logo
२०८३ आश्विन २१, बुधबार |
☰
📰
🔍
✕

सडकबालबालिकाका लागि कम्प्युटर शिक्षा

प्रभातफेरी अनलाइन२१४० पटक पढिएको | २०७० फागुन १२, सोमबार
Post Thumbnail

बनेपा ÷ अभिभावकविहिन सडक बालबालिका लक्षित गरी बनेपामा कम्प्युटर तथा भाषा प्रशिक्षण केन्द्र स्थापना गरिएको छ ।
रुद्रस्मृति अक्षय कोषले सामुदायिक उत्थान मञ्च (सिफ) नेपाल र एक्टिभ इन नेपालको सहयोगमा तालिम केन्द्र स्थापना गरेको हो । केन्द्रको उद्घाटन गर्दै प्रमुख अतिथि साहित्यकार शारदाप्रसाद शर्माले सडकबालबालिकाको क्षेत्रमा काम गरिरहेकोमा सिफ नेपाललाई सह्रायना गर्दै उक्त कोष पनि यस क्षेत्रमा सक्रिय रहेको बताउनुभयो । सिफका अध्यक्ष समुद्रलाल श्रेष्ठले कोषसँग सहकार्य गर्न पाएकोमा प्रशसन्नता व्यक्त गरेका थिए । कार्यक्रममा बलराम अधिकारी, रामचन्द्र पराजुली, लक्ष्मीप्रसाद शर्मा लगायतले बोलेका थिए ।