Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘महिलालाई खतरा पुरुषबाट होइन महिलाबाटै छ ।’

प्रभातफेरी अनलाइन १३५३ पटक पढिएको प्रकाशित मिति: २०७० माघ ६, सोमबार (१२ साल अघि)
‘महिलालाई खतरा पुरुषबाट होइन महिलाबाटै छ ।’

प्रस्तुति : सागर ÷ आयूषा

(शीतल के.सी., नायक)

० हाल के गर्दै हुनुहुन्छ ?
हाल म ‘म तिम्रो हुन सकिँन’ फिल्ममा व्यस्त छु । यसको निर्देशक अनिश कोइराला हुनुहुन्छ । नायिकामा अस्मिता बस्नेत हुनुहुन्छ, भने अन्य कलाकारहरु सबैजना नयाँ नै हुनुहुन्छ ।
० तपाइको तत्काल रिलिज हुन लागेको कुनै फिल्म ?
सन्तोष बराइलीले निर्माण गर्नुभएको ‘एक्सिडेण्ट’ फिल्म रिजिलको क्रममा छ ।
० अरु कुनै नयाँ बन्न लागेको फिल्ममा पनि अनुबन्धित हुनुभएको छ कि ?
राजु लामाले निर्देशन गर्न लाग्नुभएको ‘मोहनी’ फिल्म जसको सुटिङ यहि माघ १५ गतेदेखि शुरु हुँदैन । त्यसमा मेरो पनि अभिनय रहनेछ भने निर्माण स्रोतले दिएको जानकारी अनुसार यस फिल्ममा नायक निखिल उप्रेतीको पनि अभिनय रहनेछ ।
० के तपाइलाई कला क्षेत्रपट्टि सानैदेखि आकर्षण थियो ?
आकर्षित हुनु एउटा कुरा हो, फिल्म गर्न पाउनु अर्काे कुरा हो । मिडियामा आफ्नो अनुहार देखाउँ भन्ने चाहना त सबैको हुन्छ र मेरो पनि थियो तर मिडियालाई नै आफ्नो पेशा बनाउँछु भन्ने सोचाइ म मा थिएन ।
० कसरी तपाइ फिल्म लाइनमा प्रवेश गर्नुभयो ?
बुटवल कलेज पढ्दा धेरै साथीहरुले ‘तिमी मोडलिङ गर, तिम्रो शारिरीक बनावट मोडलको जस्तै छ’ भनेर जिस्काइ रहन्थे । एकदिन त्यही बुटवलमा एउटा फिल्म निर्माण गर्ने र स्थानिय कलाकारहरुले अभिनय गर्ने भन्ने निर्णय भयो । सबै साथीहरुले ‘तिमीलाई सुहाउँछ तिमी फिल्म खेल’ भनेर धेरै आग्रह गरे । मैले पनि गरौं न त भनेर फिल्म लाइनमा प्रवेश गरेको हुँ ।
० तपाइलाई लाखौं दर्शकमाझ शीतल केसी भनेर चिनाउने फिल्म कुन हो ?
मैले अभिनय गरेको पहिलो फिल्म ‘जाल’ हो । यो फिल्मलाई पनि दर्शकहरुले मन पराउनुभयो । त्यसपछि दिवानापन, मेरो राजेश दाई, त्रिदेव.. इत्यादि फिल्महरु पनि सफल फिल्महरु नै हुन् ।
० मेरो राजेश दाई फिल्ममा तपाइको अनुहार राजेश हमालसँग मिल्ने भएर दाजुभाइ जस्तो देखाउन यो फिल्ममा तपाइलाई खेलाइएको भन्छन् नि ?
मेरो अनुहार राजेश हमालसँग मिलेर भएर होइन कि फिल्मको कथाको पात्रमा मलाई सुहाएको भएर लिइएको हो । नत्र त सबै फिल्ममा म राजेश हमालको भाइ भइहाल्थें नि ।
० तपाइलाई धेरै दर्शकहरु राजेश हमालको डुब्लिकेट भन्छन् नि ! तपाइलाई कस्तो लाग्छ ?
२५ वर्षसम्म निरन्तर रुपमा नेपाली चलचित्र क्षेत्रमा क्रियाशील महानायक राजेश हमालसँग मेरो तुलना गर्दा मलाई गर्वको महसुस हुन्छ तर पनि म आफ्नो छुट्टै पहिचान र अस्तित्व बनाउन चाहन्छु ।
० एकपटक हाँस्य टेलिश्रृंखला तीतोसत्यमा राजेश हमाल आउने भनेर प्रचार गरियो र अन्त्यमा तपाइलाई देखाइएको । यसमा तपाइको के प्रतिक्रिया छ ?
तीतोसत्यमा राजेश हमाल आउने भनेर मलाई देखाइयो तर दर्शकहरुले के कुरा बुझ्नु भएन भने त्यहाँ मलाई यूवा अवस्थाका राजेश हमाल भनेर देखाइएको थियो ।
० अहिले नेपाली फिल्म बन्ने क्रम तीव्र छ तर व्यावसायिक सफलता एउटा वा दुईवटा फिल्ममले मात्र पाउँछन् किन ?
यो समस्या हाम्रो देशमा मात्रै होइन कलिउड, बलिउडको अवस्था पनि उस्तै छ । वर्षमा डेढ दुईसय वटा फिल्म निर्माण हुन्छन् तर सफलता दुईचारवटा फिल्मले मात्र पाउँछन् । बिसै जना दौडियता पनि पहिलो दोस्रो र तेस्रो त एकएक जना मात्र हुन्छन् नि हैन र ?
० अहिले दिपकराज गिरीले निर्माण गरेको छ एकान छ फिल्मले राम्रो व्यापार गरेको छ र अधिकांश हलहरुमा दोस्रो हप्तामा चलिरहेको छ । यो फिल्मको सफलतालाई तपाइ कुन नजरले हेर्नुहन्छ ?
राम्रो फिल्म निर्माण ग¥यौं भने जसले गरे पनि फिल्म सफल हुन्छ भन्ने उदाहरण हो यो । सबैजना हाँस्य कलाकारहरु एकजुट भएर एउटौ फिल्ममा नायक भएर अभिनय गर्नु आफैमा गर्वको विषय हो । यसबाट धेरैले शिक्षा लिनुपर्छ ।
० तपाइ अविवाहित हुनुहुन्छ । विवाहको विषयमा के सोचाइ छ ?
जन्म, मृत्यु र विवाह आफ्नो वशमा हुँदैन जस्तो लाग्छ । एकदुई वर्ष भित्रैमा विवाह हुन पनि सक्छ, आठदश वर्षसम्म पनि विवाह नहुन पनि सक्छ ।
० अहिलेसम्म कुनै केटीसाथीलाई मनमा सजाउनुभएको छ कि ?
मेरो कुनै केटी साथी छैन ।
० फुर्सदको क्षणमा के गर्नुहुन्छ ?
पत्रपत्रिका तथा पुस्तक पढ्छु ।
० तपाइले हालसालै पढ्नुभएको पुस्तक कनु हो  ?
हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ ।
० आफूले खेलेको फिल्म हेर्दा तपाइलाई कस्तो महसुस हुन्छ ?
आफ्नो कमी कमजोरी थाहा हुन्छ । मैले यो भन्दा राम्रो गर्नुपथ्र्याे जस्तो लाग्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0