Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानियतहमा महिलाको पहिलो उपलब्धि

प्रभातफेरी अनलाइन १९२० पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ७, आईतबार (८ साल अघि)
स्थानियतहमा महिलाको पहिलो उपलब्धि

बनेपा / भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा यस पटक महिलाहरुको उपस्थिती अधिक रहेको छ । हुन त नयाँ संविधान अनुसार कुनै पनि स्थानियतहमा प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला अनिवार्य गरेपछि पनि निर्वाचित महिलाहरुको संख्या वढेको हो । यसका साथै प्रत्येक वडाहरुमा एकजना महिला सदस्य र एक दलित महिला सदस्य अनिवार्य गरेपछि पनि महिलाहरु निर्वाचित हुनेहरु वढेको प्रष्टै छ । तर धेरैजसो प्रमुखदलहरुले उपप्रमुखमा मात्र महिलालाई उठाएका थिए । जतिले प्रमुखमा स्थान पाए तिनीहरु अहिले निकै चर्चामा पनि रहेका छन् । यसको उदाहरणका रुपमा प्रमुख पदमा काठमाडौंबाट उमेदवारी दिएकी विवेकशिल नेपालीदलकी रञ्जु दर्शना न्यौपाने र चितवनबाट उमेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहाल लगायत निकै चर्चामा छन् ।

पछिल्लो परिणाम अनुसार परिणाम आएका २५३ स्थानिय तह मध्ये ११ वटामा महिला प्रमुख निर्वाचित भएका छन् । २२४ उपप्रमुखमा महिला उमेदवार विजयी भए । प्रमुख जित्ने एमालेका उमेदवारहरु मा सिता कुमारी पौडेल, रसुवा , चन्दा पुन, नवलपरासी , तमसरा पुन , म्याग्दी, सीमा क्षेत्री, स्याङ्जा छन् । त्यस्तै काँगे्रसबाट चितवनकी गिता गुरुङ , हुम्लाबाट कान्तिका सेजुवाल, लक्ष्मी पाण्डे , नवलपरासि, माया राना ,तनहुँ , छुपीमाया गुरुङ, लमजुङ छन् । त्यस्तै माओवादी केन्द्रबाट मेयरमा दीपा बोहरा सिन्धुली र दिलमाया बिएम, सल्यान रहेका छन् ।

त्यसैगरि उपप्रमुखमा अहिले सम्म २२४ जना महिला निर्वाचित भइसकेका छन् । काभ्रेमा निर्वाचित भएका महिला उपप्रमुखहरुमा बनेपामा एमालेबाट रेखा दाहाल, पनौतीबाट गीता बञ्जारा, मण्डनदेउपुरबाट निर्मला शाही र पाँचखालमा काँग्रेसबाट लक्ष्मी दनुवार निर्वाचित भइसकेका छन् । यसैगरि गाउँपालिकाहरुमा चौंरीदेउराली गाउँपालिकाबाट माओवादी केन्द्रकी ताराकुमारी चौलागाईं, महाभारत गाउँपालिकाबाट माओवादीकै जमुना सापकोटा, तेमाल गाउँपालिकाबाट नेपाली कांग्रेसकी दुर्गामाया लामा, बेथानचोक गाउँपालिकाबाट काँग्रसकै सरिता लामिछाने तामाङ, रोशी गाउँपालिकाबाट लक्ष्मी बर्तौला, भुम्लु गाउँपालिकामा एमालेबाट कल्पना श्रेष्ठ निर्वाचित भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0