logo
२०८३ कार्तिक १०, सोमबार |
☰
📰
🔍
✕

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु

प्रभातफेरी अनलाइन६ पटक पढिएको | ४८ मिनेट अघि
पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु

एजेन्सी / पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फराबादस्थित पहाडी सडकबाट यात्रु बोकेको जीप करिब एक हजारदेखि एक हजार पाँच सय फिट तल खस्दा सात जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो भएको दुर्घटनामा जीपमा सवार सबै सात जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। भूस्खलनबाट प्रभावित सडकमा गुडिरहेको जीप चालकले नियन्त्रण गुमाउँदा सडकबाट तल खसेर पटकपटक पल्टिएको बताइएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा र उद्धार ११२२ आपत्कालीन सेवाका कर्मचारीले घटनास्थलमा पुगेर शव निकाल्न सहयोग गरेका थिए।