Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘अरुको रचना चोरी गर्नु अपराध हो’ – अर्चना बराल (लेखिका)

प्रभातफेरी अनलाइन ४९२६ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख १८, सोमबार (८ साल अघि)
‘अरुको रचना चोरी गर्नु अपराध हो’ – अर्चना बराल (लेखिका)

धनकुटाको कुरुलेमा जन्मिएकी युवापुस्ताकी नयाँ प्रतिभा अर्चना बराल साहित्य प्रति रुचि राख्छिन् । विभिन्न पत्रपत्रिकाहरुमा बालसाहित्यका सामाग्रीहरु प्रकाशित गरेर साहित्यमै लाग्ने प्रयासमा छिन्, उनी । बालकथा, कविता, लघुकथा, निवन्ध लगायतमा उनको कलम चलेको छ । यसपटक उनै लेखिका अर्चनासँग साहित्यसँग सम्बन्धित विषयमा केन्द्रित रहेर मध्यमार्गका विशेष संवाददाता ज्ञानमणि नेपाल कालोटोपीले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ः

कहिलेबाट साहित्यमा प्रवेश गर्नु भयो ?

सानो हुँदा बुवाले किनेर ल्याउनु भएका पुस्तक खुब पढिन्थ्यो । बिशेषगरि कथा, कविता भित्तेपत्रिकामा खसालेर कहिले आउला भनि पर्खिन्थ्यौं । लगभग ९ बर्षको उमेरदेखि सुरूवात हो । बालकविता लेखिन्थ्यो त्यतिबेला ।

कसको प्रेरणाले लाग्नु भएको हो ?

हजुरबुवा माधबप्रसाद बराल पनि संस्कृतको प्रकाण्ड बिद्वान र पुस्तक निकाल्नु पनि भएको छ । बुवा पनि कवि, समालोचक, निबन्धकार भएकोले उहाँहरूकै छत्रछायाँको प्रभाव हो । त्यतिबेला पनि पढ्नको लागि प्रशस्त किताब भेला पारिदिनु हुन्थ्यो । त्यसैले उहाँहरुरूकै प्रेरणाले गर्दा यतातिर रुचि वढेको हो ।

साहित्यमै लाग्छु भन्ने सोच थियो त ?

एक कक्षामा पढ्न जाँदा के बन्ने नानु भनेर कसैले सोध्यो भने डाक्टर , अलिक पछि कसैलाई पाईलट । यस्तै उत्तर दिईन्थ्यो । साहित्यमै लाग्छु भन्ने नै त थिएन । खासै लागेको पनि होईन तर कुनै कुरामा रस बसिसकेपछि त्यसलाई नदेखेझैं गर्न सकिदैन रहेछ ।

हाल सम्म कुन कुन विधामा साहित्यिक कलम चलेको छ ?

फाटफुट कथा, कविता र निबन्धहरू लेखिन्छ । प्रकाशन नै भएका चाहिं थोरै मात्र छन् ।

साहित्य के हो जस्तो लाग्छ ?

सत्यम शिवम सुन्दरम् , उच्च भावनालाई उच्च शब्दद्वारा ब्यक्त गरिएको भनाई वा जीवनको कलात्मक अभिव्यक्ति ।

साहित्यका अतिरिक्त यहाँको रुचि के मा छ ?

रूचि त धेरै कुरामा छ । नाच्न, गाउन, मञ्चमा नजाने पनि श्रोता दर्शक हुने रूची छ । प्रकृतिप्रेमी पनि हुँ । राम्रो राम्रो ठाउँ घुम्न मन लाग्छ । फुर्सद हुनासाथ हिडिहाल्छु ।

पछिल्ला दिनहरुमा साहित्यमा पनि अन्य क्षेत्रमा जस्तै विकृतिहरु पनि आएको छ, केहि पाउनु भयो त ?

अर्काको रचना आफ्नो पार्ने, आफू मात्र अघि बढांै भनेर चरित्रहत्या गर्ने, आफ्नो कमि कमजोरीलाई प्रयोगवाद भनेर छोप्ने प्रवृत्ति मौलाएको छ । यो विकृति हो ।

साहित्यलाई अझै माथी उकास्न कसले के गर्नु पर्छ जस्तो लाग्छ ?

जीवनजगतसँग मेल खाने, समसामयिक तथा पृथक विषयवस्तुलाई समेट्न सकियो भने साहित्यलाई माथि उकास्न सजिलो हुन्छ जस्तो लाग्छ । आफू मात्र होईन समाज र देशका विकृति, विसंगती विरूद्द आवाज उठाउन सकियो भने स्वतः उकासिन्छ ।

अलिकति फरक प्रसंग, माया प्रेम के हो ?

यसबारे यति धेरै सिद्धान्तहरू छन् कि त्यसको खोजमा म निस्केकै छैन । के लाई चाहिं माया मान्ने त ? यहाँ त छुट्टिने बेलामा मात्र थाहा हुन्छ, मायाप्रेम के हो भनेर ।

जिन्दगीमा प्रेम प्रस्तावहरु पनि त आए होलान नि ?

हा हा हा …. अलिअलि

अनि आफूले चाहिं अरुलाई प्रस्ताव राख्नु भएको छ कि छैन ?

छैन… जिस्किएर चाहिँ राखियो होला, अप्रिलफुलमा

मन पर्ने साहित्यकार को हुनु हुन्छ र किन ?

अनगिन्ती हुनुहुन्छ । कसैको एउटै वाक्यले पनि धेरै प्रभाव पारेको छ । माधब प्रसाद घिमीरे, लक्ष्मी प्रसाद देवकोटालाई नै सम्झिन चाहें । पछिल्लो पुस्तामा पनि धेरै हुनहुुन्छ ।

मन पर्ने पुस्तक नि ?

अनगिन्ती किताब मन परेका छन् । नाम लिएर साध्य छैन । सबैका उत्कृष्ट नै छन् । बिशेषगरि कृष्ण धरावासीको राधा एकदमै मन पर्छ ।

समय दिनु भयो , धन्यवाद

मेरा विचारहरु सबैसामु राख्ने अवसर दिनुहुने तपाईं र तपाईंको मिडियालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

प्रस्तुती ज्ञानमणि नेपाल कालोटोपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0