logo
२०८३ श्रावण ११, सोमबार |
📰
🔍

प्रदेश सरकारबारे प्रचण्ड–माधव नेपालबीच छलफल, ओलीसँगको सहमतिपछि राजनीतिक संवाद तीव्र

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | १ घण्टा अघि
प्रदेश सरकारबारे प्रचण्ड–माधव नेपालबीच छलफल, ओलीसँगको सहमतिपछि राजनीतिक संवाद तीव्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान कोटेश्वरस्थित निवासमा पुगेर सह–संयोजक माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन्।

भेटका क्रममा प्रदेश सरकारको सञ्चालन, सत्ता समीकरण र आगामी रणनीतिबारे दुई नेताबीच विस्तृत छलफल भएको बुझिएको छ।

यसअघि शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले प्रदेश सरकार सञ्चालनसम्बन्धी तीन बुँदे सहमति गरेका थिए। उक्त सहमतिप्रति असन्तुष्टि जनाएका माधव नेपालले आइतबार आफ्ना निकट नेताहरूसँग छुट्टै परामर्श गरेका थिए। त्यसको भोलिपल्ट प्रचण्ड र नेपालबीच भएको भेटलाई प्रदेश सरकारको भावी समीकरणसँग जोडेर हेरिएको छ।