Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर २०, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेटवर्क धन्दालाई निरुत्साहित पार

प्रभातफेरी अनलाइन ५९९८ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ३, शनिबार (६ साल अघि)
नेटवर्क धन्दालाई निरुत्साहित पार

मुलुकभित्र र बाहिर रहेका हजारौं नेपालीलाई ठगेको एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रा.लि. बरिुद्ध कारवाही चलेको केही वर्षमै उस्तै शैलीको ठगी धन्दा फेरि देखापरेको छ । युनिटीबिरुद्ध कारवाही हुँदा ठूलो हल्लीखल्ली मच्चिए पनि अवैध नेटवर्किङ्ग धन्दाका विषयमा मानिस सचेत हुन नसकेर त्यतै तानिनु राम्रो होइन ।
‘क्यु नेट’ का सदस्यहरुलाई प्रहरीले गत आइतबार राति पक्राउ गरेपछि मात्र उसको नेटवर्किङ्ग धन्दाबारे खुलासा भएको हो । जबकि उसले डेढ वर्षदेखि नै नेपालमा गुपचुप धन्दा चलाउँदै आएको रहेछ । नयाँ सदस्य बनाउने तरिका र कमिसनका विषयमा तालिम लिन÷दिन उनीहरु भेला भएका बेला प्रहरी सुटुक्क पुगेर नियन्त्रण लिएको थियो । यो धन्दामा कति नेपाली संलग्न छन् भन्ने खुलिसकेको छैन । पिरामिड शैलीमा नेटवर्किङ्ग धन्दा चलाउनेहरुले सदस्य संख्या बढाउँदै सञ्जाल विस्तार गर्छन् । जति धेरै सदस्य बन्दै÷बनाउँदै गयो, उति कमिसन बढ्ने प्रलोभन देखाइएको पिरामिटड शैलीको नेटवर्किङ्ग व्यवसाय विभिन्न मुलुकमा प्रतिबन्धित भैसकेको छ ।
युनिटीको नेटवर्किङ धन्दाबाट चार लाखभन्दा बढी नेपाली ठगिएका थिए । विभिन्न नाममा त्यस्तै धन्दा फेरि सुरु हुृँदा पनि मानिस भ्रममा पर्ने क्रम रोकिएको छैन । हङकङमा मुख्यालय रहेको क्यु नेटको लक्षित वर्ग पनि राम्रै आर्थिक हैसियत भएकाहरु देखिन्छ । किनभने सदस्य बन्न सामान्यतया साँढे तीन लाख रुपैयाँ तिर्नुपर्छ र डलरमा कारोबार हुन्छ । प्रहरीले पक्राउ गरेर हिरासतमा राखेका १४ जनामा चिकित्सक, इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट समेत रहेका छन् । समाजमा सम्मानका दृष्टिले हेरिने पेसा व्यवसायमा संलग्न व्यक्तिलाई अरुले सजिलै विश्वास गर्छन् । यस्तो धन्दा लुकिछिपी हुने भएकाले सामान्यतया इष्टमित्र, नातेदार, कार्यालयका सहकर्मीबीच नै फस्ने फसाउने गर्छन् ।
नेपालमा पिरामिड शैलीको नेटवर्किङ्ग धन्दा नौलो होइन तर मानिस यसप्रति अझै सजग नबन्नु भने विडम्बनापूर्ण छ । डेढ दशकअघि ‘गोल्डक्वेस्ट’ ले ३५ हजार तिरेर सदस्य बनाउने धन्दा चलाएको थियो । हजारौं नेपाली ठगिएको गुनासोपछि त्यो धन्दा रोकियो तर त्यही धन्दामा संलग्नहरुले युनिटीमार्फत पिरामिड शैलीको नेटवर्किङ धन्दा अघि बढाए । त्यतिबेला उस्तै धन्दा चलाउने मादीकेयर, हर्बाे लगायतका कम्पनी पनि देखा परेका थिए । ती प्रतिबन्धित भएपछि भारतीय भूमिबाट नेपालका कतिपय ठाउँमा नेटवर्किङ धन्दा चलाइएको थियो । अहिले क्यु नेटको धन्दा सार्वजनिक भएको छ । सदस्य संख्या बाउँदै पिरामिड आकारमा सञ्जाल विस्तार गर्न नेपालमा प्रतिबन्ध लगाइएको छ ।
पिरामिड शैलीको नेटवर्क विस्तार गर्नेबिरुद्ध नियमन र कारवाही फितलो हुँदा धेरै नेपाली ठगिएका थिए । नियमनकारी निकाय सुस्ताएका बेला यस्तो धन्दा फेरि ब्युँतन्छ भन्ने क्यु नेट देखाएको छ । त्यसले यस्तो धन्दा चलाउनेबिरुद्ध राज्यको नियमन र कारवाही प्रक्रिया प्रभावकारी हुनुपर्छ । युनिटीका सञ्चालकबिरुद्ध कारवाही भएपनि सर्वसाधारणले ठगिएको पेैसा फिर्ता पाएका छैनन् । त्यसैले पिरामिड शैलीको नेटवर्किङ धन्दा सुरु नै हुन नसक्ने अवस्था तयार पार्नु आजको तड्कारो आवश्यकता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

  • राष्ट्रपति कप संजिवनी नमुना माबिको पोल्टामा

    राष्ट्रपति कप संजिवनी नमुना माबिको पोल्टामा

  • सवारी दुर्घटनामा एकको मृत्यु

    सवारी दुर्घटनामा एकको मृत्यु

  • महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर १३ गते

    २०८० मंसिर १३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आजको राशिफल

    आजको राशिफल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    समस्याको पहिचान र समाधान गर्न त्रैमासिक समीक्षा कार्यक्रम साधन हुनेछन्ः मन्त्री लम्साल

    आजको राशिफल

    आजको राशिफल

    आजको राशिफल

    आजको राशिफल

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0