Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ४, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कुन गल्तीको सजाय दिँदैछौ

प्रभातफेरी अनलाइन ५४७७ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (८ साल अघि)
कुन गल्तीको सजाय दिँदैछौ

अँगालोमा लुटपुटिएको त्यो सम्झनाले सताउँछ हर पल किन ।
बिर्सुं कसरी भन एक अर्कामा भावना मनका ती साटेका दिन ।।
पवित्र लाग्थ्यो तिम्रो माया सोच्थें हाम्रो मायामा छैन कुनै छल ।
घात ग¥यौ तिमीले जब याद आउँछ तिमीसँग बिताएका पल ।।
मीठा सपना देखाएर आज तिमीले अन्तै पाइला मोड्यौ ।
मुटु मेरो टुक्रा पारी साइनो आज तिमीले अन्तै जोड्यौ ।।
गर्थें म त हरदिन पूजा मायाको मन्दिर नै किन भत्कायौ ।
उनेका सपनाका संसारमा आज आगो तिमीले सल्कायौ ।।
गए पनि डुबाएर आँशुमा मलाई तिम्रै यादमा बाँचँकोछु ।
दिए पनि तिमीले पिडा लुकाएर व्यथा अझै हाँसेकोछु ।।
स्वार्थ आफ्नो पुरा गरी पराई काखमा भुलेछौ तिमी आज ।
जिउँदो लाश बनाइ छाड्यौ निष्ठुरी बनी नमानेरै लाज ।।

काठमाण्डौ झर्नासाथ उसले सबैभन्दा पहिले बिन्दुलाई सम्झ्यो र मोबाइलमा फोन ग¥यो । मोबाइलबाट मात्र एउटै कर्कस आवाज आउँथ्यो– ‘माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ ।’ बिन्दुसँगै भेट्ने अभिलाशासाथ खुशी हुँदै बिहान भाले नबास्दै भुवन ससुरालीतिर लाग्यो ।े सबै जग्गा बेचेर बुटवलतिर परिवार सहित छिरेको बतायो । वुटवलमा पुगेर उसले ससुराली अनि बिन्दुको खोजी गर्न थाल्यो । तर हातमा लाग्यो सून्य । एक महिनासम्मको वुटवलको बसाइमा पनि केहि उपलब्धी नलागे पछि निरास हुँदै काठमाण्डौ नै फर्कने विचार ग¥यो भुवनले ।

निरास भएर एकोहोरिएर हिँडीरहेको बेला एक्कासी एक जना महिलासँग ठोक्किन पुग्यो । झस्याङ्ग भयो, उसको मुखबाट कुनै शब्द निस्केन । ती महिलाको हिँडाइ अनि जिउडाल परिचित झैं लाग्यो उसलाई । एकटकले उसले ती महिलालाई हेरिरह्यो । ती महिला अलि हतारिएर छिटो छिटो हिह्डीरहेकी थिइन् । केहि पर पुगेपछि ती महिलाले पनि एक पटक पछाडी फर्केर हेरिन् र पुनः उहि रफ्तारमा हिँडिन् । भुवनले केहि सोच्नै सकेन । एकोहोरो हेरिरह्यो मात्र हेरिरह्यो … …

भुवन उनलाई पछ्याउँदै गयो । उनलाई पछ्याउँदै गएको भुवनले केहि बेरको पछ्याइपछि ती महिलालाई भेट्टाइन् । जब पुनः उनीहरु दुईका आँखा चार भए भुवन हेरेको हेर्यै भए । केहि बेर नयन जुदाए पछि बिन्दुले भुवनसँग आँखा जुधाउन सकिनन् र नजर भुईतिर झुकाइन् । दुबै जनाले केहि बोल्नै सकेनन् । मात्र चुपचाप रहे । सून्यता छाएको थियो ।

साँच्चै नै ती महिला अरु कोहि नभएर उनै बिन्दु थिइन् । जसको खोजीमा उनी बुटवलसमम आएको थियो । बिन्दु रातो सारमिा दुलही झैं सजिएकी थिइन् । गलामा मंगलसुत्र अनि सुनको सिक्रीसँग सुहाउने रातो र हरियो पोतेले झनै उनलाई अप्सरा झैं देखिएको थियो । उनको सुन्दरतले स्वर्गकी परीलाई नै माथ खुवाउला झैं आभास हुन्थ्यो । उनको सुन्दरतामा जो सुकै पनि लट्ठ हुन सक्थ्यो । त्यति धेरै सुन्दरताका धनी, सौनदर्यले निखारिउकी उनको मुहार भने मलिन देखिन्थ्यो ।

केहि क्षणको मौनता पछि भुवनको वाक्य छुट्यो । ‘बिन्दु, के भूल भो र मलाई तिमीले यति ठूलो घात ग¥यौ ?’‘कुन गल्तीको सजाय दिँदैछौ मलाई बिन्दु ? किन टाढा टाढा हुन खोज्दैछौ मबाट ? मैलेचिम्रो लागि सबथोक सुम्पेथें । मेरो निश्चल मायाको उपहार आज तिमीले यति धेरै पीडा दियौ । यसलाई के सम्झुँ म ? बोल न केहि त बोल बिन्दु । तिम्रो सुन्यता हैन तिमीबाट जवाफ चाहन्छु म ।’ अवाक हुँदै भुवनले प्रश्न माथि प्रश्न तेर्साइरह्यो । तर बिन्दु एकोहोरो भुईमा हेरेर मात्र बसिरहिन् । उनको मुखबाट कुनै शब्द नै निस्कन सकेको थिएन ।

‘बोल न बिन्दु केहि त बोल । म तिम्रै जवाफ सुन्न आतुर छु । तिमीबिना म पागल हुन्छु । म एक पल पनि तिमीबिना बाँच्न सक्दिन बिन्दु । एकपल पनि बाँचन सक्दिन । म तिमीसँग मेरो मायाको भिख माग्दैछु बिन्दु । मलाई मेरो माय फिर्ता गरिदेउ ।’ भुवनले रुँदै अनुनय विनय गर्न थाल्यो । उसको आँखाबाट अश्रुधारा निरन्तर बगिरह्यो बगिरह्यो । आखिर बिन्दु पनि त मानव थिइन् । उनको मन पनि थामिएन । अनायसै उनको नयनबाट पनि आँशुका धारा बग्न थाल्यो । उनले रुँदै भुवनलाई अँगाल्दै भनिन्—‘मलाई माफ गरिदेउ भुवन मलाई माफ गरिदेउ । मबाट ठूलो गल्ती भयो ।’ दुबैजना एक अर्काको अँगालोमा बेरिएर रोईरहे रोइरहे ….

क्रमशः.. (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् )

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

  • नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

  • नेपाली कम्युनिस्ट पाटिलाई पहिलो शत्ती हुन् बाट कसैले रोक्न सक्दैनन् : संयोजक प्रचण्ड

    नेपाली कम्युनिस्ट पाटिलाई पहिलो शत्ती हुन् बाट कसैले रोक्न सक्दैनन् : संयोजक प्रचण्ड

  • काभ्रेली शिक्षासेवीहरुको सम्मान हुने

    काभ्रेली शिक्षासेवीहरुको सम्मान हुने

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ २८ गते बुधबार

    २०८२ साल माघ २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेकपा महाभारत गाउँपालिका समितिको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठक सम्पन्न

    नेपाली कम्युनिस्ट पाटिलाई पहिलो शत्ती हुन् बाट कसैले रोक्न सक्दैनन् : संयोजक प्रचण्ड

    नेपाली कम्युनिस्ट पाटिलाई पहिलो शत्ती हुन् बाट कसैले रोक्न सक्दैनन् : संयोजक प्रचण्ड

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0