Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समाचार टिप्पणी : चुनावमा तालमेल र अन्तरघात

प्रभातफेरी अनलाइन ६९९३ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ७, आईतबार (८ साल अघि)
Post Thumbnail

पहिलो चरणको स्थानिय चुनाव सकियो । नतिजा पनि आइसक्यो । यस चुनावमा धेरै रौनकता पनि देखियो भने नागरिकको चासो र उत्सुकता पनि उस्तै रह्यो । लामो समयको अन्तराल पछि भएको हुनाले नै हुनु पर्छ निर्वाचनले सोचे धन्दा धेरै चर्चा पनि पायो । लामो समयको रस्साकस्सी पछि सरकारले गराउला कि नगराउला भन्ने अन्योलका वीच पहिलो चरणमा ३४ जिल्लाका २८३ स्थानिय तहहरुमा निर्वाचन सम्पन्न भयो । निर्वाचन त सकियो तर यसको रहल पहल र चर्चा परिचर्चा केहि हप्ता सम्म कायम रहने पक्का छ । यससँगै पहिलो चरणको निर्वाचनले आगामी दोस्रो चरणको निर्वाचनका लागि हुनु पर्ने तयारी र गृहकार्यको सन्देश मात्र दिएको छैन, आगामी दिनमा हुनु पर्ने अन्य यस्तै खाले निर्वाचनका लागि पनि पाठ सिकाएको छ ।

करिव २० वर्ष पछि भएको हुनाले चुनावमा उमेदवारी दिनेहरुको पनि भिड नै देखियो । एउटै दल भित्रै पनि धेरै आकाँक्षीहरु रहेकाले उमेदवारी छनौटमा दलहरु निकै समय सम्म अलमल नै गरिरहे । जसले टिकट पाएनन्, उनीहरु मध्ये केहिले आफ्नै पार्टी विरुद्ध बागी उमेदवारी पनि दिए भने कतिपयले अन्तरघाती रोल पनि निभाए । कतै कतै त पानी बाराबारको अवस्था सम्म रहेका केहि प्रमुख दलहरुमा चुनावी तालमेल रहेको विषयले पनि निकै प्रमुखता पायो । यसरी तालमेल गरिएका मध्ये अधिकांश ठाउँमा एमाले र राप्रपा तथा काँग्रेस र माओवादीका गठबन्धनहरु थिए भने केहि ठाउँमा राप्रपा र जनमोर्चा वीच पनि तालमेल भएको पाइयो । दलका प्रमुख नेताहरु वीच भित्री तालमेल भएपनि यसबाट कार्यकर्ताहरु भने निकै नै असन्तुष्ट रहेका थिए । उनीहरुले आफ्नो पुरानै चुनावी चिन्हमा मत दिएकोबाट यो कुरा प्रमाणित हुन्छ ।

यो स्थानिय निर्वाचनमा तालमेलको राजनिती गरिएका स्थानहरु मध्ये काठमाडौं महानगरपालिका र ललितपुरमा एमाले र राप्रपा वीचको तालमेलले निकै चर्चा पाएको देखियो । त्यस्तै भरतपुरमा माओवादी र काँग्रेसवीच भएको चुनावी तालमेल पनि उस्तै नै रहेको थियो । त्यस्तै अन्य क्षेत्र मध्ये पोखरा, हेटौंडा, बाग्लुङ्ग, म्याग्दी, तनहुँ, लमजुङ्ग, गोर्खा, सल्यान लगायतका जिल्लामा भएका चुनावी तालमेल पनि निकै रोचक रहे । यस्ता क्षेत्रहरुमा तालमेल गरिएका मध्ये केहिले त जित हात पारेका छन् भने अधिकांशमा पछि परेका पनि चुनावी परिणामले देखायो ।

यसरी हेर्दा दलहरु क्षणिकरुपमा मिलेका देखिएपनि वास्तवमा न उनीहरु मिलेका छन् न त उनीहरुका विचारहरु नै मिल्छन् । देखावटी तालमेल कति दिन सम्म टिक्नु , यस्ता प्रतिक्रियाहरु दिने कार्यकर्ताहरु पनि प्रशस्तै भेटिएका छन् । भरतपुरमा माओवादी र काँग्रेसको तालमेल भएपछि त्यहाँ विशेषगरि काँग्रेसका कार्यकर्ताहरुले खुलेरै असन्तुष्टि पनि पोखेका थिए । तीनीहरु मध्ये नै कतिपयले उमेदवार नै नभएको आफ्नै चुनाव चिन्हमा समेत भोट हालेका भेटिए ।

हुन त केन्द्रमा भएको तालमेलले तल्लोतह सम्म जानकारी दिलाउन नसक्दा पनि कतिपय कार्यकर्ताहरु झुक्किएका थिए । सरसर्ती हेर्दा नेताहरु मिले पनि कार्यकर्ताहरु नमिलेका कारण कतिपय ठाउँमा अन्तरघात भएको छ । अधिकांश पुराना काँग्रेस भनौदाहरुले काभ्रे जिल्लामा आफूले टिकट नपाएपछि पर्यवेक्षकको झोला भिरेर मतदानकेन्द्रको वरिपरी घुमिरहेको देखा परेका काँग्रेस कार्यकर्ताहरुले नै अन्तरघात गरेको समाचारहरु बाहिर आउन थालेका छन् । जिल्लामा यस अघि दुई प्यानल भई चुनावहरुमा हार बेहोरेको काँग्रेसले गतवर्ष मिलापत्र गरि एक भएको थियो । तैपनि यो स्थानिय तहको चुनावमा पहिलेकै रोग फेरि बल्झिएकोले विपक्षीहरुले पद हत्याउन सफल भएका हुन् । त्यसको ज्वलन्त उदाहरण काभ्रेका पुराना नगरपालिका र गाउँपालिकाहरुमा आएको नतिजाहरुले स्पष्ट देखाएको छ । यस्ता अन्तरघातीहरुलाई पार्टी नेतृत्वतहले बेलैमा कारबाहि प्रक्रिया अगाडि नवढाए अन्तरघातको रोग भुसको आगो सल्किए झैं काँग्रेस नै काभ्रेमा धाराशाही हुने पुराना काँग्रेसी कार्यकर्ताहरुले स्पष्टरुपमा चियापसलहरुमै भन्दै हिडेको पाइएको छ ।

अन्तरघातको ज्वलन्त उदाहरणको रुपमा लिइएको मण्डनदेउपुर नगरपालिका वडा नं. ८ मा नेपाली काँग्रेसले सबै सिटमा उल्लेख्य जीत हाशिल गरेपनि वडाअध्यक्षमा मात्र ३ भोटले पराजय भोग्नु परेपछि आफ्नै कार्यकर्ताहरुले अन्तरघात गरेको अब पार्टीले विष्लेषण गर्ने कि नगर्ने ? केहि असन्तुष्ट कार्यकर्ताले गरेको अन्तरघातले अर्को दललाई फाइदा पुगेको यहाँबाट प्रमाणित हुन्छ । यस्ता उदाहरणहरु थुप्रै छन् । यी विविध घटनाक्रमहरुबाट के बुझ्नु पर्छ भने तालमेल र अन्तरघातबाट चुनावी मैदानमा जानु भन्दा आफ्नै संगठनलाई बलियो बनाएर तयारी पुरा गरेपछि प्रतिश्पर्धा गर्नु बुद्धीमानी ठहर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0