प्रभातफेरी अनलाइन० पाठक संख्या | १३ मिनेट अघि
काठमाडौँ / संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार जनाविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित न्यायाधीशहरू नियुक्त गर्न उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित १० दिनभित्र उजुरी दिन आग्रह गरेको हो ।
न्याय परिषद्को असोज २० गते बसेको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
समितिले उजुरीकर्तालाई आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर खुलाउन आग्रह गर्दै चाहेमा उनीहरूको पहिचान गोप्य राखिने जनाएको छ । उजुरी कार्यालय समयमा शिष्ट र मर्यादित भाषामा स्पष्ट आधार तथा प्रमाणसहित पेस गर्नुपर्नेछ ।