Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दोस्रो किस्ता वितरणको घोषणा भयो तर पीडितले पाएनन

प्रभातफेरी अनलाइन ६७८९ पटक पढिएको प्रकाशित मिति: २०७३ चैत्र २५, शुक्रबार (८ साल अघि)
दोस्रो किस्ता वितरणको घोषणा भयो तर पीडितले पाएनन

रविओपी  /प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा सहितको टोलीले साविकको रविओपी गाविसमा फागुन २७ गते तमाझामका साथ दोस्रो किस्ता वितरण सुरु गर्यो । तर कार्यक्रम शुभारम्भ भएको एक महिना वितिसक्दा पनि एक जना भूकम्प पीडित पनि हाल सम्म दोस्रो किस्ताको रकम लिन पाएका छैनन ।
मुलुक नयाँ संरचनामा गएसँगै गाविसहरु फेरबदल र कर्मचारी अपुग हुदाँ दोस्रो किस्ताको रकमको पखाईमा रहेका भूकम्पपीडितहरु मारमा परेका छन । रविओपी गाविस वडा न १ देखी ५ सम्म धुलिखेल नगरपालिका र बाँकी ६ देखी ९ बनेपा नगरपालिकामा गाभिएका छन । ‘दोस्रो किस्ता रकम वितरणको घोषणा गर्दा रविओपी गाविस मै थियो तर संघीय संरचना आयोगले रविओपीलाई बनेपा र धुलिखेलमा छुट्याएपछि रकम वितरणमा समस्या आएको छ ।’ राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख धु्रव गैडाले दोस्रो किस्ताको रकम वितरणमा समस्या आएको स्विर्कादै भने, रविओपी त एउटा उदाहरण मात्र हो, दोस्रो किस्ताका लागि योग्य भइसकेका थुप्रै गाविस नगरपालिकामा यो समस्या देखिएको छ ।
मुलुक संघीय संरचनामा गएसँगै त्यस अनुसारको कर्मचारीहरु व्यवस्थापन हुन नसक्दा समस्या आएको छ । बर्षा लाग्न लागिसक्दा समेत भूकम्पपीडितहरु दोस्रो किस्ता नपाउदा मारमा परेका छन । जिल्लामा दोस्रो किस्ताका लागि ५ हजार भन्दा बढी लाभग्राहीले निवेदन दिएको शहरी विकास भवन डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिए । ‘घर बन्नेक्रम बढेको छ तर गाविस नगरपालिका संरचना फेरवदलले काममा ढिलाइ भइरहेको छ ।’ सुवालले भन्नुभयो । काभे्रमा ६२ हजार भूकम्पपीडितले पहिलो किस्ता लगेका छन । जिल्ला समन्वय समितको खातामा ६ हजार ६३९ जना भूकम्पपीडितलाई पुग्ने रकम आएर थन्किएको डेढ महिना बढी भइसक्यो तर अझै एक जनाले पनि नलगेको जिल्ला समन्वय समिति काभे्रले जनाएको छ । भूकम्पपीडितका लागि रु ९९ करोड ५८ लाख ५० हजार रकम आएको थियो । जिल्लामा २ सय भन्दा बढी भूकम्पपीडितले घर पुरै बनाइसकेपनि अझै दोस्रो किस्ताबाटै बञ्चित रहेका छन । तर भूकम्पपीडितको घर बनाउने जिम्मेवारी लिएको कारितास नेपालले भने चण्डेनी र बल्थलीका भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम डेढ लाखको दरले बाढी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0