तिमीलाई दिएको माया मेरो अजम्बरी थियो ।
खनायसै कुन हुरीले त्यसलाई अन्तै मोडिदियो ।।
सागरको गहिराइमा पुगे पछि छाडिदियौ साथ किन ।
मन अन्तै मोड्नु थ्यो त ग¥यौ दुई दिनको नाटक किन ।।
तिमी बिनाको एकलो जीवन भन म कसरी जिउँ ।
रकेकेथें मायामा म घात हुँदा दोष कसलाई दिउँ ।।
जीवनभरलाई दिने साथ दुई दिन मै तोड्यौ किन ?
लाएको थियौ त तिमीले माया आखिर धोका दिन ।।
जीवनको खुसी तिमीलाई मैले मागेथें केवल तिम्रो माया ।
निश्चल चोखो माया पछ्याइ रहन्छ सधैं मात्र तिम्रो छायाँ ।।
सायद आज पनि उनीहरुको मिलन हुन जुरेको थिएन हो वा दैवलाई नै उनीहरुको मिलन स्वीकार्य थिएन । अनिताको घरमा पुगे पछि उसले फेरि एक पटक निरास हुनु प¥यो । ‘खोई, अहिले सम्म उनले घरमा त सम्पर्क पनि गरेकी छैन । खै कहिले आइपुग्ने हुन् कुनै अत्तो पत्तो नै छैन ।’ यहि जवाफ उसले पाएको थियो ।
त्यहाँबाट उनी फर्किए पछि सरासर आफू बसेको भेंडेटार कै होटलतिर निरास मन लिएर फर्कदैं थियो । धरान बसपार्क पुगे पछि । उसले एक युवतीलाई देख्यो । ती युवतीलाई देखेपछि उसलाई ती युवती आफूले चिनेको जस्तो लाग्यो । करिव सय मिटरको दुरी थियो उनीहरु बीच । ती युवती बिरामी झैं देखिन्थिन् । सागरले ती युवतीलाई पछ्याउँदै गयो । ती युवती एक गेष्ट हाउसमा छिरिन् । सागर पनि उनको पछि पछि त्यहि गेष्ट हाउसमा छि¥यो ।
गेष्ट हाउसमा पछ्याउँदै गएको सागरको अनुमान आखिर सहि नै ठहरियो । उनी अनिता नै थिइन् । उनलाई देख्दा लाग्थ्यो उनी भरखरै बिमारीले थलिएकी हुन् । उसले अनितालाई पछ्याएर उनी बसेको रुममा नै छिरिसकेको थियो तर अनिता यी सबबाट अनविज्ञ थिइन् । जब कोठामा सागरलाई देख्यो तब मात्र झसङ्ग हुन पुगिन् । अकस्मात उनको ओठबाट निस्कियो—‘तिमी ।’
अनिता सागरलाई देखेर अचम्मित भएकी थिइन् । अकस्मात सागरलाई देखेर अनिता अचमिमत हुन पुगेकी थिइन् । सागरलाई देख्नासाथ उनको मुहारमा रिस र क्रोध एकै चोटी देखा प¥यो । एक्कासी उनले सागरको कठालोमा समाउँदै भनिन्–‘ किन आयौ तिमी ? कसको अनुमतिले तिमी मेरो कोठामा छिर्ने आँट ग¥यौ ? तिम्रो र मेरो सम्बन्ध छैन अब । त्यसैले तिमी मेरो अगाडि नआउ । मलाई आफ्नै हालतमा छोडिदेउ । मेरो भावनासँग खेलवाड गर्नु ग¥यौ । अब के बाँकी छ र ?’
अकस्मात अनिताको यस्तो व्यवहारबाट सागर छक्क प¥यो । आखिर किन यस्तो व्यवहार गरिन् त उनले । केहि बुझ्नै सकिरहेको थिएन सागरले । उसले प्रति प्रश्न ग¥यो–‘अनिता तिमी किन यस्तो व्यवहार गर्दैछौ आज । मैले त केहि बुझ्नै सकिरहेको छैन । आखिर किन तिमी मबाट टाढिन ओज्दैछौ ? आखिर के गल्ती भो र म बाट ? के यति जान्ने अधिकार पनि छैन र मेरो ?’
‘आफैलाई सोधि हेर न के के ग¥यौ भनेर । तिमी आफै नै टाढिन खोज्ने अनि अहिले मलाई उल्टै आरोप लगाउने । आखिर म को हुँ र तिम्रो । जति मेरो भावनामाथि खेल्नुथ्यो खेल्यौ अब त मलाई चैनले आफैमा हराउन देउ । किन दुखेको घाउलाई कोट्याउने कोशिस गर्दैछौ । अब मलाई तिमीसँग कुनै सम्बन्ध गाँस्नु छैन । त्यसैले मेरो पिछा छाडिदेउ ।’ अनिताले आँखाबाट बलिन्द्र धारा आँसु बगाउँदै भनिन् ।
‘खोई मैले त केहि बुझ्नै सकिन के भन्दैछौ तिमी । मबाट त्यस्तो कुनै भूल भए जस्तो त लाग्दैन । मैले आफ्नो सबथोक नै तिमीलाई सुम्पीसकेको छु । आज मलाई एक्लै मझदारमा छाडेर तिमी टाढिने सोच्दै छौ । आखिर किन अनिता ? भनन त ।’सागरको भनाइ भुईंमा खस्न नपाई अनिताले भनि–‘ए त्यसो पो ? गल्ती मेरै हो नी हैन र ? मेरो भावनामा खेलवाड गरि अरुको नै मायाजालमा रम्ने तिमी अनि दोष जति मलाई ! तिम्रो फेसबुक वालमा पे्रम युक्त सन्देश त्यो पनि झुट हो ? ठीक छ अझै अरु केहि भन्नु छ ।’
अनिताको कुरा सुनेर सागर छक्क प¥यो र भन्यो ‘धरोधर्म जे कसम खान पनि तयार छु म । मैले तिमी बाहेक अरुलाई सोचेकै छैन । मेरो जिन्दगी नै तिमीलाई मानिसकेको छु । त्यो फेसबुकमा भएको सन्देश कुनै साथिले त्यतिकै जिस्केर पोष्ट गरिदिएको रहेछ । त्यति सानो कुरालाई पनि यति ठूलो इष्यु बनाएकी तिमीले ?’ अनिताले प्रश्न गरिन्–‘ अनि तिमीले किन मलाई सम्पर्क नगरेको त ? अनि आफैै किन सम्पर्क बिहिन भएको त ?’
सागरले भन्यो ‘मैले तिमीलाई सम्पर्क गर्ने प्रयास गरेको थिउँ तर तिमीले कल नै उठाइनौ । त्यस पछि परीक्षा नजिक आइरहेकोले घरबाट यसपाली परीक्षा बटाउनै पर्ने दवाब आएकोले परीक्षाको तयारीमा लागेको हुँ । त्यसलाई अन्यथा नमान न । परीक्षा सकिएपछि तिमीलाई सम्पर्क गर्ने प्रयास गरेको थिएँ तर तिमीसँग सम्पर्क हुन नसके पछि बाध्यताबस म तिमीलाई नै भेट्न यहाँ सम्म आएको हुँ ।’ सागरले सबै कुरा प्रष्ट पारेपछि खनिता सागरलाई ग्वाम्लाङ्ग अंगालोमा हालेर रुन थाली । उनले रुँदै भनिन्–‘मलाई माफ गरिदेउ सागर ।’ क्रमशः. (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन्)
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |