Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खेल जित्न सबैले झेल गर्न खोज्छन्ः दाहाल

प्रभातफेरी अनलाइन ६०६६ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ३०, मंगलबार (८ साल अघि)
खेल जित्न सबैले झेल गर्न खोज्छन्ः दाहाल

बनेपा /सबै जना खेलाडी भएकोले सबैले खेल जित्न खोज्छन् । चाहे जस्तो सुकै झेल गरेर भए पनि सबैलाई खेल जित्ने इच्छा हुने भएकोले खेल जित्न सबैले झेल नै गर्ने काभ्रेली कलाकार तथा निर्देशक कमल दाहलले बताए ।
बनेपामा शनिवार सम्पन्न चलचित्र झेलीको च्यारिटि शो भन्दा अगाडि संचारकर्मीहरुसँगको छोटो भेटमा ‘ संसार एउटा खेलमैदान हो । धर्तीका हरेक मानव खेलाडी हुन । हरेक खेलाडीलाई आफू नै जित्ने इच्छा हुन्छ । खेल जित्नको लागि मानिसले कुन हदसम्म झेल गर्न सक्छ भन्ने विषयलाई चलचित्रमा उठान गरिएको छ ।’ चलचित्र निर्देशक दाहालले बताए ।
कार्यक्रममा चलचित्रका निर्माता भेषमान श्रेष्ठ, चलचित्र उद्योग कै पहिलो महिला छायाँकारको रुपमा डेब्यु गरेकी सवनम मुखियाले चलचित्रको बारेमा जानकारी दिएका थिए । झेली चलचित्र नारी संवेदनामा निर्माण भएको संचारकर्मीसँगको भेटमा उनीहरुले बताए ।
काभ्रेको कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनमा सक्रिय संस्था गौरीशंकर साँस्कृतिक समूह पाँचखाल–१ खावाको सहयोगार्थ काभ्रेली भूमिमा जन्मेर लामो समयदेखि कलाकारिता क्षेत्रमा क्रियाशिल काभ्रेली कमल दाहालद्वारा निर्देशित चलचित्र ‘झेली’ को च्यारिटि शो शनिवार बनेपाको मयूर हलमा सम्पन्न भएको हो ।
अमररत्न प्रोडक्सनको व्यानरमा भेषमान श्रेष्ठको प्रस्तुती चलचित्र झेलीमा अनिल थापा, सुरविना कार्की, विष्णु रिजाल, दिपा वि.सी., गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रको छायाँकन नेपाली चलचित्रका पहिलो छायाँकारको रुपमा सवनम मुखियाले खिचेकी छिन् ।
पाँचखाल १ खावामा रहेको गौरीशंकर साँस्कृतिक समूहले लामो समयदेखि मौलिक नेपाली कला, संस्कृतिको संरक्षण सम्बद्र्धनमा सक्रिय रहेकोले उनीहरुको कला र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यमा सहयोग पु¥याउने हेतुले चलचित्रको च्यारिटि गरिएको निर्देशक दाहालले बताए । निर्देशक दाहालका अनुसार समाजमा घट्ने जालझेलका कथालाई लिएर झेली निर्माण गरिएको हो।
कलाकार, नाटक लेखन÷निर्देशन, गायनका अलावा लामो समयदेखि चलचित्रका सह निर्देशक रहेका दाहालको पहिलो निर्देशित चलचित्रमा सूर्य किरण लामाको संगीत, चन्द्र पन्त र सोनम लामाको द्वन्द, दयाराम पाण्डे र मुस्कान ढकालको गीत, कविराज र साइमनको नृत्य निर्देशन, रोशन लामिछानेको सम्पादन रहेको छ भने क्रियटिभ डाइरेक्सन मुस्कान ढकाल तथा निर्माता रत्नमाया श्रेष्ठ, रामप्रसाद महर्जन र सुन्दरबहादुर खत्री रहेका छन् ।
च्यारिटिबाट संकलित रकमबाट खर्च कटाएर गौरीशंकर साँस्कृतिक समूहलाई सहयोग गरिने निर्माण पक्षले जनाएको छ ।
फागुन ९ गतेबाट नेपाल अधिराज्यभर प्रदर्शनमा आउने चलचित्र झेलिको चाँडै नै पोखरा तथा सुर्खेतमा च्यारिटि गर्न लागिएको निर्माण पक्षले जनाएका छन् । काभ्रे, चितवन तथा काठमाण्डौ आसपासका क्षेत्रका रमणीय दृश्य समेटिएको चलचित्र झेलीले नेपाली चलचित्र क्षेत्रमा एउटा राम्रो चलचित्र बनेको च्यारिटि हेर्न आएका दर्शकहरुले बताए ।

निष्ठुरी तिम्रो मायाले गर्दा
कल्पनाको संसार रित्तो भयो मेटि गए खुसीे ।
आशा सबै हराए इच्छा आकांक्षामा प¥यो ढुसी ।।
तिमीसँगको वितेका ती पलहरु आउँछ अझै झल्को ।
तिमी नै थियौ सबथोक मेरो थियो को आफ्नो अर्को ।।
खोजिरहन्छ यो मनले तिम्रो साथ अब म भन के गरुँ ।
खाटो लागेको आफ्नो घाउँमा भन कसरी म मल्हम भरुँ ।।
थाह छैन अझै कहाँ पुग्छ यात्रा मेरो गन्तव्यहिन भएकोछु ।
निष्ठुरी तिम्रो यादमा तड्पिरहेछु पीडामा भुल्ने भएकोछु ।।
के खोजेथ्यौ तिमीले मसँग बुझ्नै मैले कैल्यै सकिन ।
दिउँ म कसलाई दोष आफ्नै कर्म बुझ्न सकिन ।।

सरुले रुँदै रुँदै आफ्नो तीतो यथार्थ अनि पीडा अरुणलाई बेलीविस्तार लगाउँदै थिइन् । ‘उसले पुन अर्को दिन छ महिनाभित्र फिर्ता गर्ने भनेर पैसा माग्यो । मैले तिमीलाई सोध्नुपर्छ भन्दा । हैन अहिले केहि थाह नदिउँ । उसले फेरि तिमीलाई नेगेटिभ सोच्न सक्छ । म छ महिना पछि व्याज समेत फिर्ता गर्छु भन्यो । मलाई पनि उसको कुरामा विश्वास लाग्यो र मैले छ महिनाको लागि पचास हजार व्याज सहित पाउने आसमा बैंकमा भएको तीन लाख उसलाई चेक काटेर दिएँ । तर छ महिना त के एक वर्ष सम्म पनि उसले पैसा फिर्ता गरेन । न व्याज दियो न त सावाँ नै । उल्टै ऊ मबाट भागी भागी हिँड्न थाल्यो । एकदिन म उसको कोठामा सबेरै गएँ । उसले एउटा पाटीबाट एक हप्तामा पैसा आउँछ म दिन्छु भन्यो । त्यस पछि अर्को हप्ता जाँद उसलाई कोठामा भेटिन । म निरास भएर फर्किएँ ।’

‘आफूले दिएको रकम फिर्ता आउने आशमा कैयौं पटक उसलाई सम्पर्क गर्ने कोशिस गरें तर हातमा लाग्यो सून्य । कैयौं पटकको कोशिस व्यर्थ सावित भयो । मोबाइलमा सम्पर्क गर्दा जहिल्यै स्वीच अफ हुन्थ्यो । उनको कोठामा जाँदा पनि कहिल्यै भेट हुँदैनथ्यो । एक किसिमले भन्दा म आफैमा निराशा छाउन थाल्यो । मैले उक्त रकम फिर्ता गर्न हर मग्दुर प्रयास भने जारी थियो ।’

‘एकदिन उसले नै मलाई मोबाइलमा सम्पर्क ग¥यो र भोली भेट्न आउने बतायो । मलाई हल्का आशा जाग्यो । उसँग आफ्नो गुमेको पैसा फिर्ता पाउने आशमा उसलाई भेट्न म आतुर थिएँ । उसले दिएको समयमा नै दिउँसोको करिव चार बजेतिर मेरो मोबाइलमा सम्पर्क ग¥यो र मेरो कोठामा नै आइपुग्यो । उसलाई स्वागत स्वरुप मैले चिया र अण्डाले सत्कार गरें । उसले पनि चियाको सुर्कोसँगै मेरो बारेमा हालखवर सोध्यो । उसले आफ्नो बारेमा पनि बतायो ।’

‘उसले आफ्नो व्यापार एकदमै राम्रो हुँदै गएको र आफ्नो व्यापार विदेशमा समेत सुरु भएकोले व्यस्तताका कारण  आफूले सम्पर्क गर्न नसकेको बतायो । उसले आफ्नो कारोवारको लागि एउटा पाटीलाई चार लाख पठाउनु पर्ने आफूसँग जम्मा जम्मी दुई लाख मात्रै भएकोले आफू टेन्सनमा रहेको बतायो । मलाई नै दिन भनेर तयार गरेको दुई लाख के गरुँ भनेर प्रश्न ग¥यो । मेरो पैसा दिन पनि मन भएको तर राम्रो पाटी भएकोले उसलाई पनि पैसा नपठाइ नहुने, चार लाख पठाउँदा पन्ध्र लाखको काम हुने र चोखै छ लाख फाइदा हुने बतायो । उसले मलाई सोध्यो के गरौं भनेर । मैले पनि ठीकै छ पहिला आफ्नो काम टार । मलाई दुईचार दिनमा रकम फिर्ता गरे पनि हुन्छ भनिदिएँ । उसले पनि खुसी हुँदै धन्यवाद भन्यो र उल्टै म सँग अर्को डेड लाख फकाएर लान सफल भयो ।’

‘फेरि केहि समय उसलाई सम्पर्क गर्नै सकिएन । एकदिन बाटोमा उसलाई भेट भयो । उसलाई मैले चाँडोभन्दा चाँडो पैसा फिर्ता गर्न भनेँ । उसलाई तिमी पनि चाँडै फर्मदैछ भनेर भनें । उसले ल म चाँडै फिर्ता गर्छु भन्यो । र त्यसको दुई दिन पछि उ साँझ टुप्लुक्क मेरो कोठामा देखा प¥यो । उसले आफूले बोकेर ल्याएको खसीको मासु पकाउन भन्यो । म पनि आज त पैसा फिर्ता पाउने भइयो भनेर खुसी नै थिएँ । म मासु पकाउनतिर लागेँ ।’

‘उसले आफूले ल्याएको चिसो दुईवटा गिलासमा हाल्यो र उसले पिउन थालें । मैले मासु पकाएर उसलाई दिएँ । खाना पनि पाकिसकेको हुनाले उसलाई खाना पनि पस्केर दिएँ । छोरोले थोरै खाना खाई निदाउन थाल्यो मैले । मैले छोरोलाई खाटमा सुताइदिएँ । उसले खाना खाई हात पखाल्न थाल्यो म पनि खाना खाएर भाँडा सफा गर्न थालें । उसले चिसो पउिन थाल्यो मलाई पनि चिसो पिउन भन्यो । मैले इन्कार गरें । उसले कर गरेर मलाई चिसो खुवायो । मलाई चिसो पिउनासाथ  मलाई हल्का रिंगटा लाग्यो । ममा चेतना थियो तर शरिर पूरै सिथिल र हलचल गर्न समेत नसक्ने अवस्थामा थियो । यो देखेर उसले मलाई उठाएर बेडमा पल्टायो र मेरो शरिरसँग खेल्न थाल्यो…………………… ।’ क्रमशः…………(.घटना सत्य भए पनि पात्रहरु फेरिएका छन्)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0