Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘महिलालाई खतरा पुरुषबाट होइन महिलाबाटै छ ।’

प्रभातफेरी अनलाइन १०५४ पटक पढिएको प्रकाशित मिति: २०७० माघ ६, सोमबार (९ साल अघि)
‘महिलालाई खतरा पुरुषबाट होइन महिलाबाटै छ ।’

प्रस्तुति : सागर ÷ आयूषा

(शीतल के.सी., नायक)

० हाल के गर्दै हुनुहुन्छ ?
हाल म ‘म तिम्रो हुन सकिँन’ फिल्ममा व्यस्त छु । यसको निर्देशक अनिश कोइराला हुनुहुन्छ । नायिकामा अस्मिता बस्नेत हुनुहुन्छ, भने अन्य कलाकारहरु सबैजना नयाँ नै हुनुहुन्छ ।
० तपाइको तत्काल रिलिज हुन लागेको कुनै फिल्म ?
सन्तोष बराइलीले निर्माण गर्नुभएको ‘एक्सिडेण्ट’ फिल्म रिजिलको क्रममा छ ।
० अरु कुनै नयाँ बन्न लागेको फिल्ममा पनि अनुबन्धित हुनुभएको छ कि ?
राजु लामाले निर्देशन गर्न लाग्नुभएको ‘मोहनी’ फिल्म जसको सुटिङ यहि माघ १५ गतेदेखि शुरु हुँदैन । त्यसमा मेरो पनि अभिनय रहनेछ भने निर्माण स्रोतले दिएको जानकारी अनुसार यस फिल्ममा नायक निखिल उप्रेतीको पनि अभिनय रहनेछ ।
० के तपाइलाई कला क्षेत्रपट्टि सानैदेखि आकर्षण थियो ?
आकर्षित हुनु एउटा कुरा हो, फिल्म गर्न पाउनु अर्काे कुरा हो । मिडियामा आफ्नो अनुहार देखाउँ भन्ने चाहना त सबैको हुन्छ र मेरो पनि थियो तर मिडियालाई नै आफ्नो पेशा बनाउँछु भन्ने सोचाइ म मा थिएन ।
० कसरी तपाइ फिल्म लाइनमा प्रवेश गर्नुभयो ?
बुटवल कलेज पढ्दा धेरै साथीहरुले ‘तिमी मोडलिङ गर, तिम्रो शारिरीक बनावट मोडलको जस्तै छ’ भनेर जिस्काइ रहन्थे । एकदिन त्यही बुटवलमा एउटा फिल्म निर्माण गर्ने र स्थानिय कलाकारहरुले अभिनय गर्ने भन्ने निर्णय भयो । सबै साथीहरुले ‘तिमीलाई सुहाउँछ तिमी फिल्म खेल’ भनेर धेरै आग्रह गरे । मैले पनि गरौं न त भनेर फिल्म लाइनमा प्रवेश गरेको हुँ ।
० तपाइलाई लाखौं दर्शकमाझ शीतल केसी भनेर चिनाउने फिल्म कुन हो ?
मैले अभिनय गरेको पहिलो फिल्म ‘जाल’ हो । यो फिल्मलाई पनि दर्शकहरुले मन पराउनुभयो । त्यसपछि दिवानापन, मेरो राजेश दाई, त्रिदेव.. इत्यादि फिल्महरु पनि सफल फिल्महरु नै हुन् ।
० मेरो राजेश दाई फिल्ममा तपाइको अनुहार राजेश हमालसँग मिल्ने भएर दाजुभाइ जस्तो देखाउन यो फिल्ममा तपाइलाई खेलाइएको भन्छन् नि ?
मेरो अनुहार राजेश हमालसँग मिलेर भएर होइन कि फिल्मको कथाको पात्रमा मलाई सुहाएको भएर लिइएको हो । नत्र त सबै फिल्ममा म राजेश हमालको भाइ भइहाल्थें नि ।
० तपाइलाई धेरै दर्शकहरु राजेश हमालको डुब्लिकेट भन्छन् नि ! तपाइलाई कस्तो लाग्छ ?
२५ वर्षसम्म निरन्तर रुपमा नेपाली चलचित्र क्षेत्रमा क्रियाशील महानायक राजेश हमालसँग मेरो तुलना गर्दा मलाई गर्वको महसुस हुन्छ तर पनि म आफ्नो छुट्टै पहिचान र अस्तित्व बनाउन चाहन्छु ।
० एकपटक हाँस्य टेलिश्रृंखला तीतोसत्यमा राजेश हमाल आउने भनेर प्रचार गरियो र अन्त्यमा तपाइलाई देखाइएको । यसमा तपाइको के प्रतिक्रिया छ ?
तीतोसत्यमा राजेश हमाल आउने भनेर मलाई देखाइयो तर दर्शकहरुले के कुरा बुझ्नु भएन भने त्यहाँ मलाई यूवा अवस्थाका राजेश हमाल भनेर देखाइएको थियो ।
० अहिले नेपाली फिल्म बन्ने क्रम तीव्र छ तर व्यावसायिक सफलता एउटा वा दुईवटा फिल्ममले मात्र पाउँछन् किन ?
यो समस्या हाम्रो देशमा मात्रै होइन कलिउड, बलिउडको अवस्था पनि उस्तै छ । वर्षमा डेढ दुईसय वटा फिल्म निर्माण हुन्छन् तर सफलता दुईचारवटा फिल्मले मात्र पाउँछन् । बिसै जना दौडियता पनि पहिलो दोस्रो र तेस्रो त एकएक जना मात्र हुन्छन् नि हैन र ?
० अहिले दिपकराज गिरीले निर्माण गरेको छ एकान छ फिल्मले राम्रो व्यापार गरेको छ र अधिकांश हलहरुमा दोस्रो हप्तामा चलिरहेको छ । यो फिल्मको सफलतालाई तपाइ कुन नजरले हेर्नुहन्छ ?
राम्रो फिल्म निर्माण ग¥यौं भने जसले गरे पनि फिल्म सफल हुन्छ भन्ने उदाहरण हो यो । सबैजना हाँस्य कलाकारहरु एकजुट भएर एउटौ फिल्ममा नायक भएर अभिनय गर्नु आफैमा गर्वको विषय हो । यसबाट धेरैले शिक्षा लिनुपर्छ ।
० तपाइ अविवाहित हुनुहुन्छ । विवाहको विषयमा के सोचाइ छ ?
जन्म, मृत्यु र विवाह आफ्नो वशमा हुँदैन जस्तो लाग्छ । एकदुई वर्ष भित्रैमा विवाह हुन पनि सक्छ, आठदश वर्षसम्म पनि विवाह नहुन पनि सक्छ ।
० अहिलेसम्म कुनै केटीसाथीलाई मनमा सजाउनुभएको छ कि ?
मेरो कुनै केटी साथी छैन ।
० फुर्सदको क्षणमा के गर्नुहुन्छ ?
पत्रपत्रिका तथा पुस्तक पढ्छु ।
० तपाइले हालसालै पढ्नुभएको पुस्तक कनु हो  ?
हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ ।
० आफूले खेलेको फिल्म हेर्दा तपाइलाई कस्तो महसुस हुन्छ ?
आफ्नो कमी कमजोरी थाहा हुन्छ । मैले यो भन्दा राम्रो गर्नुपथ्र्याे जस्तो लाग्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0