Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खाद्यवस्तुको गुणस्तरीयता आजको आवश्यकता

प्रभातफेरी अनलाइन ४९१४ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख १४, बिहिबार (९ साल अघि)
खाद्यवस्तुको गुणस्तरीयता आजको आवश्यकता

मानव जीवनका आधारभूत आवश्यकताहरुमध्येको एक चिज हो, गाँस तथा खाना ।

खाना बिना मानव स्वास्थ्यको त के कुरा मानव लगायत कुनै जीवनको समेत जीवन सम्भव छैन । वास्तवमै खाना भन्नु जीवन हो । हुनतः हामी बाँच्नको लागि खान्छौं तर अहिलेको सन्दर्भमा हेर्ने हो भने कतिपय अवस्थामा खानेकुराकै कारणले स्वास्थ्यमा हानी पुगेको वा ज्यान समेत जाने अवस्था सिर्जना भएका थुप्रै उदाहरणीय घटनाहरू हामी देख्न सक्छौं ।
हुनतः खानेकुरा अमृत हो तर यदि त्यही खानेकुार उत्पादन गर्दा, वितरण गर्दा खान अयोग्य तरिकाले उत्पादन वा वितरण गरियो भने वास्तवमै त्यही खानेकुरा नै विष हो । हामीले हाम्रो दैनिक जीवनमा प्रयोग गर्दै आएका फलफूल, तरकारी, दूध, मिठाई, मासुजन्य खाद्यान्न, घिउ, तेल, चाउचाउ, विस्कुट लगायतका तयारी खानेकुरा आदि प्रायः सबैमा कुनै न कुनै तरिकाले मिसावट भएको पाइन्छ ।
हामीले नै उत्पादन गर्नसक्ने वा हाम्रो वरपर नै उत्पादन हुने फलफूल, तरकारी, दुध आदिमा प्रशस्त मिसावट हुने गरेको पाइन्छ । फलफूल, तरकारी कै कुरा गर्नुपर्दा रोपेको बेलादेखि फल्ने बेलासम्म प्रशस्त मात्रामा विषादीहरु प्रयोग गरेको पाइन्छ ।
कुन फलफूल वा तरकारी बालीमा के कस्तो कति विषादी औषधीहरु हाल्ने भन्ने जानकारी बिना नै किसानहरु आफैले आफ्नो अनुभव र आवश्यकता अनुसार त्यस्ता विषादीहरुको प्रयोग गरिरहेको पाइन्छ । कतिपय अवस्थामा त फलफूल तथा तरकारीहरुलाई बजार भाउ अनुसार आवश्यकता हेरी विभिन्न रसायनिक तत्वहरु हालेर पकाउने गरेको समेत पाइन्छ । जसको प्रत्यक्ष असर उपभोक्ताहरुलाई पर्दछ ।
त्यस्तै, दुध तथा दुग्धपदार्थहरुमा पनि फोहार पानी तथा स्वास्थ्यलाई हानी गर्ने कुराहरु मिसाउने गरेको पाइन्छ । साथै कतिपय दुध बिना प्रशोधन नै उपभोक्ताहरुमाझ पु¥याउने गरेको देखिन्छ ।
त्यस्तै, तयारी बिस्कुट, चाउचाउ, जुसहरू आदि जस्ता खानेकुराहरुमा पनि कतिपय अवस्थामा कम गुणस्तरको खाद्यपदार्थ प्रयोग गरिरहेको तथा स्वास्थ्यलाई हानी गर्ने खालका अखाद्य पदार्थ तथा रङ, स्वादहरु प्रयोग गर्ने गर्दछ ।
चाडवर्व लगायत दैनिक जीवनमा प्रयोग गरिने मिठाईहरुमा त झन् आकर्षक बताउन अनेक रङ तथा केमिकलहरुको प्रयोग गर्ने गरेको पाइन्छ, सरकारले तोकेको मापदण्डभन्दा बढी मात्रामा यस्ता केमिकल तथा रङ प्रयोग गरिएका यस्ता मिठाईहरू प्रयोग गर्ने उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा यसको असर पर्दछ ।
दैनिक जीवनमा प्रयोग गरिने मासुजन्य खाद्यान्नहरुको कुरा गर्नुपर्दा बजारमा पाइने सबै माछामाससहरू गुणस्तरीयण् नहुन सक्दछ । कतिपय अवस्थामा रोगी तथा मरेका जीवजन्तुहरु प्रयोग भएको पाइन्छ । त्यस्तै मासुबाट बन्ने खाद्य परिकारहरुमा पनि गुणस्तरीय मासुहरुको प्रयोग नभएका कुराहरु पनि यदाकदा सुन्न पाइन्छ । बधशाला, मासु पसलहरु पनि व्यवस्थित तथा सफा नहुँदा पनि मासुको गुणस्तरमा कमि भएको हो ।
हाम्रो दैनिक जीवनमा धेरै नै प्रयोग हुने दाल, चामल, गेडागुडी आदिमा समेत ढुङ्गा, माटो, सिसा, रङ प्रयोग भएको देखिन्छ । मिठाईहरू बनाउँदा पनि पटकपटक एउटै तेलमा बनाएको पाइन्छ ।
जेजसरी खाद्यवस्तुमा मिसावट भएको वा प्रदूषित भएतापनि यसले विभिन्न रोगहरुलाई निम्तो दिन्छ । गुणस्तरहीन खानेकुराले झाडापखाला, आउँ, क्षयरोग, जुका आदि रोगहरु लाग्न सक्छ ।
खानालाई कसरी गुणस्तरीय बनाउने ? गुणस्तरीय भए नभएको कसरी थाहा पाउने ? यस्ता कुराहरुमा उपभोक्ता आफै सजग हुनु जरुरी छ ।
१) फलफूल तथा तरकारीहरू उत्पादन गर्दा सकेसम्म प्राङ्गारिक तरिकाले उत्पादन गर्ने । रसायनिक मल तथा विषादीको प्रयोग गर्नुपरेमा प्राविधिकको सल्लाह अनुसार प्रयोग गर्नुपर्दछ ।
२) दुधजन्य पदार्थमा फोहोरपानी, पाउडर, सोडा नमिसाई प्रशोधन गरेको दुधमात्र वितरण तथा उपभोग गर्ने ।
३) मासुजन्य पदार्थको बिक्री केन्द्र सफा सुग्घर राख्ने तथा वधशाला सफा राख्ने ।
४) मिठाईहरुमा मापदण्ड विपरित स्वाद, रङको प्रयोग नगर्ने । बासी सडेगलेका मिठाई उपभोग नगर्ने ।
५) खानेकुरा बनाउँदा एकपटक प्रयोग भईसकेको तेललाई बारम्बार प्रयोग नगर्ने ।
६) तयारी खानेकुराहरु बनाएको मितिबाट प्रयोग गर्न मिल्ने मिति प्याकेटमा उल्लेख गरिएको हुन्छ, त्यस प्याकेटमा हेरी उपभोग गर्ने ।
७) सम्बन्धित खाद्य अनुसन्धानले बजारमा समय समयमा खाद्य गुणस्तर जाँच गर्ने ।
८) उपभोक्ताहरुले खानेकुरा खरीद गर्दा गुणस्तर हेर्नुपर्छ, मूल्य हैन ।
९) कोही कसैले खाद्यवस्तुको गुणस्तरमाथि खेलवाड गरेको देखेमा वा शंका लागेमा सम्बन्धित निकायलाई समयमै खबर गरौं ।
अन्त्यमा, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । स्वास्थ्य माथि कोही कसैले पनि खेलवाड गर्नुहुँदैन । स्वास्थ्यको विषयमा सबै व्यक्ति एवं क्षेत्र सचेत हुनु आवश्यक छ र अरुलाई पनि सचेत बनाउनुपर्छ । त्यस्तैले सरोकारवाला निकायले स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रमहरु ल्याउनु जरुरी छ ।
हिन्दूहरुको चाड मातातीर्त औंसी अर्थात् आमाको मुख हेर्ने दिन नजिकिँदै गर्दा फलफूल तथा मिठाइहरुको बिक्री वितरण बढी मात्रामा हुने गर्दछ ।
त्यसैले सबैलाई के भन्न चाहन्छु भने उत्पादन गर्नेले पनि स्वस्थ गुणस्तरीय खानेकुरा बिक्री गरौं र उपभोग गर्नेले पनि मूल्य भन्दा गुणस्तर हेरेर खरीद गरौं । रङ र स्वादका केमिकल प्रयोग गरेका खानेकुरा प्रयोग नगरौं ।
मिठाई खरीद गर्दा बासी, सडेगलेका मिठाईहरू हो होइन, फलफूलहरु खरीद गर्दा बुझेर मात्र खरीद गरौं ।
आफू पनि स्वस्थ रहौं, अरुलाई पनि स्वस्थ जीवनयापनमा सहयोग गरौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0