Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खेत बचाउन माझीहरुको सक्रियता

प्रभातफेरी अनलाइन ११९६ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १८, आईतबार (९ साल अघि)
खेत बचाउन माझीहरुको सक्रियता

चण्डेनीमण्डन ÷ काभे्र र सिन्धुपाल्चोकको सिमाना इन्द्रावती नदी किनारा स्थित काभे्रको आँपचौरमा रहेका माझी समुदायहरु अहिले बगरमा रहेको आफ्नो खेत बचाउने अभियानमा लागेका छन् ।
हरेक दिन इन्द्रावती नदीमा माछा मार्न र घट्ट तथा डुङ्गा चलाउन जाने उनीहरु पछिल्लो एक दशक यता नदीमा माछा पनि पाइन छोडेको र आधुनिक मिलहरुको प्रयोगले घट्ट पनि चल्न छोडेका कारण बगर खेत बचाउने अभियानमा लागेका हुन् ।
कुनै विकल्प नभए पछि आफ्नो नाउँमा थोरै मात्र जग्गा भएका काभे्र चण्डेनीमण्डन –२, आँपचौरका माझीहरुको पछिल्लो समयको दैनिकी आसपासका छिमेकीहरुको खेतबारीमा ज्याला गर्न जाँदैमा बित्ने गरेको छ । ज्याला मजदुरी गरेर दिक्क भएका यीनै माझीहरु अहिले सक्रिय छन्, आफ्नो खेत बचाउने अभियानमा । इन्द्रावती नदी किनारामा भएको सार्वजनिक जग्गा (बगर) मा वर्षौं देखि खेती गर्दै आएका माझीहरु वर्षेनी त्यो खेत नदीमा आएको वाढीले बगाउँदा दिक्क हुने गरेका थिए । खेत बचाउने कुनै विकल्प देखेका थिएनन् , उनीहरुले । एक वर्ष खेत बनायो अर्को वर्ष बगरमा परिणत हुने गरेको समस्या लिएर समाधानका लागि गाविस र जिविस सम्म पुगेका थिए, माझीहरु । गाविसले दिएको थोरै सहयोगले अलिअलि मात्र काम गर्न सकेका यी वासिन्दाहरुको दैनिकीमा पछिल्लो एक वर्ष यता पुरै परिवर्तन भएको छ । उनीहरुको दैनिकीमा परिवर्तन ल्याईदिएको छ , जल उत्पन्न प्रकोप न्युनिकरण डिभिजन कार्यालय ,भक्तपुरले । यस संस्थाको सहयोगले यहाँका ६० घर परिवारका करिब पाँच सय वासिन्दाका लागि ४ सय रोपनी खेत बचाउन सकिने निश्चित भए पछि माझीहरु अहिले ढुक्क मात्र भएका छैनन् , अब अरुको खेतमा ज्याला गर्न जानु नपर्नेमा खुशि पनि देखिएका छन् ।
चण्डेनीमण्डन गाविसकै अहिले सम्मको सबै भन्दा ठुलो यस योजनाका लागि संस्थाले कामको प्रारम्भिक चरणमा २२ लाख रुपयाँ बराबरको आर्थिक सहयोग गरेको छ । योजनाको सम्पुर्ण काम सक्न करिब ४ वर्षको समय लाग्ने र ४ करोड रुपयाँ बराबरको खर्च हुने अनुमान गरिएको छ । चार सय रोपनी खेत जोगाउन इन्द्रावती नदी किनारामा सात सय मिटर लामो बाँध निर्माण गर्नु पर्ने हुन्छ । अहिले यहाँका माझीहरुले काममा सक्रियता देखाएर एक सय मिटर बाँध निर्माण गरिसकिएको र ४ सय पचास थान तारजाली भर्ने काम सम्पन्न भई सकेको संस्था प्रतिनिधी राजन दंगालले जानकारी दिए । उनी भन्छन्–‘ अब यहाँका माझीहरुको दैनिक जीवनमा ठुलो परिवर्तन हुने निश्चित छ । ’
सामाजिक, आर्थिक , राजनितिक र शैक्षिक रुपमा वर्षौं देखि पुरै पछाडि रहेका यहाँको माझी समुदाय अहिले आफैं पनि दंग छ । यसरी बगर खेतलाई जोगाउन सकिएला भनेर थोरै पनि नसोचेका स्थानिय युवा राजु माझी भन्छन्–‘ बगरको खेत बचाउने र बस्ती जोगाउने हाम्रो सपना पुरा हुन लाग्दा हामीलाई खुशि लागेको छ ।’ तर यति ठुलो योजनाको काम शुरु गरिंदा यहाँको माझी समुदाय बाहेक राजनितिक दलका स्थानिय प्रतिनिधीहरु तथा अन्य समुदायले यस तर्फ अलिकति पनि ध्यान नदिएकोमा भने आफु निराश रहेको उनले बताए । जे भए पनि आफ्नो लागि राम्रै कामको शुरुवात गरेको चण्डेनीमण्डनका माझीहरुको सामुहिक भनाई छ –‘ अब हाम्रा दुःखका दिनहरु विस्तारै सकिदै जाने छन् । ’
गएको वर्ष देखि शुरु गरिएको यस अभियानमा पहिलो चरणको काम सकिएपनि यस वर्ष दोस्रो चरणको काम हुनु पर्ने हो । तर अहिले सम्म यस तर्फ कुनै काम भएको छैन । ‘हामीले संस्थालाई अनुरोध गरेका छौं । केहि समय पछि नै काम शुरु हुने आश्वासन आएको छ । हेरौं के हुन्छ । ’ – राजु माझीले भने ।
संस्थाकै आर्थिक सहयोग र जनश्रमदानबाट आफूहरुको खेत बचाउने अभियान पुरा हुने यहाँका माझी समुदायले आशा गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0