Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २४, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“गाउँका समस्या समाधानमा ध्यान दिनेछौं”

प्रभातफेरी अनलाइन ५३५० पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ६, मंगलबार (८ साल अघि)
“गाउँका समस्या समाधानमा ध्यान दिनेछौं”

चण्डेनीमण्डन / भर्खरै सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनबाट चुनिएका जनप्रतिनिधीहरुले अहिले सपथसँगै पदभारको ग्रहण समेत गरिसकेका छन् । उनीहरुले नागरिकका लागि गर्नु पर्ने काम धेरै छन् । जसमध्ये के कामबाट आफ्नो जिम्मेवारी शुरु गर्लान् त भनेर नागरिकलाई चासो हुनु स्वभाविक पनि हो । चण्डेनीमण्डन ÷ भर्खरै सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनबाट चुनिएका जनप्रतिनिधीहरुले अहिले सपथसँगै पदभारको ग्रहण समेत गरिसकेका छन् । उनीहरुले नागरिकका लागि गर्नु पर्ने काम धेरै छन् । जसमध्ये के कामबाट आफ्नो जिम्मेवारी शुरु गर्लान् त भनेर नागरिकलाई चासो हुनु स्वभाविक पनि हो ।  जिल्लाको मण्डनदेउपुर नगरपालिका १० का वडाअध्यक्ष विष्णुमणि नेपाल आफ्नो वडामा जहाँ अहिले सम्म विकासको सामान्य पहुँच सम्म पुगेको छैन, त्यहाँबाट आफूले काम शुरु गर्ने बताउँछन् । १५ वर्ष देखि जनप्रतिनिधी विहिन गाउँहरु सरकारी कर्मचारीको भरमै चल्दै आएका थिए । कतिपय ठाउँमा कर्मचारीहरुले नै अनियमितता गरेको र गाउँको विकास हुन नसकेको अवस्थामा अहिले चुनिएका जनप्रतिनिधीहरुको काँधमा थुप्रै जिम्मेवारीहरु आएका छन् । ‘विगतका अनियमितता अब दोहोरिने छैनन् ।’ नेपाल भन्छन् – “पछि परेको आफ्नो गाउँलाई कसरी विकास गर्ने भन्ने नै मेरो पहिलो काम हुनेछ ।” आफ्नो पदभार ग्रहण गर्दै उनले अब नागरिकले कुनै पनि समस्याका लागि केन्द्र धाउनु नपर्ने समेत बताए । अहिले निर्वाचित जनप्रतिनिधीहरुले नागरिकका लागि केन्द्रबाट दिइने सुविधा स्थानिय स्तरमै दिलाउन सक्ने अधिकार छ । त्यसैले पनि नागरिकहरु ढुक्क भएका छन् । यतिखेर गाउँका सडकहरु बिग्रिएका छन् । धाराहरुमा पानी छैन , सिंचाईं अभावले कृषकहरुले समयमा खेतीपाती लगाउन सक्ने अवस्था छैन । विजुलीका पोलहरु ढलेका छन् । भूकम्पले हरेक संरचनाहरु ध्वस्त भएको अवस्था छ । नागरिकहरु अझै टहरामै दैनिकी गुजार्दैछन् । विद्यालय भवनहरु भत्किएका छन् । गाउँमा भएका विरामीहरुले सामान्य औषधी समेत खान पाएका छैनन् । यो अवस्थामा निर्वाचित प्रतिनिधीहरुले काम गर्न सजिलो त पक्कै छैन । तर पनि नआत्तिकन क्रमैसँग यी समस्या समाधान तिर लाग्ने उनीहरुको प्रतिबद्धता छ ।  कुनैपनि सानो कामका लागि यस अघि नागरिकले धेरै समस्या झेल्नु पर्ने अवस्था थियो भने समयमा काम पनि नभएपछि दिक्क हुनु परेको धेरैले भोगेका थिए । अब भने यस्ता समस्या गाउँबाटै समाधान हुनेछन् । पदभार संहालेसँगै निर्वाचित प्रतिनिधीहरु अहिले आफ्नो वडावासिहरुका समस्या सुन्न टोलटोलमा पुगेका छन् । नागरिकहरुले पनि आफ्ना समस्याहरु खुलेरै राखिरहेको पाइएको छ । स्थानियवासि महेश नेपाल भन्छन् – “अबको ५ वर्षमा हामीले आफ्नो ठाउँको मुहार फेरिएको हेर्न पाउँ ।” यसका लागि जनप्रतिनिधीहरुले मात्र केहि गर्न नसक्ने र सबै नागरिकको साथ र सहयोगले मात्र समस्या समाधान हुने पनि उनी बताउँछन् । प्रतिनिधीहरुले पनि चुनावमा आफूले बोलेका कुराहरु पुरा गर्न तिर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0