logo
२०८३ श्रावण १८, सोमबार |
📰
🔍

काठमाडौंको भद्रकालीमा रुख ढल्दा स्कुटरमा सवार आमा–छोरा घाइते

प्रभातफेरी अनलाइन९ पटक पढिएको | १ घण्टा अघि
काठमाडौंको भद्रकालीमा रुख ढल्दा स्कुटरमा सवार आमा–छोरा घाइते

काठमाडौं / काठमाडौंको भद्रकाली क्षेत्रमा रुख ढल्दा स्कुटरमा सवार आमा–छोरा घाइते भएका छन्।

प्रहरीका अनुसार भद्रकाली मन्दिरबाट सेनाको पेट्रोल पम्पतर्फ जाने सडकमा रुख ढल्दा बागमती प्रदेश–३५९० नम्बरको स्कुटरमा सवार रौतहटका स्थायी बासिन्दा तथा हाल सानेपामा बस्दै आएका ४७ वर्षीय राजेशप्रसाद यादव र उनकी ६९ वर्षीया आमा गायत्रीदेवी यादव घाइते भएका हुन्।

घाइते दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। राजेशप्रसाद यादवको टाउको र ढाडमा चोट लागेको छ भने गायत्रीदेवी यादवको घुँडा र दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मीले ढलेको रुख हटाएर सडक सञ्चालनमा ल्याएका छन्।