Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“गाउँका समस्या समाधानमा ध्यान दिनेछौं”

प्रभातफेरी अनलाइन ४६०८ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ६, मंगलबार (५ साल अघि)
“गाउँका समस्या समाधानमा ध्यान दिनेछौं”

चण्डेनीमण्डन / भर्खरै सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनबाट चुनिएका जनप्रतिनिधीहरुले अहिले सपथसँगै पदभारको ग्रहण समेत गरिसकेका छन् । उनीहरुले नागरिकका लागि गर्नु पर्ने काम धेरै छन् । जसमध्ये के कामबाट आफ्नो जिम्मेवारी शुरु गर्लान् त भनेर नागरिकलाई चासो हुनु स्वभाविक पनि हो । चण्डेनीमण्डन ÷ भर्खरै सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनबाट चुनिएका जनप्रतिनिधीहरुले अहिले सपथसँगै पदभारको ग्रहण समेत गरिसकेका छन् । उनीहरुले नागरिकका लागि गर्नु पर्ने काम धेरै छन् । जसमध्ये के कामबाट आफ्नो जिम्मेवारी शुरु गर्लान् त भनेर नागरिकलाई चासो हुनु स्वभाविक पनि हो ।  जिल्लाको मण्डनदेउपुर नगरपालिका १० का वडाअध्यक्ष विष्णुमणि नेपाल आफ्नो वडामा जहाँ अहिले सम्म विकासको सामान्य पहुँच सम्म पुगेको छैन, त्यहाँबाट आफूले काम शुरु गर्ने बताउँछन् । १५ वर्ष देखि जनप्रतिनिधी विहिन गाउँहरु सरकारी कर्मचारीको भरमै चल्दै आएका थिए । कतिपय ठाउँमा कर्मचारीहरुले नै अनियमितता गरेको र गाउँको विकास हुन नसकेको अवस्थामा अहिले चुनिएका जनप्रतिनिधीहरुको काँधमा थुप्रै जिम्मेवारीहरु आएका छन् । ‘विगतका अनियमितता अब दोहोरिने छैनन् ।’ नेपाल भन्छन् – “पछि परेको आफ्नो गाउँलाई कसरी विकास गर्ने भन्ने नै मेरो पहिलो काम हुनेछ ।” आफ्नो पदभार ग्रहण गर्दै उनले अब नागरिकले कुनै पनि समस्याका लागि केन्द्र धाउनु नपर्ने समेत बताए । अहिले निर्वाचित जनप्रतिनिधीहरुले नागरिकका लागि केन्द्रबाट दिइने सुविधा स्थानिय स्तरमै दिलाउन सक्ने अधिकार छ । त्यसैले पनि नागरिकहरु ढुक्क भएका छन् । यतिखेर गाउँका सडकहरु बिग्रिएका छन् । धाराहरुमा पानी छैन , सिंचाईं अभावले कृषकहरुले समयमा खेतीपाती लगाउन सक्ने अवस्था छैन । विजुलीका पोलहरु ढलेका छन् । भूकम्पले हरेक संरचनाहरु ध्वस्त भएको अवस्था छ । नागरिकहरु अझै टहरामै दैनिकी गुजार्दैछन् । विद्यालय भवनहरु भत्किएका छन् । गाउँमा भएका विरामीहरुले सामान्य औषधी समेत खान पाएका छैनन् । यो अवस्थामा निर्वाचित प्रतिनिधीहरुले काम गर्न सजिलो त पक्कै छैन । तर पनि नआत्तिकन क्रमैसँग यी समस्या समाधान तिर लाग्ने उनीहरुको प्रतिबद्धता छ ।  कुनैपनि सानो कामका लागि यस अघि नागरिकले धेरै समस्या झेल्नु पर्ने अवस्था थियो भने समयमा काम पनि नभएपछि दिक्क हुनु परेको धेरैले भोगेका थिए । अब भने यस्ता समस्या गाउँबाटै समाधान हुनेछन् । पदभार संहालेसँगै निर्वाचित प्रतिनिधीहरु अहिले आफ्नो वडावासिहरुका समस्या सुन्न टोलटोलमा पुगेका छन् । नागरिकहरुले पनि आफ्ना समस्याहरु खुलेरै राखिरहेको पाइएको छ । स्थानियवासि महेश नेपाल भन्छन् – “अबको ५ वर्षमा हामीले आफ्नो ठाउँको मुहार फेरिएको हेर्न पाउँ ।” यसका लागि जनप्रतिनिधीहरुले मात्र केहि गर्न नसक्ने र सबै नागरिकको साथ र सहयोगले मात्र समस्या समाधान हुने पनि उनी बताउँछन् । प्रतिनिधीहरुले पनि चुनावमा आफूले बोलेका कुराहरु पुरा गर्न तिर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0