logo
२०८३ श्रावण ११, सोमबार |
📰
🔍

सुनसरी घटनापछि कोशी प्रदेशको सुरक्षा नेतृत्वमा फेरबदल, डीआईजी शेखर खनाल नियुक्त

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
सुनसरी घटनापछि कोशी प्रदेशको सुरक्षा नेतृत्वमा फेरबदल, डीआईजी शेखर खनाल नियुक्त

काठमाडौं,  सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालयले कोशी प्रदेशको सुरक्षा नेतृत्वमा व्यापक फेरबदल गरेको छ।

गृहमन्त्री सुधन गुरुङको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि उक्त जिम्मेवारीमा रहेका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ।

त्यसैगरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई पनि हटाइएको छ। उनको स्थानमा ईश्वरीप्रसाद अर्याललाई सुनसरीको प्रमुख जिल्ला अधिकारी नियुक्त गरिएको छ।