Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भुकम्पपीडित वर्षामा पनि अझै टहरामै !

प्रभातफेरी अनलाइन ५१२८ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (८ साल अघि)
भुकम्पपीडित वर्षामा पनि अझै टहरामै !

०७२ को विनासकारी भूकम्पपछि २ वटा जाडो र २ वटा वर्षायाम पनि टहरामै बिताइसकेका भूकम्पपीडितहरुले यस वर्षको वर्षायाम पनि टहरामै कटाउनु पर्ने भएको छ ।
पूनर्निर्माणको कामले भर्खरै मात्र गति लिएको भएपनि अधिकांश गाउँहरुमा पीडितहरुले घर बनाउन सकेका छैनन् । सरकारले सहयोग गर्ला र घर बनाउन पाइएला भनेर आशा गरेका उनीहरुलाई सरकारी सहयोग आए पनि भरपर्दो नभएकाले यहाँको पूनर्निर्माण अहिले पनि सुस्त छ । त्यसैले पीडितहरु टहरामै बस्नु परेको हो ।
सरकारले दिएको अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ धेरैले लिएका छन् । दशैंतिहारमा दिएको पैसा धेरैजसोले त्यतिबेला नै सक्याइसकेका छन् । बाँकी केहिले घर बनाउन शुरु गरेपनि धेरैजसोले त्यति पैसाले घर बनाउन पनि नसकिने र थप रकम पनि जुटाउन नसक्ने अधिकांश पीडितहरु के गर्ने भनेर अझै अन्योलमै छन् । सरकारले आशा देखाएको तथा सहयोग नगरेकोले यसवर्ष पनि घर बनाउन नसकेको पीडितहरुको गुनासो छ । लगातार वढ्दै गरेको गर्मि र हुरिबतासले भूकम्प प्रभावित जिल्ला काभ्रेमा पीडितहरु समस्यामा परेका छन् ।
सरकारले दिने भनिएको सहयोग अहिले सम्म लक्षितक्षेत्र सम्म थोरै मात्र पुगेको छ । यसले के गर्नु ? त्यसैले दिनप्रतिदिन समस्याहरु थपिएका छन् । विशेषगरि केटाकेटी र बुढापाकाहरुलाई समस्या थपिएको छ । ‘यसो गरौं भन्ने केहि उपाय समेत छैन’ पीडितहरु भन्छन्–“ यस वर्ष पनि घर बनाउन नपाइएला जस्तो छ ।” सरकारले घर बनाउन दिने भनिएको अनुदान पनि सबैले पाएका छैनन् । पाएकाहरुले दशैंतिहार लगायतका चार्डपर्वमा सकिसकेका छन् । यस्तो अवस्थाले कसरी घर बनाउनु र ? भूकम्पको बेला मुस्किलले जोगाइएका चौपायाहरु पनि टहरा भित्रै छन् । मान्छे र पशुहरु सँगै रहनु पर्ने बाध्यताले मानिसमा रोगको संक्रमण थपिएको छ । पशुहरु पनि मर्न थालेको खबर आएको छ । यसले कृषकहरु चिन्तित छन् ।
भूकम्प पीडितहरुलाई घर बनाउन सरकारले २ प्रतिशत व्याजमा आवासकर्जा दिने यहाँका पीडितहरुले पनि सुनेका छन् । तर सो कर्जा लिन ज्यादै झण्झट रहेको पीडितहरु भन्छन् । कर्जा लिने मापदण्ड पीडितको पक्षमा नरहेको भन्दै ठूला व्यापारीवर्गलाई लाग्ने जस्तै नियम लगाएर भूकम्पपीडितले कसरी घर बनाउने भनेर प्रश्न गर्छन्, पीडितहरु ।
आम्दानीको स्रोत हुने केहि भूकम्पपीडितहरुले भने भर्खरै घर बनाउन जग हालेका छन् । तर उनीहरुलाई पनि घर सम्पन्न गर्न कठिन नै छ । सक्नेले त जसरी पनि घर बनाउलान् तर नसक्ने बहुसंख्यक नागरिकहरु अरुका घर हेरेर बस्नुको विकल्प छैन । भूकम्पपछिका २ वटा वर्षायाम र २ हिउँद जाडो टहरामै कटाएका पीडितहरुले अब यो वर्षा पनि टहरामै बिताउँदै छन् । यसरी सरकारकै भर पर्ने हो भने दश वर्षमा पनि पुनर्निमाण गर्न नसकिने यहाँका भूकम्पपीडितहरुको अनुमान छ । जसरी पनि भूकम्प प्रभावित ठाउँका नागरिकका लागि सरकारले अब छिट्टै आवश्यक सहयोग गर्नु पर्ने धुर्मुस सुन्तली फाउण्डेशनका इन्जिनियर अर्जुन न्यौपानेको सरकारसँग सुझाव छ । अन्यथा पीडितहरु झन समस्यामा पर्ने उनले बताए । जिल्लामा ७२ हजार भन्दा धेरै घरहरु पुनर्निर्माण गर्नु पर्ने छ तर यतिबेला सम्म ५ हजार मात्र घरहरु निर्माण भएका छन् । बाँकी मध्ये थप १० प्रतिशत जति शुरु गरिएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0