Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धानखेत मासेर पक्की घर निर्माण

प्रभातफेरी अनलाइन ५८७६ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २२, बिहिबार (८ साल अघि)
धानखेत मासेर पक्की घर निर्माण

चण्डेनीमण्डन / अढाईवर्ष अघि ०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पमा जिल्लामै सबैभन्दा वढी मानवीय क्षती बेहोरेको मण्डनदेउपुर नगरपालिका १० , चण्डेनीमण्डनमा अहिले पुर्ननिर्माणको काम शुरु भएको छ । तर धेरै जसो पीडितहरुले यतिबेला धान रोप्ने खेत मासेर पक्की घर निर्माण शुरु गरेको पाइएको छ ।

पुरानो घर भत्किएको ठाउँ सम्याएर घर बनाउन धेरै समस्या भएकाले पीडितहरुले यसरी धानखेत मासेर घर बनाउन थालेका हुन् । पुरानो घर भएको ठाउँ सम्म निर्माण सामाग्री लैजान पनि समस्या छ । धान खेत बाटो नजिकै भएकाले सामान ओसार्न सजिलो हुने कारणले पनि आफूहरुले खेतमा घर बनाउन शुरु गरेको पीडितहरुले बताएका छन् । यतिखेर धानखेत मासेर त्यसभेगमा दर्जन भन्दा धेरै पक्की घरहरु निर्माण गरि सकिएको छ ।

चण्डेनीमण्डनका विष्णु प्रसाद नेपालले गतवर्ष आफ्नो खेतमा धान रोपाईं गरेका थिए । यसवर्ष त्यो खेतमा उनले धान रोप्ने झण्जट गर्ने छैनन् । किनभने त्यस खेतमा उनको पक्की घर बनाउने काम अन्तिम तिर पुगि सकेको छ । ‘के गर्नु एउटा बास त बनाउनै पर्ने रहेछ ’ उनी भन्छन् –“ सधैं टहरामै बस्न नसकिने रहेछ । पहिले बास अनि गाँसको खोजी गर्नु पर्ने अवस्था आएकाले खेतमै घर बनाउन थालेको हुँ ।” सडक नजिकै खेत भएकाले निर्माण सामानहरु लैजान सजिलो हुँदा अन्यत्र घर बनाउने ठाउँ भएपनि खेतमै घर बनाएको उनले बताए । विष्णुप्रसाद जस्तै यसभेगमा सुन्दर नेपाल, हरिप्रसाद नेपाल, केशब नेपाल, कृष्ण प्रसाद नेपाल, उद्वव नेपाल, बद्री प्रसाद नेपाल लगायत थुप्रैले धानखेतमा घर निमार्ण शुरु गरिसकेका छन् ।

यस गाउँमा जस्तै नजिकैको आँपचौर स्थित माझी गाउँ र जोगिटारमा पनि खेतमै ईंटा बनाएर पक्की घर निर्माण गर्नेहरुको संख्या बढ्दै छ । आँपचौरमा त पीडितहरुको घर बनाउने जग्गा समेत छैन । त्यसैले थोरै मात्र भएको खेतमै घर बनाउनु परेको स्थानिय नारायण माझीले बताए । यस गाउँमा पनि भर्खरै पक्की घरहरु निर्माण शुरु भएको उनले जानकारी दिए । चण्डेनीमण्डनमा ९८ प्रतिशत घरहरु भूकम्पमा ध्वस्त भएका थिए । जस मध्ये ९८४ परिवारले पहिलो किस्ताको रकम ५० हजार लिएका छन् भने २ सय जतिले घर बनाउन शुरु गरेका छन् । ४४ जनाले दोस्रो किस्ताको रकम १ लाख ५० हजार बुझेका छन् । केहि घरहरु निर्माण सकिएर तेस्रो किस्ताको रकमको पर्खाइमा रहेको यसभेगमा पुर्ननिर्माणमा सक्रिय सहयोग गरिरहेको संस्था कारितास नेपालका प्रतिनिधी पुष्पराज नेपालले जानकारी दिनुभएको छ । निर्माण शुरु भएका धेरैजसो ठाउँमा खेतीयोग्य जमिनमै घर बनाउन थालिएको छ । यसले भविष्यमा खेतीयोग्य जमिन घटेर जमिनको क्षति हुने भएकाले सके सम्म उब्जाउ गर्न नमिल्ने ठाउँमा घर बनाउन उहाँको पीडितहरुलाई सुझाव छ । कतिपय ठाउँमा त खेतीयोग्य जमिनलाई प्लटिङ्ग गरेर जग्गा विक्रि गरिएको पाइएको समेत उनले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0