logo
२०८३ श्रावण ११, सोमबार |
📰
🔍

प्रसारण अघि विज्ञापन बोर्डको अनुमति अनिवार्य, नियम उल्लङ्घन गरे कारबाही हुने चेतावनी

प्रभातफेरी अनलाइन७ पटक पढिएको | १ घण्टा अघि
प्रसारण अघि विज्ञापन बोर्डको अनुमति अनिवार्य, नियम उल्लङ्घन गरे कारबाही हुने चेतावनी

काठमाडौं,  विज्ञापन बोर्डले नेपालमा प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा परीक्षण गराई बोर्डबाट अनुमति लिनुपर्ने निर्देशन दिएको छ।

बोर्डले स्वीकृतिविना विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण भइरहेको, विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देशलगायत अनिवार्य विवरण उल्लेख नगरिएको तथा उपभोक्तालाई भ्रममा पार्ने तथ्यहीन र अतिरञ्जित सामग्री प्रसारण भएको पाइएको जनाएको छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा सम्बन्धित नियमावली र मापदण्डअनुसार विज्ञापन सामग्रीको परीक्षण र प्रसारण अनुमति दिने अधिकार विज्ञापन बोर्डलाई रहेको उल्लेख गर्दै बोर्डले हाल परीक्षण नगराई प्रसारण भइरहेका सबै विज्ञापन तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।

बोर्डले प्रचलित कानुनविपरीत रहेका विज्ञापन सामग्री तत्काल हटाउन आग्रह गर्दै नियम उल्लङ्घन गरी विज्ञापन प्रसारण गर्ने पक्षलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।