logo
२०८३ श्रावण ११, सोमबार |
📰
🔍

सुनसरी घटनापछि गृहमन्त्रीको राजीनामा माग्दै एमाले सचिव महेश बस्नेत

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
सुनसरी घटनापछि गृहमन्त्रीको राजीनामा माग्दै एमाले सचिव महेश बस्नेत

काठमाडौं, नेकपा एमालेका सचिव महेश बस्नेतले सुनसरीको देवानगञ्ज घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री सुधन गुरुङले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले सामान्य विवादलाई साम्प्रदायिक तथा धार्मिक रंग दिई निर्दोष युवामाथि गोली चलाइएको आरोप लगाउँदै गृहमन्त्रीदेखि घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले पनि जनतासँग माफी माग्नुपर्ने उल्लेख गरेका छन्।

यसअघि एमाले नेता गोकुल बाँस्कोटाले पनि सुनसरी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीको राजीनामा माग गरेका थिए।