Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

होमस्टेबाट गृहिणीहरुको दिनचर्या फेरिदै

प्रभातफेरी अनलाइन ४६५० पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (८ साल अघि)
होमस्टेबाट गृहिणीहरुको दिनचर्या फेरिदै

पनौती /  तीन वर्षअघि चुलोचौको र घरायसी काममा मात्र व्यस्त हुने पनौतीकी शिला अमात्यलाई अहिले भ्याइनभ्याई छ । टोलमा १५ जना महिलाको समूह गठन गरी पनौती कम्युनिटी होमस्टे खोल्न अगुवाइ गरेकी उनको अहिले दिनचर्या नै बदलिएको छ । अमात्य भन्छिन, ‘आम्दानीसँगै हामी गृहिणीहरूले विदेशी भाषा, संस्कृति र प्रविधिबारे जान्ने मौका पाएका छौँ ।’ पनौती होमस्टेमा १८ परिवार आबद्ध छन । भूकम्पपछि केही समय सुनसान भए पनि अहिले चहलपल बढेको छ ।
पात्लेखेत होमस्टे समितिका अध्यक्ष केशव बडालका अनुसार स्वच्छ हावापानी, मनोरम हिमशृंखलाको अवलोकन गर्दै स्थानीय कला, संस्कृति र भेषभुषामा रमाउन पर्यटक आउने गरेका छन ।
यहाँबाट नमोबुद्ध, धुलिखेल र भकुण्डे तथा पाँचखालसम्म हाइकिङ पनि जान मिल्छ । धुलिखेलका महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा उपलब्ध छ । सात दिनको प्याकेजमा गाउँलेको घरमा जे पाक्छ, त्यही पर्यटकलाई खुवाउने गरिएको छ । ग्रामीण परिवेश र उनीहरूलाई नौलो लागेको काम सिकाउने भएकाले पनि पातलेखेत होमस्टे धेरैको आकर्षणको केन्द्र बनेको छ । गाईभैंसी दुहुने, खेतबारीको काम र प्राकृतिक सौन्दर्यमा पर्यटक हराउने गरेका छन । यस्तै, पनौती नगरपालिकाका १५ जना महिलाको समूहले पनि होमस्टे सञ्चालन गर्दै आएको छ । पनौती कम्युनिटी होमस्टेकी अध्यक्ष पनि शिला नै हुन । उनका अनुसार विदेशीलाई स्थानीय परमपराअनुसार फूलमाला, नाचगान र बाजा बजाएर स्वागत गर्दै नेपाली खाना, कला, संस्कृति र परम्परा देखाइन्छ । यो होमस्टे तीन वर्षअघि आमाहरूको समूहले सञ्चालन गर्दै आएको हो । पनौती ४ की बिनु अमात्य खुशी हुँदै भन्छिन, ‘घरमै बसेर आत्मनिर्भर भएका छौँ ।’ पर्यटकसँग घुलमिल हुन सहज होस् भनेर बुढेसकालमा अंग्रेजी सिकिसकेका उनीहरू उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन । पछिल्लो समय पर्यटकलाई आकर्षण गर्न आफ्नै लगानीमा साँगा भञ्ज्याङ हुँदै पनौतीसम्म हाइकिङ रुट सञ्चालनमा ल्याएका छन ।
दैनिक १५ सय रुपैया“को प्याकेज बिक्री गरिरहेका छन । होटेलभन्दा रमणीय र सहुलियत सुविधा पाउँदा पनौती होमस्टेमा आएका स्विजरल्यान्डका रोल्स ओइभर दंग थिए । उनी भन्छन, ‘ठूला र महँगा होटेल हाम्रो देशमा पनि छन् तर यस्तो रमणीय होमस्टे छैन,’ उनी भन्छन, ‘होमस्टेबाट यहाँको कला, संस्कृति, भाषाभेष, खानपानमा रमाउन पाउँदा सोचेभन्दा बढी आनन्द प्राप्त गर्ने भयो ।’ रोयल माउन्टेन ट्राभल काठमाडौंको समन्वयमा होमस्टेमा पर्यटकहरू पठाउन बुकिङ गर्ने गरिरहेको छ । ट्राभलका प्रबन्धक शिव ढकालका अनुसार पर्यटकहरूलाई इन्द्रेश्वर मन्दिर, नमोबुद्ध, मल्पी, लायकु दरबार, त्रिवेणी घाट, बल्थलीलगायत अवलोकन गराइन्छ ।
पनौती पर्यटन विकास केन्द्रले पनि होमस्टे सञ्चालनमा सहयोग पुयाउँदै आएको छ । धुलिखेल, नमोबुद्ध, कुशादेवी, नगरकोट, बल्थलीलगायत स्थानमा पनि होमस्टे सञ्चालनमा आएका छन । काभ्रेमा होमस्टेबाट पाँच हजारभन्दा बढीले रोजगारी पाइरहेको उद्योग वाणिज्य संघले जनाएको छ । संघले पनि होमस्टे विकास र प्रबद्र्धनका लागि तालिम लगायत सहयोग गर्दै आएको छ । पर्यटकको आगमन बढेसँगै स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुको माग बढेको छ । होमस्टेमा आएका पाहुनालाई अर्गािर्नक ताजा तरकारी र मासु आवश्यक पर्ने भएकाले व्यावसायिक तरकारी खेती र पशुपालन फस्टाएको स्थानीय रेशम तामाङ बताउँछन ।
उनी नियमित रूपमा होमस्टेलाई तरकारी र मासु उपलब्ध गराउछन । नालधुमका वसन्त हुमागाईं होमस्टेमा आउने विदेशी पर्यटकलाई गाइड गरेर मासिक २० देखि ३० हजारसम्म कमाउँछन । पनौती ४ की ४३ वर्षीया अम्बिका आचार्य भन्छिन, ‘साधारण घरायसी खर्च र व्यवहार टार्नसमेत परिवार र श्रीमानको भर पर्नुपर्ने बाध्यता थियो, अब हामी आफैं आत्मनिर्भर भएका छौँ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0