Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिल्ला आलुखेतीमा निर्भर बन्ने

प्रभातफेरी अनलाइन ७२७७ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २८, आईतबार (९ साल अघि)
जिल्ला आलुखेतीमा निर्भर बन्ने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले वैज्ञानिक खेती प्रणाली भित्र्याउँदै

बनेपा ÷ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाई (आलु) काभ्रेको राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकीको नेतृत्वमा गत आइतबार परियोजनाको निरीक्षण गरिएको थियो ।
निरीक्षणको क्रममा सदस्य बुढाथोकीले उक्त परियोजना लागू गरिएको जिल्लाका किसान दाजुभाइ दिदीबहिनीहरुलाई बैज्ञानिकीकरणको कृषि प्रविधि भित्र्याई किसानहरुलाई आफ्नो उत्पादनको उद्योग समेत स्थापना गर्ने लक्ष्य रहेको बताएका थिए ।कृषि मन्त्रालय योजना महाशाखा प्रमुख एवं उपसचिव डा. योगेन्द्रकुमार कार्कीले किसान दाजुभाइ तथा दिदीबहिनीहरुले आलुखेती विस्तृत रुपमा गरी आलुको उत्पादन बृद्धि गराई उद्योग स्थापनाको प्याकेज समेत रहेको चर्चा गर्दै काभ्रे जिल्लामा जिल्ला वन कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, जिल्ला सिँचाई कार्यालय, कृषि विकास कार्यालय, जिल्ला घरेलु कार्यालयमा समेत उक्त आधुनिकीकरणको बजेट रहेकाले सम्बन्धित कार्यालयले बजेटलाई कसरी सदुपयोग गरेको छ, त्यसको निरीक्षण कृषक स्वयम्ले पनि जानकारी लिन जरुरी रहेको चर्चा गरेका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना निर्देशक अच्युत ढकालले परियोजना र बजेट जिल्लामा ढिलो आएको संचालक समिति गठन गर्न ढिलाई भई रकम माग गर्न नसकेको र स्थानीय निर्वाचले गर्दा पनि ढिलो भएको बताएका थिए ।
सुपरजोन कार्यान्वयन इकाई काभ्रेका प्रमुख दीपक पौडेलले यस वर्षको कार्यक्रम सुचीकृत भएका कृषि सहकारी, कृषक समूहहरुलाई ५० प्रतिशत छुटमा यान्त्रिक उपकरण वितरण गरी यान्त्रिक उपकरण संचालन गरी आधुनिक कृषि प्रणालीमा खेती गराईने जानकारी दिँदै आउँदा दिनहरुमा सामुहिक खेती, यान्त्रिक उपकरण सामुहिक भाडामा लगाई खेती गराउने कृषिसँग सम्बन्धित संघसंस्थाहरुलाई सूचिकृत गर्न समेत अनुरोध गरेका छन् ।
यस सुपरजोन कार्यान्वयन इकाईले १७ वटा साना सिँचाई कार्यक्रमका लागि १२ लाख ८५ हजार रकम छुट्याएको छ, जसमा समूह र सहकारीको लगानी ४ लाख ४ हजार हुनुपर्ने प्रावधान बनाएको प्रमुख पौडेलले बताए ।
उनले बल्तली लड्कुखोला कुलो मर्मतलाई १ लाख, पाँचखाल–६, किटिनी कृषि सहकारी (इनार)लाई ६० हजार, कृषि तथा पशुपालन कृषक समूह, नालापोखरी निर्माणका लागि १ लाख, साना किसान कृषि सहकारी पाँचखाल पोखरी निर्माणलाई १ लाख, सिड नेपाल सहकारी संस्था नाला (इनार निर्माण)लाई ७० हजार, साथी साथी कृषि उत्पादन केन्द्र पाँचखालका लागि ८५ हजार, नवदुर्गा कृषक समूह, पनौती पाइप खरीदका लागि ८० हजार, नार निर्माण मुहानगाउँ कृषक समूह नालाका लागि ६० हजार, भंगेरी बन्चरे, ट्रायल बिउ उत्पादनलाई पाइप सिँचाईका लागि ४५ हजार, चारपिप्ले कृषक समूह (बाँध निर्माण) का लागि ७० हजार, श्रमिक कृषक सहकारी पाँचखाललाई १ लाख, सक्रिय महिला समूह पनौती–८ खरीबोटलाई ८५ हजार, टौखाल कृषक समूह पनौती–४ लाई ८५ हजार, जनइच्छा कृषि सहकारी र्यालेलाई ७० हजार, पातीखोरिया कृषि सहकारी संस्था लि. कुशादेवीलाई ५५ हजार, सलमिटार सिँचाई समूहका लागि ५० हजार र टाँके पोखरी मर्मत अनेकोटका लागि ७० हजार रकम विनियोजन गरिएको छ भने साना सिँचाईका किसानहरुले राष्ट्रिय वाणिज्य बैंक धुलिखेलमा खाता खोली रकम लिई फरफार गर्न समेत कार्यालय प्रमुख दीपक पौडेलले बताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना काभ्रेमा परियोजना अभिमुखीकरण सुपरजोन स्तरमा २ पटक खर्च गर्ने गरी १ लाख, सहभागितात्मक वैज्ञानिक उत्पादन तथा प्रशोधन प्रविधि प्रदर्शन तथा स्थलगत तालिम २ पटक ४ लाख, घुम्ति प्रयोगशाला सेवा (माटो, विउ, बाली संरक्षण, माछा, खाद्य प्रविधि तथा गुण नियन्त्रण ५ पटक २ लाख ५० हजार, क्लप कटिङ ९० पटक १८ हजार, कृषि प्रविधि केन्द्र स्थापना तथा संचालन ५ लाख, प्रतिफलमा आधारित आलुमा प्रोत्साहन अनुदान ५० हेक्टरमा ५ लाख, कृषि अध्ययन संस्था स्थापना र सञ्चालन सहयोग १० लाख, पोष्ट हार्भेष्ट केन्द्र (वाली व्यवस्थापन) २ करोड, कष्टम हायरिङ सेन्टर स्थापना (कृषि खेतीको साथै सिँचाई प्रयोजन र पशु चिकित्सा उपकरण तथा मेशिन औजार) १ करोड, मिनील्याब स्थापना गरी माटो, बिउ, बाली संरक्षण माछा र खाद्य प्रविधि तथा गुण नियन्त्रणमा ३० लाख, आलुको टिस्युकल्चर ल्याब स्थापना तथा संचालन ६५ लाख, साना सिँचाई निर्माण तथा मर्मत १५ लाख, प्राङ्गारिक मल कारखाना स्थापनाको लागि २० लाख, जैविक विषादी उत्पादन केन्द्र स्थापना १५ लाख, द्रूत विषादी अवशेष परिक्षण प्रयोगशाला स्थापनाको लागि ५० लाख बजेट रहेको सुपरजोन कार्यान्वयन इकाई, काभ्रेको होडिङ्ग बोर्डमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

  • पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0