Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मैना सुनुवार हत्या काण्ड प्रकरण

प्रभातफेरी अनलाइन २६०६ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख १९, मंगलबार (८ साल अघि)
मैना सुनुवार हत्या काण्ड प्रकरण

मुख्य दोषीलाई उन्मुक्ति दिइएकोमा आपती

धुलिखेल ÷ निरास मुद्रामा जिल्ला अदालत काभ्रे आएकी देवी सुनुवारलाई छोरी र्मैेनाको हत्यामा संलग्न तिन सैनिक अधिकृतलाई जन्मकैद फैसला सुनाए पनि अझै खुशी हुन सकेकि छैनन् । मंगलबार अदालतमा फैसलाबारे बुझन आएकी उनलाई घट्नामा प्रत्यक्ष संलग्नलाई उन्मुक्ती दिएकोमा १४ वर्ष देखि न्यायको खोजीमा भौतारीयकी न्यायको प्रत्याभूती नपाएको भन्दै निरास भएर फर्किन ।
घट्नामा प्रत्यक्ष सम्लग्न दोषि देखिएकाहरुको सजाय कम गर्नु र एक जनालाई सफाइ पाएको थाहा पाएसंगै आफु दुखी भएको बताईन । ‘कानुमा जन्मकैद २० वर्ष रहेको छ तर मुलुकी ऐन अदालती बन्दोबस्तीको १८८ नम्वर लगाएर जम्मा ५ वर्ष मात्र सजाय गरिएको रहेछ ।’ उनले थपिन ‘सैनिक अदालतले नै दोषि ठहराई कारबाही गरेको क्याप्टेन निरञ्जन बस्नेतलाई सफाई पाएको प्रति मेरो आपती छ । यसका लागि पुर्न उच्च अदालत जान्छु ।’ उनले थपिन फैसलाको पुर्ण पाठको माग गर्दै अदालतमा निवेदन दिएको छु ।, प्राप्त हुनासाथ अरु प्रक्रियामा लाग्छु ।’

आइतबार जिल्ला अदालत काभ्रेका न्यायधिस मोदीनी प्रसाद पौड्यलको ईजलासले सुनाएको मुद्दामा फैसलामा अनुसार हत्यामा संम्लग्न महासेनानी बबी खत्री, सहसनेनी अमित पुन र सुनिल अधिकारीलाई जन्म कैदको फैसला सुनाएको थियो भने । सुनुवार हत्या काण्डमा सम्लग्न क्याप्टेन निरञ्जन बस्नेतलई भने महलको १३(३) बमोजीम घटनामा आदेश पालना मात्रै गरेका भन्दै अदालतले सफाई दिएको थियो ।

द्धन्दको समयमा खरेलथोक गाविस–६ स्थित भगवती मावि कक्षा ९ मा अध्ययनरत मैनालाई २०६० साल फागुन ५ गते तत्कालीन शाही सेनाले पाँचखालस्थित तत्कालीन वीरेन्द्र सैनिक शान्ति तालिम केन्द्रमा चर्को यातना दिई हत्या गरेको थियो । मैना स्कुल जाँदै गर्दा १५ जनाको समूहमा रहेका सुरक्षाकर्मीले ‘विद्रोही माओवादी’ भएको कारण देखाउँदै अपहरणको शैलीमा केन्द्रमा ल्याई स्तनमा करेन्ट लगाएर चरम यातना दिई हत्या गरेको र गोप्य रुपमा तालिम केन्द्रकै जङ्गलमा गाडेको नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको थियो । मैनाको शव २०६३ चैत ९ गते उत्खनन गर्दा कङ्काल फेला परेको थियो । राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मानवअधिकार सघसंस्थाको दबाबपछि नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रममा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयोग र राष्ट्रिय मानवअधिकार घटना सर्वजनीक भएको थियो ।

आमा देवी सुनारले आफ्नो छोरी हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने जिकीर गर्दै २०६२ कात्तिक २७ जिल्ला प्रहरी कार्यालय काभ्रेमा सैनिक अधिकृत विरुद्ध किटानी जाहेरी दर्ता गरिएको थिइन । उक्त जाहेरीमा अनुसन्धान नभएपछि उनी सर्वोच्च अदालत गएकी थिइन । उक्त रिटमा लिखित जवाफ पेस गर्दै सेनाले आफ्नो अदालतबाट दोषीलाई सजाय गरेको सार्वजनिक भएको थियो ।
२०६२ भदौ २३ गते सैनिक अदालतले भने द्धन्दको समयमा सेनाको कारबाही गर्ने क्रममा मैनाको हत्या भएको भन्दै निश्कर्ष निकालेको थियो । सैनिक अदालतले तत्कालीन महासेनानी खत्री, अधिकारी र पुनलाई दोषी ठहर गरि जनही ६ महिना कैद र खत्रीलाई क्रमशः ५० हजार र अन्यलाई २५ र २५ हजार जरिवाना तथा खत्रीलाई २ वर्ष र अन्यलाई १ र १ वर्ष बढुवा रोक्ने फैसला सुनाएको थियो । सैनिक अदालतले फैसला सुनाएपछि २०६३ वैशाख १५ गते र कात्तिक २ गते अधिकारीद्वारा पदबाट राजीनामा दिई फैसलालाई अमान्य गरेका थिए ।

सुनारले दिएको निवेदनलाई स्वीकार गर्दै जिल्ला अदालतले केहि महिना अघि मात्रै सो मुद्धा मुत्लवी राखेको स्रेस्तेदार अधिकारीका जानकारी दिए । उनका अनुसार सुनारको जाहेरीले सरकारले दर्ता गरेको कर्तव्यज्यान मुद्दामा महासेनानी बबी खत्रीसहित अन्य तीन सैनिक अधिकृतहरु विपक्षी बनाएर जाहेरी दर्ता गरिएको बताए । काभ्रे प्रहरीले २०६४ माघ १७ गते चारै जना सैनिक अधिकृतविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता गरि जिल्ला अदालत काभ्रेले २०६५ वैशाख र असारमा अदालतमा हाजिर हुन आउन ७० दिने म्याद जारी गरको थियो अधिकारीले बताए ।हाल मैनाको कंकाललार्य काठमाण्डौ स्थित टिचिङ्ग अस्पतालमा राखिएको छ । भने १४ वर्ष पछि परिवारले केहि दिनमै मैनाको धार्मीक परमपरा अनुसार दाससंस्कार गर्ने बताएका छन् ।

 

क्याप्शन : मैना सुनुवारको फैसलाको पुर्ण पाठको विवरण माग्न जिल्ला अदालत काभ्रेमा निवेदन दिदै मैनाकी आमा देवी सुनुवार ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0