Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कात्तिके देउराली समाज कोरियाद्धारा एम्बुलेन्स प्रदान तेइस युवाहरुको प्रवासीभूमिबाट जन्मभूमिलाई उपहार

प्रभातफेरी अनलाइन ६४१३ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ७, शुक्रबार (९ साल अघि)
Post Thumbnail

कात्तिक देउराली गाविसका २३ युवाहरुले आफ्नो पसिनाको कमाई संकलन गरी जन्मभूमिलाई एम्बुलेन्स उपहार दिएका छन् ।
कात्तिके देउरालीको प्रभा बहुमुखी क्याम्पस प्रांगनमा आयोजित एक समारोहकाबीच नवप्रगतिशिल युवा समाजका अध्यक्ष दिपक प्रसाद चौलागाई तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका चिकित्सक विशेषज्ञ नेत्रप्रसाद न्यौपानेले एम्वुलेन्स संचालक समितिलाई सो एम्बुलेन्स औपचारिकरुपमा हस्तान्तरण गरेका हुन । सो अवसरका कोरियाबाट घरविदामा आएका समाजका महासचिव केदार काफ्ले र सल्लाहकार नारायण गौतमलगायत कोरियामा कार्यरत सदस्यहरुका अभिभावकलाई प्रमाणपत्र र दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।
नवप्रगतिशिल युवा समाज मातहत संचालन गरिने एम्वुलेन्स संचालनका लागि घटुजराज गिरीको संयोजकत्वमा कात्तिके देउरालीका स्थानीय समाजसेवी तथा अग्रज व्यक्तित्वहरुको संलग्नतामा एक समिति नै गठन गरिएको छ ।

आफ्नो गाँउघरमा एम्वुलेन्स संचालनमा आउने खवर पाएसँगै हस्तान्तरण कार्यक्रममा स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नवप्रगतिशिल युवा समाजका अध्यक्ष दिपक चौलागाईले कोसिपारी क्षेत्रमा रहेको एम्बुलेन्स अभावको अवस्था अब नरहने बताए ।
उनले भने–‘हामीले कात्तिके देउराली गाविसका अलवा आसपासका पोखरीचौरी, मादनकुडारी, गोठपानी चिसापानी, धुसेनी, विर्तादेउराली लगायतका गाविसका जनतालाई समेत सेवा प्रवाह गर्ने गरी एम्बुलेन्स संचालन गर्ने निधो गरेका छौ ।’ हरेक महिना प्राप्त पारिश्रामिकबाट केहि रकम छुटटयाएर एम्बुलेन्सका लागि रकम जुटाइएको कात्तिके देउराली समाज दक्षिण कोरियाका अध्यक्ष किशोर गिरीले जानकारी दिएका छन् । ‘विकट क्षेत्र कोसिपारीका जनताले आपतकालिन स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गुमाउनु परेको यर्थाथलाई केहि हदसम्म भएपनि एम्बुलेन्स सुविधाले कमी ल्याउने विश्वाससहित हामीले प्रवासबाट आफ्नो पसिनाको कमाई छुट्टयाएर आफ्नो समाजका लागि केहि गर्ने अभियानको शुरुवात गरेका हौ’ समाजका अध्यक्ष गिरीको भनाई छ । ‘हजार थोपा पसिना आफ्ना लागि बनायौ, एक थोपा पसिना जन्मभूमिका लागि’ भन्ने अभियानका साथ स्थापित कात्तिके देउराली समाज, दक्षिण कोरियाले यसअघि पनि अनौपचारिकरुपमा सहयोगी हात बढाएकोमा यस पटक औपचारिक रुपमै आफ्नो जन्मभूमिप्रति सहयोगी हात बढाएको अध्यक्ष गिरीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0