प्रभातफेरी अनलाइन१५१४ पटक पढिएको | २०७० माघ २६, आईतबार
बनेपा ÷ प्रेस चौतारी नेपालको १६ औं स्थापना दिवसको अवसरमा काभ्रे शाखाले बुधबार अनाथ बालबालिकालाई खाद्यान्न तथा स्टेशनरी सामानहरु वितरण गरेर मनाएको छ ।
बनेपामा रहेको ध्यानकुटी विहारमा रहेका ११ जना अनाथ बालबालिकाहरुलाई खाद्यान्न तथा स्टेशनरी सामानहरु काभ्रे शाखा अध्यक्ष नवराज बजगाईं, पार्टीका प्रचार विभाग प्रमुख किशोर थापा, प्रेस चौतारीका संस्थापक अध्यक्ष एवं एमाले ३ नम्बर क्षेत्रीय कमिटीका अध्यक्ष सुरेश हुमागाईं, पूर्वअध्यक्षहरु दयाराम महत, राजकुमार पराजुली, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष भोजराज तिमल्सिना, महासंघका सचिव मोतिराम तिमल्सिना, क्रान्तिकारीका अध्यक्ष यदूनाथ गौतम लगायतले वितरण गरेका थिए ।