प्रभातफेरी अनलाइन१६ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १२, शुक्रबार(३ घण्टा अघि)
काठमाडौं, पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा फिदिम नगरपालिका–३ स्कुलडाँडाका २४ वर्षीय राजेश मुखियाको मृत्यु भएको हो। फालेलुङ गाउँपालिका–१ ठाडे लसुनेका योगबहादुर जेबगू घाइते भएका छन्।
पार्किङ गरेर राखिएको मे १ त ३५५६ नम्बरको खाली ट्याक्टर मुखियाले चलाउने क्रममा नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।