Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नसोचेको सबै मलाई भयो आज !

प्रभातफेरी अनलाइन ६५५० पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ३०, मंगलबार (८ साल अघि)
नसोचेको सबै मलाई भयो आज !

नसोचेको सबै मलाई भयो आज !
तिमीसँग बिताएका पल आज फेरि पल्र्टाई हेरेँ ।
खाएका ती वाचा कसम आज मस्तिष्कमा बल्झाइ हेरेँ ।।
तिमी बिना त बाँच्दिन भन्दै काखमा पल्टी रुन्थ्यौै ।
आज एक्लो पारी तिमी हिँड्यौ त्यो पनि तन्काइ हेरेँ ।।
जीवनभर तिमीसँगको थियो यात्रा तिमीले थोरै समय दियौ ।
बाँकी के नै अब छ खब जिन्दगी नै सारा सल्काई हेरेँ ।।
हाँसी हाँसी दियौ पीडा त्यो पनि त खुशीले पिएँ सबै ।
तिम्रै लागि भनेर नै सारा संसार त्यसै लत्याई हेरेँ ।।
गयौ जब मन अन्तै मोडी नसोचेको सबै मलाई भयो ।
जिउँदो लास भएछु म त थाहा पाउन आफैलाई हल्लाई हेरेँ ।।

रुपाको खोजीमा गाउँ गाउँ भौतारिन थालेको दिनेश हर पल हरेक पल रुपालाई नै खोजिरहेथ्यो उसका ती कोमल नयनहरुले । सायद समय अनि विधातालाई सायद यो मन्जुर थियो कि पल पल आशा नै आशामा तड्पिरहोस् दिनेश । त्यसैले त हरेक पल रुपा कै झ–झल्कोमा बित्ने गर्दथ्यो तर हातमा लाग्यो सून्य ।
दिनेशले कसै गर्दा पनि रुपाको पत्तो नै पाउन सकेन । दिनेश त्यतिकै त्यतिकै निराश हुँदै जान थाल्यो । उसले कैयौं प्रयास गर्दा पनि रुपालाई भेट्न नसकी रन्थनिरहेको थियो । रुपा कै गाउँमा पुगेर पनि खोज िग¥यो तर खाली हात फर्कन विवस भयो । उसलाई न दिनमा भोक न त रातमा निन्द्रा नै थियो । लाग्थ्यो सारा खुसी रुपाले नै लगेकी थिइन् ।
रुपा कै गाउँ भन्दा पल्लो गाउँमा बास बसेको दिनेश रातभरि निदाउन सकेन । मनमा चैन थिएन । आखिर रुपा एककासी किन टाढा हुन पुगिन् त ? यहि कुरा मनभरि खेल्थ्यो । रातभरि मन भरि अनेक तर्कना खेलाउँदै उसको रात आँखै झिमिक्क नगरि बित्यो ।
भोलिपल्ट भाले नबास्दै दिनेश अघिल्लो रात बेसुरा नै सहि रुपाको बिहे हुँदैछ भनेको गाउँतिर हान्नियो । बिहे घरमा पुगेर उसले रुपाले खोज्यो काहिँ देख्न सकेन । खोज्दै जाँदा उसले रुपालाई एउटा कोठामा फेला पा¥यो । मात्र हेरिरह्यो उसले । धेरै पछि रुपाको दर्शन पाउँदा दिने आफै दङ्ग परिरहेको थियो । एक टकले उसले रुपालाई नै हेरिरह्यो । केवल रुपालाई नै । उसलाई अरु कुनै कुराको मतलव थिएन । बर्षौ पछि खुसी भेटे झैं महसुस ग¥यो उसले । लाग्थ्यो उसले सारा संसारलाई नै भुलिरहेको थियो ।
रुपा भने सोह्र श्रृङ्गार गरी अप्सरा झैं बनेकी थिइन् । रातो सारी रातो चोली आहा कति राम्री देखिएकी । साँच्चै नै स्वर्गकी अप्सरा देखिन्थिन् उनी । दिनेश उनैलाई एकोहोरो हेरिरहेकी थिइन् । साँच्चै नै यति राम्राी उनलाई दिनेशले कहिल्यै देखेको थिएन । ‘केटा मान्छे भएर के हेरि राको केटी मान्छेले श्रृङ्गार गरेको ? लाज लाग्दैन ? खै उता जानुस् ।’ जब रुपाकी एक संगिनीले भनिन् एकोहोरो हेरिरहेको उसको तन्द्रा भङ्ग हुन पुग्यो । उसलाई कता कता लाज लागेर आयो ।
दिनेशसँग जब रुपाकी संगिनीको कुराकानी भयो तब रुपाको नजर पनि दिनेशतिर पर्न गयो । जब रुपाको नजर दिनेशतर्फ प¥यो तब रुपा रिसले सरासर दिनेशको अगाडि आइन् र गाली गर्न थालिन् —‘अब मसँग के बाँकी छ र तिमी आयौ । मेरो सारा खुशी त तिमीले लुटिसक्यौ अब के खोज्न आएका हौ ? कि मेरो दुर्दशा हेर्न कन लागेर आएका हौ ? तिमीले मलाई काहिँ पनि सुखले बाँचन दिने भएकौ हैन । ठीकै छ । यसरी बार बार मलाई जिउँदै मार्नु भन्दा एकै चोटी घाँटी थिचेर मारिदेउ मलाई ।’ दिनेशको दुबै हात आफ्नो गलामा लगेर न्याक्न थाली ।
त्यहाँ भएका रुपाका सबै साथिहरु अक्क न बक्क भए केहि क्षण त । केहि सोच्नै सकेनन् । दिनेश केहि बोल्न खोजिरहेको थियो तर रुपाले उसलाई बोल्ने मौका नै दिएकी थिइनन् । ‘भन तिमी मबाट के चाहन्छौ ?’ रुपाले रुँदै भनिन् । ‘म मात्र तिम्रो खुशी चाहन्छु । तिम्रो लागि म सबथोक त्याग्न सक्छु । के तिमी यो विवाहबाट खुशी छौ ?’ दिनेशले प्रति प्रश्न ग¥यो ।
‘मेरो खुशीको तिमीलाई चासो छ र ? तिमी त मेरो खुशीलाई हाँसी हाँसी रेट्न खोज्ने मान्छेलाई अुशी के हो के थाह । भो तिमी मेरो नजिक नै नआउ । जाउ मेरो आँखाबाट टाढा टाढा जाउ । मलाई आफ्नै तरिकाले जिउन देउ ।’ रुपाले दिनेशको कुनै कुरा सुन्न नै नचाहेर उसलाई तिरस्कार गर्न थाली । दिनेश निरीह बनेर हेरि मात्र रहेको थियो त्यसै समयमा रुपाका संगीहरु आएर  दिनेशलाई त्यहाँबाट जबरजस्ती बाहिर निकाली दिए । केहि क्षण पश्चात विवाहमा आएका केहि यूवाहरु पनि त्यहाँ आइपुगे । ती यूवाहरुलाई दिनेशलाई पिट्दै त्यस विहे घरबाट अलि टाढा लगेर छाडिदिए ।
दिनेश रुँदै रुँदै टाढैबाट रुपालाई अर्कैले अन्माएको हेर्न विवस थियो । रुपा आज अरु कसैकी अर्धाङ्गिनी बन्दैथिइन् । टाढा कता कता गीत बजिरहेथ्यो । ‘ नबिसैृ तिमीलाई न पाउँ तिमीलाई बिना अर्थ दिलमा सजाएँ तिमीलाई ।’
क्रमशः (घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् । )

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0