Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेटवर्क धन्दालाई निरुत्साहित पार

प्रभातफेरी अनलाइन ६४७६ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ३, शनिबार (८ साल अघि)
नेटवर्क धन्दालाई निरुत्साहित पार

मुलुकभित्र र बाहिर रहेका हजारौं नेपालीलाई ठगेको एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रा.लि. बरिुद्ध कारवाही चलेको केही वर्षमै उस्तै शैलीको ठगी धन्दा फेरि देखापरेको छ । युनिटीबिरुद्ध कारवाही हुँदा ठूलो हल्लीखल्ली मच्चिए पनि अवैध नेटवर्किङ्ग धन्दाका विषयमा मानिस सचेत हुन नसकेर त्यतै तानिनु राम्रो होइन ।
‘क्यु नेट’ का सदस्यहरुलाई प्रहरीले गत आइतबार राति पक्राउ गरेपछि मात्र उसको नेटवर्किङ्ग धन्दाबारे खुलासा भएको हो । जबकि उसले डेढ वर्षदेखि नै नेपालमा गुपचुप धन्दा चलाउँदै आएको रहेछ । नयाँ सदस्य बनाउने तरिका र कमिसनका विषयमा तालिम लिन÷दिन उनीहरु भेला भएका बेला प्रहरी सुटुक्क पुगेर नियन्त्रण लिएको थियो । यो धन्दामा कति नेपाली संलग्न छन् भन्ने खुलिसकेको छैन । पिरामिड शैलीमा नेटवर्किङ्ग धन्दा चलाउनेहरुले सदस्य संख्या बढाउँदै सञ्जाल विस्तार गर्छन् । जति धेरै सदस्य बन्दै÷बनाउँदै गयो, उति कमिसन बढ्ने प्रलोभन देखाइएको पिरामिटड शैलीको नेटवर्किङ्ग व्यवसाय विभिन्न मुलुकमा प्रतिबन्धित भैसकेको छ ।
युनिटीको नेटवर्किङ धन्दाबाट चार लाखभन्दा बढी नेपाली ठगिएका थिए । विभिन्न नाममा त्यस्तै धन्दा फेरि सुरु हुृँदा पनि मानिस भ्रममा पर्ने क्रम रोकिएको छैन । हङकङमा मुख्यालय रहेको क्यु नेटको लक्षित वर्ग पनि राम्रै आर्थिक हैसियत भएकाहरु देखिन्छ । किनभने सदस्य बन्न सामान्यतया साँढे तीन लाख रुपैयाँ तिर्नुपर्छ र डलरमा कारोबार हुन्छ । प्रहरीले पक्राउ गरेर हिरासतमा राखेका १४ जनामा चिकित्सक, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट समेत रहेका छन् । समाजमा सम्मानका दृष्टिले हेरिने पेसा व्यवसायमा संलग्न व्यक्तिलाई अरुले सजिलै विश्वास गर्छन् । यस्तो धन्दा लुकिछिपी हुने भएकाले सामान्यतया इष्टमित्र, नातेदार, कार्यालयका सहकर्मीबीच नै फस्ने फसाउने गर्छन् ।
नेपालमा पिरामिड शैलीको नेटवर्किङ्ग धन्दा नौलो होइन तर मानिस यसप्रति अझै सजग नबन्नु भने विडम्बनापूर्ण छ । डेढ दशकअघि ‘गोल्डक्वेस्ट’ ले ३५ हजार तिरेर सदस्य बनाउने धन्दा चलाएको थियो । हजारौं नेपाली ठगिएको गुनासोपछि त्यो धन्दा रोकियो तर त्यही धन्दामा संलग्नहरुले युनिटीमार्फत पिरामिड शैलीको नेटवर्किङ धन्दा अघि बढाए । त्यतिबेला उस्तै धन्दा चलाउने मादीकेयर, हर्बाे लगायतका कम्पनी पनि देखा परेका थिए । ती प्रतिबन्धित भएपछि भारतीय भूमिबाट नेपालका कतिपय ठाउँमा नेटवर्किङ धन्दा चलाइएको थियो । अहिले क्यु नेटको धन्दा सार्वजनिक भएको छ । सदस्य संख्या बाउँदै पिरामिड आकारमा सञ्जाल विस्तार गर्न नेपालमा प्रतिबन्ध लगाइएको छ ।
पिरामिड शैलीको नेटवर्क विस्तार गर्नेबिरुद्ध नियमन र कारवाही फितलो हुँदा धेरै नेपाली ठगिएका थिए । नियमनकारी निकाय सुस्ताएका बेला यस्तो धन्दा फेरि ब्युँतन्छ भन्ने क्यु नेट देखाएको छ । त्यसले यस्तो धन्दा चलाउनेबिरुद्ध राज्यको नियमन र कारवाही प्रक्रिया प्रभावकारी हुनुपर्छ । युनिटीका सञ्चालकबिरुद्ध कारवाही भएपनि सर्वसाधारणले ठगिएको पेैसा फिर्ता पाएका छैनन् । त्यसैले पिरामिड शैलीको नेटवर्किङ धन्दा सुरु नै हुन नसक्ने अवस्था तयार पार्नु आजको तड्कारो आवश्यकता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0