Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पञ्चखुट्टी कविता

प्रभातफेरी अनलाइन २०८२ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २१, आईतबार (८ साल अघि)
Post Thumbnail

— शारदाप्रसाद शर्मा

(पाँच पंक्तिको हास्यपूर्ण कविता)
परीक्षा –१ 
हिजो विद्यालयको परीक्षामा गुरुमाले थर्काइन्
साथीको हेरेको अभियोगमा एक चड्का चड्काइन्
आज उनै गुरुमा आफैँ विश्वविद्यालयको परीक्षा दिँदै थिइन्
निरीक्षककले टिपन देखेर कापी मागे,
आमाको झोलीमा राखेको त्यो टिपन उनले खुरुक्क दिइन्!

परीक्षा –२ 
विश्वविद्यालयको परीक्षा
प्रहरी प्रशासन र पत्रकार
प्रवेशद्वारमै खानतलासी छात्राहरूको
तैपनि परीक्षा कोठामा भेटिन्छ किताब
भन्छन् – मान्छे बोक्नसक्ने पेटमा, जाबो किताब !

राजनीति –१ 
सहमति भो, सहमति भो
हैेन के भो, केको सहमति भो ?
सहमतिका लागि सहमति जुटाउन
कम्तिमा पनि बैठक बस्न सहमत हुनुपर्छ भन्ने
सबै दलहरूका बीच सहमति भो ।

राजनीति –२
हरेश खानु हुँदैन भन्छन्, हामी खाँदैनौँ
कमजोरको संगत नगर्नु भन्छन, हामी गर्दैनौँ
जनता कमजोर छन्, तैपनि पुरुषार्थीहरूले
जीवनमा हार्ने काम नगर्नु भन्छन्
चुनाबमा गए हारिन्छ, हामी जाँदैनौँ ।

राजनीति –३
लाउडा पचाइयो, हाउडा पचाइयो
सेनापतिको जागिर बचाइयो
अब गर्नु पर्ने नै के छ र
आफू डाँडामाथिको जून भइसकेँ
मै नभए देश किन चाहियो ?

राजनीति –४ 
आओ साथी हो आओ
तीनआँख्ले, पाँचऔँले झाडी मास्नु छ
धेरै भो खडेरी परेको यसपालि भकारी भर्नु छ
झगडाको बिउ रोपेर, आलीमा ताली बजाउनेलाई
चिउरै चिउरा खुवाएर शुद्धशान्तिको भोज लगाउनु छ ।

राजनीति –५ 
हामी पदका लोभी भएर उम्मेदवार बनेका होइनौँ
हामी पदका भोगी भएर उम्मेदवार बनेका होइनौँ
नयाँ नेपाल बनाउन नयाँ धान – बनाउनु छ
खेल हो, हार्दैमा किन खेल छोड्नु ?
विरोध विरोधमै विरोधी मर्छ, त्यसपछि म निर्विरोध हुन्छु ।

राजनीति –६
चाउरिएका थिए दाउरिएका थिए
अहिले मोटाएछन् ,गाला पनि राता राता भएछन्
थोरै खान्थे, अब मानुले पुग्दैन
पुरानै नेपाल हुन् सेतै फुलेका बूढा झैँ थिए
उनै नेपाल हुन् अहिले मोटाएर नयाँ झैँ छन् ।

राजनीति –७ 
पैसालाई ढोग्नेहरू पालिएकाछन्
पुस्तकलाई ढोग्नेहरू फालिएकाछन्
ए नेपाल ! तिमै्र आँखा अगाडि
प्रधानमन्त्रीको निर्वाचनमा
षड्यन्त्रका पाइलाहरू चालिएकाछन् ।

८. ती कुकुरहरूको के कुरा गर्नु ?
ती कुकुरहरूको के कुरा गर्नु ?
मौसूफको उठिबास नै लगाइदिए
अब जे भए पनि मौसूफको फिर्ती सबारी हुनुपर्छ
मौसूफको फिर्ती सबारीमा हामीले
पुच्छर हल्लाउन पाउनुपर्छ ।

९. तिम्रो आन्दोलनले साँच्चै
तिम्रो आन्दोलनले साँच्चै
लोकतन्त्र छाएको छ, परिवर्तन आएको छ
देखेँ, सुनेँ, बुझेँ, मैले परिवर्तन आएको छ
तिम्रो भाषण शैलीभित्र तिम्रो ठूलो थैलीभित्र
लोकतन्त्र छाएको छ,, परिवर्तन आएको छ ।

१० तिम्रोे राजनीतिले
सधैँ बल्ने मेरो चुलो अहिले ढुसी परेको छ
श्राद्ध गर्ने बाहुनबाको रोजीरोटी बढेको छ
राजनीति बुझेकैले सहिद संख्या चढेको छ
लोकतन्त्र भएसँगै परिवर्तन आएको छ
नेपालीले लाद्रो भर्न सिङ्गो संसार छाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0