Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मुकेशलाई भेटन जनप्रतिनिधि

प्रभातफेरी अनलाइन २५२१ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (८ साल अघि)
Post Thumbnail

बनेपा / जनआन्दोलनका क्रममा घाईते भई अहिले पनि अचेत अवस्थामा रहेका सहिद मुकेश कायस्थको घरमा नवनिर्वािर्चत प्रतिनिधिले गणतन्त्र दिवस मनाईएका छन् ।
२०६२ चैत २७ गते काभ्रेको बनेपास्थित तीनदोबाटोमा प्रतिगमनविरुद्ध आन्दोलनमा सहभागी मुकेशको कन्चटमा गोली लागेको थियो । त्यतिवेलादेखि मुकेश अचेत अवस्थामा छन ।
प्रमुख जिल्ला अधिकारी शिव सिम्खडा लगायत स्थानीय तहका नवनिर्वािर्चत मेयर,उपमेयर र वडाअध्यक्षको समुह नै गणतन्त्र दिवसको अवसर पारेर सोमबार मुकेशलाई सम्मान गर्न उनको घरमा पुगे ।
जनप्रतिनिधिहरुले १२ वर्ष सम्म अचेत अवस्थामा ओछ्यानमै रहेका मुकेशको गणतन्त्र स्थापना गर्न अहम भूमिका रहेको भन्दै प्रशंसा गरे । मुकेशलाई सम्मान पत्र प्रधान गरेर गणतन्त्रको अवसरमा मुकेशको घरमा दीप प्रज्वलन गरिएको छ ।
जिउँदा शहीद मुकेशबारे बुझन र जानकारी लिने आउने हरेक पत्रकार, राजनीतिक दलका नेताहरुदेखि सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको घरमा भीड लाग्छ । तर छोराका कथा र अवस्थाबारे सुनाउँदा आमा मिराको आँशु थामिदैनन् ।
‘मुकेश संगैका उसका साथीहरु अहिले लेखपढ गरी जागिर समेत खान थालेका छन् ।,तर उसको भने होस समेत राम्ररी आएको छैन ।’ उनले भनिन ‘सायद त्यो बेला आन्दोलनमा नगएको भए ऊ पनि अरुजस्तै अहिले राम्रो पढेर जागिर खान्थ्यो होला ।’ आमा मीराले छोराको विगत र वर्तमान सम्झिदै थपिन ‘हरेक दिन मुकेश भनेर बोलाउछु तर मुकेशको स्वर आजसम्म सुन्न पाएको छैन ।’
पहिला पूर्ण रुपमा बेहोश भएपनि अहिले मुकेश आफ्नै सुरमा हाँस्ने रुने गर्न थालेकाले परिवारमा आशा भने पलाउदै गएको छ । उपचारपछि हल्का मुन्टो हल्लाउने मुकेशले अहिले देब्र हात अलि अलि चलाउँछन । ‘कहिलेकाहि भावावेशमा एउटा बडो हृदयविदारक ध्वनी निकाल्छन र भन्छन “मा…” ।, अनि कहिलेकाहि मुस्कुराछन र आँखा चिम्लन्छन’ आमा मिरा भनछिन‘‘तर मुकेसका सपना र बलिदान पुरा हुदै गएको देख्दा खुसी लाग्छ, संविधान बन्यो, मुलुक चुनावमय भयो । विस्तारै मुकेशका सपना पुरा हुदैछन् यसमै हामी खुसी छौ ।’
सानैमा बन्दुक बोक्न धेरै रहर गर्ने मुकशलाई साथीभाई र आमाबुबाले मुकेश भविष्यमा तिमी के बन्छौ भनेर सोध्दा सेना भन्ने गरेका थिए । सेना बनेर राष्ट्रको सेवा गर्छु भन्ने सपना बोकेका मुकेशका लागि त्यही बन्दुकले जिउँदो शहीद बनाई दिएको छ । अहिले त्यही बन्दुकका गोलीले मुकेशलाई १२ बर्षदेखि ओछ्यानमै राखिदिएको छ ।
झण्डै ११ महिना वीर अस्पताल र करिब ५ महिना डा. उपेन्द्र देवकोटाको न्यूरो सर्जनमा उपचार गराइएको मुकेशलाई विदेश लगेर उपचार गर्न पाए होस खुल्थ्योकि भन्ने ठूलो आशा परिवारमा छ । पाच महिनासम्म अक्सिजन दिएर र बाँकी समय धेरै दुःख सहेर पनि बेहोश अवस्थामै रहनु भएका मुकेशको होस फर्केला कि भन्ने आशासँग उनको परिवारले हरेस खाएको छैन ।
आमा मीरा त्यही आशाको त्यान्द्रोमा झुण्डिनु भएको छ । ‘छोराले एकदिन त पक्कै बोलाउछ र बामे सर्नेसम्म हुन्छ । डाक्टरहरुले रोगको उपचार नै नभएको बताएपनि छोरामा सुक्ष्म रुपले सुधार हुदैछ’ आमा मिरा भन्छिन ‘पहिला त टाउकै उठाउन सक्दैनथ्यो अहिले अलि अलि उठाउछ, झोल पदार्यको साटो जाउलो खान थालेको छ ।’ थप उपचारका लागी विदेशमा लैजाने इच्छा व्यक्त गरेको आमा मिराले सरकारी सहयोगको अपेक्षा राख्नु भएको छ ।
वेहोस हुँदा १५ बर्षे ठिटो मुकेश अहिले २८ बर्ष पुगेका छन । तर परिवारले १२ बर्षदेखि मुकेशको राम्रो स्वर पनि सुन्न पाएका छैनन् । ओछ्यानमै दिशापिसाव गराउनेदेखि खुवाउने पियाउनेसम्म सबै आफैले गराउनु पर्ने मुकेश परिवारका लागि अझै आशा छ, ‘एक दिन त अवश्य पनि मुकेशको आवाज र जीवन फर्केला कि ।’ वर्षमा दुई दिन शहिद र गणतन्त्र दिवस पारेर नेता कार्यकर्ता र सरकारी निकायका व्यक्तिहरु दुख पिडा र समस्या बुझन आउने गरेका छन् बाकी दिन त परिवारले दुख र पिडा भुलेर मुकेशलाई स्याहार गरिरहेको छ । मुकेशको स्याहार सुसारका लागि सरकाले एक जना नर्स र एक जना कुरुवाको व्यवस्था गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0