logo
२०८३ आश्विन २२, बिहिबार |
☰
📰
🔍
✕

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगीता सम्पन्न

प्रभातफेरी अनलाइन१७७४ पटक पढिएको | २०७४ बैशाख १९, मंगलबार
Post Thumbnail

पनौती / नव बर्षको अवसरमा स्वास्थ्यका लागी खेलकुद भन्ने नराका साथ खोपासी युवा क्लव पनौतीले प्रथम पनौती नगर स्तरिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
वाल आदर्श मा.वि.खोपासीको प्रांगणमा तीन दिन सम्म संचालन भएको यो प्रतियोगीता को उद्घाटन जिल्ला ब्याडमिन्टन संघ काभ्रेका अध्यक्ष देवक श्रेष्ठ एवं स्थानिय समाज सेवी दिवाकर प्रजापति द्वारा सयुंक्त रुपमा गरिएको थियो ।
पनौती नगर पालिकाको सहयोगमा सञ्चालित यस प्रतियोगीतालाई अगामी दिनहरुमा पनि निरन्तरता दिने क्लबले जनाएको छ । प्रतियोगीतामा सुरेन्द्र शाक्य, मोहन विक्रम के.सी. को जोडी प्रथम र विकास उलक, देवक श्रेष्ठको जोडी द्वितीय भएको खोपासी युवा क्लबका उपाधक्ष्य एवं कार्यक्रम संयोजक विकास उलकले जानकारी दिए ।