Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानीय तहको निर्वाचन सम्पन्न

प्रभातफेरी अनलाइन ७४६३ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ७, आईतबार (५ साल अघि)
स्थानीय तहको निर्वाचन सम्पन्न

  • पाँचखाल, बेथानचोक, तेमाल र रोशीमा कांगे्रस विजयी
  • बनेपा, पनौती, नमोबुद्ध, भुम्लु, मण्डन देउपुर र खानीखोलामा एमाले विजयी
  • महाभारत र चौरी देउरालीमा माओवादी केन्द्र विजयी
  • धुलिखेलमा एमाले अगाडी

बनेपा / जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकामा नेपाली काँगे्रसले विजय हासिल गरेको छ । पाँचखाल नगरपालिका र बेथानचोक, तेमाल, रोशी गाउँपालिकामा नेपाली काँगे्रसका मेयर र उपमेयर निर्वाचित भएका छन ।

पाँचखाल नगरपालिकामा नेपाली कांग्रेसका महेश खरेल ७ हजार ३ सय ५६ मत सहित मेयर र लक्ष्मी दनुवार ७ हजार २६ मत सहित उपमेयरमा निर्वाचित भएका हुन् । त्यस्तै, रोशी गाँउपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका दलबहादुर लामा (डिबी) ४ हजार ३ सय ४२ मत र उपाध्यक्षमा काँगे्रस कै लक्ष्मी बर्तौला ३ हजार ८ सय ९८ मत सहित विजयी भएको छन् । निकटतम अध्यक्षमा एमालेका बज्रध्वज लामाले २ हजार ९ सय ५७ र उपाध्यक्ष एमाले कै बबिता बोहराले १ हजार ९ सय ३३ मत प्राप्त गरेका थिए ।

बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रेम बहादुर तिमल्सिना ३ हजार ८ सय ६८ मत प्राप्त गरी विजयी भएका छन् । तिमल्सिनाको प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले २ हजार ७ सय ४१ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका मर्दन सिं तामाङले १ हजार ७ सय ४९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसकै सरिता लामिछाने (तामाङ) ले ३ हजार ८ सय ५२ मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने लामाको प्रतिस्पर्धी नेकपा एमालेका उन्नती केसीले २ हजार ८ सय ४१ मत र माओवादी केन्द्रका तारा राना तिमल्सिनाले १ हजार ६ सय ३२ मत प्राप्त गरेकी थिइन् ।

त्यसैगरी, तेमाल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदार सलाम सिह लामाले ३ हजार ९ सय ३७ मत ल्याई विजयी भएका छन् । उपप्रमुखमा नेपाली काँगे्रस कै दुर्गामाया तामाङ्गले ३ हजार ७ सय २८ मत ल्याई विजयी भएका छन् । अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप लामाले ३ हजार ३ सय ६३ मत र माओबादी केन्द्रका गंगाबहादुर दोङले ३ हजार १ सय ८० मत ल्याएका थिए । उपप्रमुखमा एमालेकी उषा घिसिङ्गले ३ हजार ३ सय ०७ मत ल्याएका थिए भने माओबादी केन्द्रकी कल्पना मोक्तानले ३ हजार २ सय ०५ मत ल्याएका थिए ।

यसैगरी, जिल्लाका चार नगरपालिका र दुई गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ भने एक नगरपालिकामा नेकपा एमाले अगाडि रहेको छ । बनेपा नगरपालिकामा नेकपा एमालेका लक्ष्मीनर सिं वादेले ११ हजार ४ सय ९ मत सहित मेयर पदमा विजयी भएका छन् भने उपमेयरमा नेकपा एमालेकी १२ हजार २ मत सहित रेखा दाहाल निर्वाचित भएकी छिन् । त्यस्तै, पनौती नगरपालिकामा नेकपा एमालेका भिम न्यौपानेले मेयर पदका लागि १२ हजार २ सय ५६ मत ल्याई विजयी भएका छन् भने उपमेयरमा १२ हजार ९९ मत सहित गीता बञ्जारा विजयी भएकी छिन् ।

मण्डन देउपुर नगरपालिकामा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका टोकबहादुर वाइवाले ७ हजार ६ सय ४६ मत सहित मेयर पदमा विजयी भएका छन् भने उपमेयरमा ७ हजार ५ सय १ मत सहित नेकपा एमालेकी निर्मला शाही विजयी भएकी छिन् ।

त्यस्तै, नमोबुद्ध नगरपालिकामा नेकपा एमालेका टि.पी. शर्मा तिमल्सिनाले ५ हजार ३ सय ४६ मत ल्याई मेयर पदमा विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुन्साङ लामा ४ हजार ९ सय ६१ मत ल्याएका थिए । उपमेयर पदमा नेकपा एमालेकै रामदेवी तामाङ ५ हजार १ सय ७० मत सहित विजयी भएकी छिन् ।

धुलिखेल नगरपालिकामा समाचार तयार पार्दासम्म मतगणना जारी रहेको छ । जम्मा १२ वडा रहेको नगरपालिकाको वडा नं. १ देखि १० सम्मको मतगणना सकिँदा नेकपा एमालेका अशोक व्याञ्जुले ६ हजार ५ सय ३८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेशप्रसाद हुमागाईंले ४ हजार ५६ मत ल्याएका छन् । त्यस्तै, उपमेयर पदमा नेकपा एमालेका विमला शर्माले ५ हजार १ सय ७ मत ल्याएकी छिन् भने नेपाली कांग्रेसका निर्मला योगल श्रेष्ठले ३ हजार ७ सय ३२ मत ल्याएकी छिन् ।

यसैगरी भुम्लु गाउँपालिकामा नेकपा एमालेका गुमानध्वज कुँवर अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले ३ हजार ५ सय ४८ मत ल्याएका थिए भने नेकपा एमालेकी कल्पना श्रेष्ठले ३ हजार ५ सय ९६ मत ल्याई उपाध्यक्ष पदमा विजयी भएकी छिन् । खानीखोला गाउँपालिका त्रिपक्षीय प्रतिप्रर्धा रहेकोमा अध्यक्षमा नेकपा एमालेका कृष्णबहादुर खुलालले २०२३ मत प्राप्त गरी विजय भएका छन् । उनको प्रतिस्पर्धी माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) ले १ हजार ६ सय ४४ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका गोपाल दर्लामीले १ हजार ६ सय ३७ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एमालेका रुकमणी गुरुङले २ हजार १ सय ३० मत ल्याएर विजय भएकी छिन् । उनको प्रतिस्पर्धी कांग्रेसकी तारादेवी आर्चायले १ हजार ५ सय ९६ मत र माओवादी केन्द्रका विष्णुमायाँ मोक्तानले १ हजार ५ सय ६६ मत प्राप्त गरेका थिए ।

यसैगरी जिल्लाको विकट डाँडापारी रहेको महाभारत र चौरी देउराली गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

महाभारत गाउँपालिकाको अध्यक्षमा कान्छालाल जिम्बाले २ हजार ३ सय ४२ र उपाध्यक्षमा चेतकुमारी माझीले २ हजार ३ सय मत प्राप्त गरि विजयी भएका छन् । निकटतम नेपाली काँगे्रसका रकमसिं घलानले २ हजार २ सय ३६ र उपाध्यक्षमा काँगे्रस कै विष्णुमाया पुलामीले २ हजार २ सय १० मत प्राप्त गरेका थिए ।

त्यस्तै, चौरी देउराली गाउँपालिकामा माओवादी केन्द्रका इन्चार्ज दिनानाथ गौतमले ३ हजार ९ सय १४ मत सहित अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका विक्रम गौतमले ३ हजार ४ मत प्राप्त गरेका थिए । उपाध्यक्ष पदमा माओवादी केन्द्रकै ताराकुमारी चौलागाईं (गौतम) ले ४ हजार ७ मत ल्याई विजयी भएकी छिन् भने निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका मीना तामाङले ३ हजार ४ मत प्राप्त गरेकी थिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0