैगरि अहिले पनि गर्नुपर्ने थियो तर माओवादी कै २ वटा सरकार हुँदा पनि बेवास्ता गरेको देख्दा उदेक लागेको बताउँदै वादेले नेपाली कांग्रेसले द्वन्द्वपीडितलाई व्यवस्थापन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थिए ।
नेकपा एमालेका जिल्ला कमिटी सदस्य लम्बोदर कायस्थ, एमाओवादी बनेपा नगर इन्चार्ज तुलसी नारायण श्रेष्ठले संक्रमणकाल भएकोले यस्ता घटना उचाल्ने भन्दा पनि व्यवस्थापन गर्नुतिर लाग्नुपर्ने बताएका थिए ।इन्सेक काभ्रेका प्रतिनीधि भोजराज तिमल्सिनाले काभ्रेमा ४२ जना बेपत्ता भएकोमा १५ जना राज्यपक्षबाट र ५ जना माओवादीबाट भएको र २२ जना अझै पनि कताबाट भएको एकिन नभएको बताएका थिए । एम्नेष्टी इन्टरनेशनल नेपाल ४३ बनेपाका पूर्वसंयोजक राजु सरकारले मानव अधिकार, शान्तिकामी छौं भनेर नेपालले भन्ने गरेको तर व्यवहारमा भने मानवता विरोधी र शान्तिविारेधी नेपाल मात्र विश्वमा दर्ता भैसकेको बताए ।
समुह ४३ बनेपाका संयोजक हरिचन्द्र मानन्धर, सदस्य हिरा शर्मा नेपालले पनि चाँडै राज्यले बेपत्ता परिवारका बारेमा निर्णय गरोस् र व्यवस्थापन गरियोस् भन्ने उद्देश्यले नै उक्त कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0